Comments Add Comment

गौतम गम्भिर फाउन्डेशनलाई अक्षयको १ करोड सहयोग

भारतमा कोरोनाको दोश्रो लहरका कारण दैनिक २ हजार भन्दा बढी मानिसको ज्यान गैरहेको छ । पहिलो चरणको भन्दा खतरनाक देखिएको दोश्रो चरणको कोरोनाले हजारौको जीवन प्रभावित बनाएपछि बलिउडका कलाकारहरु पुन सहयोगका लागि अगाडि आएका छन् ।

नायक अक्षय कुमारले गौतम गम्भिर फाउन्डेशनमा १ करोड सहयोग गरेका छन् । यो कुराको जानकारी गौतमले सामाजिक संजालबाट दिएका छन् ।

गौतमका अनुसार, फाउन्डेशनले यो रकम आवश्यक पर्ने नागरिकको खाना, औषधी र अक्सिजनका लागि खर्च गर्नेछ । उनले अक्षयलाई सामाजिक संजालबाट धन्यवाद समेत दिएका छन् ।

अक्षयले यो मुश्किल समयमा आफूले सहयोग गर्न पाउँदा खुशी लागेको उल्लेख गरेका छन् । गौतमको ट्विटमा जवाफ दिदै अक्षयले यो संकटबाट चाडै नै बाहिर आउने आशा पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment