
२७ वैशाख, धनगढी । बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किंदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि कोल्टी अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका हुन् ।
विस्फोटको कारण खुल्न नसकेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4