+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

१०बुँदे सहमति जुटाउने कार्यदलमा रहेका नेतासँग एमाले सांसदहरुको छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १२:१०

१० साउन, काठमाडौं । १०बुँदे सहमति जुटाउने कार्यदलमा रहेका नेताहरुसँग नेकपा एमालेका दुवै तर्फका सांसदहरुले छलफल गर्दैछन् । सिंहदरबारमा  दिउँसो एक बजे छलफल हुने सांसद यज्ञराज सुनुवारले बताए ।

‘पार्टी एकता जोगाउनेबारे कार्यदलका नेताहरुसँग हामी छलफल गर्दैछौं । एकता जोगाउन जोगाउन हाम्रो अभियान जारी रहन्छ’, सुनुवारले भने । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूह वीचको विवाद हल गरेर पार्टी जोगाउन भन्दै दुवै तर्फका सांसदहरुले पार्टी एकता दबाव समूह बनाएका छन् ।

अभियानमा ओलीका तर्फबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन् भने नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा.दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत सामेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?