News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
- सरकारको निर्णय अनुसार त्रिवि कार्यकारीपरिषद्ले २३ चैतमा बिदा दिने निर्णय गरेपछि अस्पतालले कार्यान्वयन गरेको हो।
- अस्पतालले शनिबार र आइतबारबाहेक कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ र ओपीडी तथा शल्यक्रिया सेवा सञ्चालन हुने जानकारी दिएको छ।
२६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्याल शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले पनि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
सरकारलेसाताको दुई दिन बिदा दिर्ने निर्णय गरेसँग शिक्षण अस्पतालले पनि शनिबार आइतबार दुई दिन नै बिदा दिने सूचना प्रकाशित गरेको हो ।
सरकारको निर्णय अनुसार त्रिवि कार्यकारीपरिषद्ले २३ चैत गते बिदा दिने निर्णय गरेपछि कार्यान्वयन गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अस्पतालले जारी गरेको सूचनामा शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।
बिरामीको सेवालाई ध्यानमा राखी ओपीडी र शल्यक्रिया सेवा भने शुक्रबार पूरै समय र अन्य दिन पनि सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4