+
+

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १७:०७

२९ चैत, काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

ना ६ ख ९४१ नम्बरको बसले लु २४ प ९७६८ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउँपालिका–१ सौतामारेका २१ वर्षीय सञ्जय खनाल र मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ बाँदीकोटका २१ वर्षीय फिरज क्षेत्री रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?