+
+
Shares

नागढुङ्गा‍ – सिस्नेखोला सुरुङमार्गका लागि कुमारी बैंकमा ‘एन ट्याग’ उपलब्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १४:३८

८ मंसिर, काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि ‘एन ट्याग’को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ ।

‘एन ट्याग’ एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ ।

अर्थात, एन ट्याग को स्टिकर सवारिमा टासेपछि एन ट्यागबाट आफैँ रकम कट्टा भई सुरुङमार्ग हुँदै यात्रा गर्न सकिनेछ जसले टोलमा हुने भीडभाड र लामो लाइनको झन्झट कम हुनेछ र यात्राको समय पनि बचत गर्नेछ ।

ग्राहकहरूले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बरका साथ नजिकको कुमारी बैंक शाखाबाट सहज रूपमा एन ट्याग प्राप्त गर्न सक्नेछन् ।

साथै, एन ट्याग सम्बन्धी थप जानकारी कुमारी बैंकको वेबसाइटमा हेर्न सकिनेछ भने उक्त वेबसाइटमार्फत नै अनलाइन दर्ता गर्ने प्रक्रिया पनि पूरा गर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?