+
+

माओवादीले समर्थन फिर्ता लिएपछि खेल सुरु हुन्छ : सिंह

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १७:५४

१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मात्र नयाँ सरकार गठनको खेल सुरु हुने बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले माओवादीले समर्थन गर्दासम्म यो सरकार बहुमतकै रहने बताए । उनले अघि भने, ‘बहुमत बाँकी नै छ भने ६३ सिट जितेको जितेको कांग्रेसले कसरी अविश्वासको प्रस्ताव राख्ने ?’

माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने सरकारले विश्वासको मत लिनुपर्ने र त्यो बेला कसले कसलाई समर्थन गर्छ भन्ने थाहा हुने बताए । कांग्रेस नेता सिंहले अघि भने, ‘माओवादीले समर्थन फिर्ता लिएपछि न खेल सुरु हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार नभएको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?