+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

उपेन्द्र यादवलाई शरतसिंहको जवाफ : गलत काम गरेका छैनौं, आत्मग्लानि छैन

ठाकुरको पक्षमा १६ कार्यकारिणी सदस्य

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १३:१८
फाइल तस्वीर

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षको पक्षमा १६ जना कार्यकारिणी सदस्य देखिएका छन् ।

५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाएको थियो । उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ । आफूहरुको पक्षमा १६ जनाले हस्ताक्षर गरेको ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले जानकारी दिए ।

पार्टीभित्र दुइटा विचार आएको र त्यसका आधारमा पार्टीको आधिकारिताको लडाइँ चलेको भन्दै उनले भने, ‘हामीले यसलाई निष्ठाको सनाखतका रुपमा लिएका छौं ।’

केही नेताहरुले रातारात कित्ता परिवर्तन गरेको भन्दै उनले भने, ‘हिजोसम्म एउटा पक्षको बैठकमा सहभागी हुने, आज अर्कोतिर पुग्ने । यसको इतिहासले मूल्यांकन गर्छ ।’

विभाजन कसैको माग नभएको उनले बताए । त्यसो भए उपेन्द्र यादवहरुसँगै बस्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘निर्वाचन आयोगको कोर्टमा बल छ । आयोगले आधिकारिकता भनेको छ, त्यो प्राप्त भएपछि के निर्णय गर्छ, हेरौं ।’

तर उपेन्द्र यादवले आत्मालोचना गरेर आए मात्र विचार गर्ने बताएका छन् नि भन्ने प्रश्नमा भण्डारीले भने उत्पीडनमा परेकाहरुको आन्दोलनलाई बलियो बनाउन र उपेन्द्र यादवलाई उद्धार गर्न पार्टी एकता गरेको बताए । माग–मुद्दा अघि सारेर सरकारलाई समर्थन गरेको भन्दै उनले भने, ‘हामी माग–मुद्दामा अडेका छौं । न हामीले कहिल्यै गलत काम गरेका छौं, न आत्मग्लानि छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?