+
+
Shares

ओलीको स्वास्थ्य अवस्था सामान्य

‘उहाँको आज स्वास्थ्य परीक्षण गरियो । परीक्षण गरिएका कुरा सामान्य नै रहेको पाइयो,’ उनले भने, ‘बिहान भर्ना हुँदा मुटुको धड्कन बढे नि हाल ठीक भएको छ । मिर्गौला पनि ठीक रहेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते २१:१०

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । आज बिहान पक्राउ परेका ओली शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरी उपचाररत छन् ।

उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिए । ‘उहाँको आज स्वास्थ्य परीक्षण गरियो । परीक्षण गरिएका कुरा सामान्य नै रहेको पाइयो,’ उनले भने, ‘बिहान भर्ना हुँदा मुटुको धड्कन बढे नि हाल ठीक भएको छ । मिर्गौला पनि ठीक रहेको छ ।’

प्रवक्ता डा सेढाईंले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी देखिएकाले आज अस्पतालमा नै राखेर उपचार गरिने बताए ।

ओलीलाई भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । –रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?