+
+
Shares

माधव समूहबाट कृष्णभक्त पोखरेलको विद्रोह, भने- गल्ती भए माफ पाउँ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ७ गते १४:३९

७ चैत, काठमाडौं । वरिष्ठ नेता माधवकुमार समूहका सांसद कृष्णभक्त पोखरेल अध्यक्ष केपी शर्मा ओली समूहमा लागेका छन् । ओलीले बोलाएको बैठकमा नजाने नेपाल समूहको निर्णय विपरित पोखरेल बालुवाटार पुगेका थिए ।

दलका नेताले बोलाएको बैठकमा जानुपर्ने अडान लिँदै आएका पोखरेल आज बालुवाटार बैठकमा गएका हुन् । पोखरेलले अब प्रधानमन्त्री ओलीलाई साथ दिने पनि प्रतिबद्धता जनाए । दलको बैठकमा बोल्दै पोखरेलले भने, ‘छुट्टै दलको बैठक या संसदीय दलको बैठक बस्नुपर्ने कुरा सकियो । अब मूलधारको एमालेमा लागें, कहीकतै गल्ती भए माफी पाउँ ।’

पोखरेलले यो सरकारले पाँच वर्ष काम गर्नुपर्ने पनि बताए । ‘बेलायतमा पनि जोन मेजरलाई घेराबन्दी गरेर हटाउन खोजियो । तर, सबैले पछि उहाँलाई साथ दिएर अगाडि बढे र पाँच वर्ष सरकार चल्यो’, उनले भने ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ ले बनाउने ओलीको अभियानलाई साथ दिने पनि पोखरेलले प्रतिबद्धता जनाए । अदालतको फैसलापछि आफू खुसी भएको उनको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?