Comments Add Comment

त्रिवि शिक्षण अस्पताललाई अष्ट्रेलियाबाट स्वास्थ्य उपकरण सहयोग

२३ असार, अष्ट्रेलिया । अष्ट्रेलियाले त्रिवि शिक्षण अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलीसिटी वोल्कले मंगलबार करीब ४१ लाख बराबरका स्वास्थ्य उपकरणहरु त्रिभुवन विश्वबिद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन, प्रा.डा. दिव्या सिंह शाह र त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागका डा. समारिका दाहाललाई हस्तान्तरण गरेकी हुन् ।

अष्ट्रेलिया अवार्डस् अल्मुनाई ग्राण्टबाट दुई जना अष्ट्रेलियाली विश्वविद्यालयहरुका अल्मुनाई प्राडा शाह र डा. दाहाललाई उनीहरुको कार्यमा थप सहयोग गर्न अल्ट्रासाउन्ड मेसिन र पोर्टेवल डेन्टल एक्सरे मेशिन प्रदान गरिएको हो ।

डेण्टल एक्सरे मेसिन त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक मेडिसिन विभागमा विपद् पीडित व्यक्तिहरुको पहिचान गर्ने कामलाई विस्तार गर्न प्रयोग गरिने छ ।

डा दाहाल डेण्टल एक्सरेबाट पहिचान गर्ने विधामा नेपालको पहिलो व्यक्ति हुन् ।चिकित्सा पेशाप्रतिको प्रतिवद्धता, नेपालमा स्वास्थ्य सेवामा उनको योगदान र अष्ट्रेलिया अवार्डस् महिला नेतृत्व संजाल नेपालमामा उनको सक्रिय सहभागिताको कदर स्वरुप सामग्री प्रदान गरिएको हो ।

आईओएमका डिन प्राडा शाहमार्फत प्रदान गरिएको अल्ट्रासाउण्ड मेसिन मिर्गौला रोग र अंगप्रत्यारोपण क्षेत्रमा योगदानको लागि प्रदान गरिएको हो ।

उक्त उपकरणहरु हस्तान्तरण गर्दै राजदुत वोल्कले भनिन्, ‘अष्ट्रेलिया सरकारको नेपाल कोभिड-१९ विकास सहयोग योजना अनुसार नेपालको स्वस्थ्य सुरक्षाको क्षेत्रमा सहयोग गर्न प्रतिबद्ध रहेको छ । यो योजनाले नेपालले समानान्तर रुपमा झेलिरहेका विभिन्न प्रकारका चुनौतीहरु र अति जोखिममा रहेका समुदयलाई सहयोग केन्द्रित गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment