+
+
Shares

नेतृत्वको बहस रोक्न शंकर पोखरेलको निर्देशन

एमाले महासचिव शंकर पोखरेलले नेतृत्वबारे भइरहेको बहस रोक्न निर्देशन दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १४:०१
फाइल तस्वीर

१८ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्वबारे भइरहेको बहस रोक्न निर्देशन दिएका छन् ।

बागमती प्रदेशको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेतृत्वबारे अहिले बहस गर्ने बेला नभएको बताएका हुन् ।

‘महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत: रोक्नुपर्छ’, महासचिव पोखरेलले भनेका छन् । उनले पार्टी पंक्तिले नीति र विधि निर्माणमा केन्द्रित हुनुपर्ने पनि बताएका छन् ।

यद्यपि विधान महधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदाहरु तयार हुनै बाँकी छ ।

‘विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइनेछ’, पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?