+
+

कर्णालीमा एमाले संसदीय दलको बैठक, फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते १८:१८
फाइल तस्वीर

३ वैशाख, सुर्खेत । आफ्ना चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि नेकपा एमाले कर्णाली प्रदेशसभाका सांसद छलफलमा जुटेका छन् ।

फ्लोर क्रस गरेका सांसदको विषयमा के गर्ने भन्ने निर्णय गर्न एमले संसदीय दलको बैठक बसेको छ । सांसद सुशील थापाले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई कारवाहीको सिफारिस गर्ने बताए ।

पार्टीको ह्वीप उल्लंघन गर्दै सरकारलाई विश्वासको मत दिएकाले कारबाही गर्न लागिएको एमालेकै अर्का सांसदले अनलाइनखबरलाई बताए ।

शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए ।

एमालेकै सांसद देवी ओलीले भने मुख्यमन्त्रीलाई दिएको विश्वासको मत पछि सच्याएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?