Comments Add Comment

थुनामुक्त भएपछि दुर्गाप्रसादले गाए ‘रेसम फिरिरी’

७ चैत, काठमाडौं । ४० वर्षपछि भारतीय जेलबाट थुनामुक्त भएका इलामका दुर्गाप्रसाद तिम्सिना थुनामुक्त भएपछि आफन्त र वकिलले माला लगाएर स्वागत गरेका छन् । कोलकाताको दमदम कारागारबाट बाहिर आएपछि उनले कुनै प्रतिक्रिया जनाएनन् ।

कारागारका जेलरसँगै रहेका वेला उनले दुर्गाप्रसादले ‘राम्रो गीत बताउने’ बताए । त्यसपछि उनले नेपाली गीत ‘रेशम फिरिरी’ गाएर सुनाएका थिए । शुक्रबार कारागारमा भएको काउन्सिलिङका क्रममा चाहिँ उनले आफूले नेपाल गएर बिहे गर्ने बताएको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका निजी सचिव सतिश थापाले अनलाइनखबरलाई बताए ।

दुर्गाप्रसादका दाइ प्रकाशचन्द्रले दाइ छुटेपछि खुशी लागेको अनलाइनखबरलाई बताए । बुधबार साँझ उच्च अदालतले कोलकाताले उनलाई प्रकाशको रोहबरमा छाड्न आदेश दिएको थियो । कानुनी प्रक्रिया पूरा गरेपछि शनिबार उनी थुनामुक्त भएका हुन् ।

१९ वर्षको हुँदा इलामस्थित घरबाट निस्किएका उनी दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेका थिए । अदालतले मानसिक स्वास्थ्य जाँच गरेर उनलाई ल्याउन भनेको थियो । तर, जाँच गरेर नलगिएपछि उनी ४० वर्षसम्म विनासुनुवाइ भारतीय जेलमा बस्न बाध्य भएका थिए ।

यो पनि पढ्नुहोस हराएको ४० वर्षपछि भारतीय जेलमा दाजुभाइको संवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment