+

बेन्जामाको दुई गोल, रियल दोस्रो स्थानमा उक्लियो

२०७७ चैत  ८ गते ७:४६ २०७७ चैत ८ गते ७:४६
बेन्जामाको दुई गोल, रियल दोस्रो स्थानमा उक्लियो

काठमाडौं । करिम बेन्जामाले दुई गोल गरेपछि सेल्टाभिगोलाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ ।

शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३-१ ले पराजित गरेको हो ।

रियलको जितमा करिम बेन्जामाले दुई र मार्को एसेन्सियोले एक गोल गरे ।

बेन्जामाले २०औं र ३०औं मिनेटमा गोल गरे । असेन्सियोले इन्जुरी टाइममा गोल थपे ।

सेल्टाका सान्टि मिनाले ४०औं मिनेटमा एक गोल फर्काए ।

जितपछि २८ खेलबाट ६० अंक जोड्दै रियल अंक तालिकामा दोस्रो स्थानमा उक्लेको हो ।

एक खेल कम खेलेको एट्लेटिको मड्रिड ६३ अंकसहित पहिलो स्थानमा छ । यस्तै २७ खेलबाट ५९ अंकसहित बार्सिलोना तेस्रो स्थानमा छ ।

करिम बेन्जामा रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय