+
+

इदमा सुनसान मस्जिद

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ वैशाख ३१ गते २०:००

३१ वैशाख, काठमाडौं । आज मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदुलफित्र अर्थात इद ।  रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुसलमान समुदायले एकअर्कामा शुभकामना साटासाट गरी यो पर्व मनाउँछन् ।

सामान्य अवस्था हुन्थ्यो भने काठमाडौं दरबारमार्गको काश्मिरी मस्जिदमा मुसलमान समुदायको भिड लाग्थ्यो । तर शुक्रबार यो मस्जिद खाली छ । केही मौलानाबाहेक मस्जिदमा कोही गएनन् । निषेधाज्ञा र कोरोना भाइरस महामारीको समयमा आपसमा दूरी कायम गर्नुपर्ने भएकाले मस्जिदमा भेला हुन रोक लगाइएको छ ।

ईद पर्वमा अल्लाहको नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

हेर्नुहोस् तस्वीरहरु 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?