
३ साउन, काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलको राजीनामा रोक्ने नेताहरुको प्रयास असफल भएको छ । माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा सांसद पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
तर पार्टीमा एकताका लागि क्रियाशील नेताहरुले राजीनामा नदिन आग्रह गरेका थिए । रावलले संसद भवन पुगेर पत्रकारअगाडि राजीनामा पत्र वाचन गर्न खोज्दा पनि सुरेन्द्र पाण्डे लगायतका नेताहरुले रोक्ने प्रयास गरेका थिए । तर रावल सहमत भएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4