Comments Add Comment

अर्थनीति

List Grid
रासायनिक मल ल्याउने वातावरण बनाइदिन भारतसहित पाँच मुलुकसँग नेपालको आग्रह

१० भदौ, काठमाडौं । नेपालले भारतसहितका पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको छ । देशैभर मल अभाव चर्किएपछि कुटनीतिक च्यानलमार्फत भारत, चीन, बंगलादेश, ओमन र जोर्डनसँग मल खरिदको वातावरण बनाइदिन आग्रह गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गहुँ सिजनलाई ग्लोबल […]

पेट्रोलियम ढुवानीमा अवरोध नपुर्‍याउन आग्रह

९ भदौ, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमले व्यवसायीहरुलाई आग्रह गरेको छ । ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ (प्रडक्ट डेलिभरी अर्डर) नलिने घोषणा गरेपछि निगमले यस्तो आग्रह गरेको हो । मंगलबार निगमको तीन प्रादेशिक कार्यालयलहरुले विज्ञप्ति जारी गरेर इन्धनको ढुवानी नरोक्न आग्रह गरेका […]

न्युरोड र नयाँ बजारका कर नतिर्नेको घर-आँगनमा आज पञ्चेबाजासहित नाचगान

९ भदौ, काठमाडौं । तिर्नुपर्ने घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाव दिने भन्दै काठमाडौं महानगरपालिकालले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा चेतनामुलक कार्यक्रम गर्ने भएको छ । घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गर्दा पनि अटेर गरेपछि महानगरपालिकाले यो चेताना मूलक […]

म्याद सकिएका खाद्य वस्तु नयाँ मिति राखेर बजारमा

८ भदौ, काठमाडौं । म्याद सकिएको पास्ता, बिस्कुट, चकलेटलगायत १२ प्रकारका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गरेको भेटिएको छ । मंगलबार बालाजुको अगद नेपाल भेन्चर प्रालीको गोदाममा म्याद सकिएको वस्तुमा नयाँ उपभोग्य मिति राखिरहेको अवस्थामा मेसिनसहित एक जनालाई नियन्त्रणमा लिइएको वाणिज्य विभागले जनाएको छ । वाणिज्य विभाग र प्रहरीले संयुक्त रुपमा गरेको अनुगमनमा […]

नेप्सेका सीईओ साउदले राजीनामा दिँदै

८ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेे)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन् । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए । उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही […]

सुन चाँदीको मूल्य बढ्यो

८ भदौ, काठमाडौं । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार तोलामा ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्यका मंगलबारका लागि ९१ हजार एक सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको भाउ ९० हजार ६ […]

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

८ भदौ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य बढाएको थियो । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले मंगलबार विज्ञप्तिमार्फत् मूल्यवृद्धि फिर्ता लिन माग […]

कुलमानको निर्देशन : झ्याप्प-झ्याप्प बत्ती जान नदिन कठोर बन्नुस्

७ भदौ, काठमाडौं,  । नेपाल विद्युत प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ । विनाजानकारी झ्याप्प-झ्याप्प बत्ती जाने गरेको, नयाँ वत्ति जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता […]

कर नतिर्नेको घर-आँगन र कार्यालयमा पञ्चेबाजासहित नाचगान गरिने

७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाउने भएको छ । महानगरपालिकाले यसअघि नै घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो । तीमध्ये कर तिर्ने गरी प्रक्रियामा नआउने करदाताको कार्यालय […]

१५औं आवधिक योजनाका लक्ष्य भेटाउन पहिलो वर्षमै ठेस

७ भदौ, काठमाडौं । कोरोना महामारी र यसको बाहनामा हुने काममा अवरोधको प्रभाव १५ औं आवधिक योजनाका लक्ष्य प्राप्तीमा असर पर्ने भएको छ । १५ औं योजनाका धेरैजसो सूचक घटेका छन् । सुधार हुने आर्थिक सूचकांकको संख्या निकै कम छ । राष्ट्रिय योजना आयोग, १५ औं योजना र आर्थिक सर्वेक्षणको प्रतिवेदनलाई आधार मानेर महालेखा परीक्षक […]

चीनमा हुने दक्षिण तथा दक्षिणपूर्वी एसिया वस्तु मेलामा सहभागी हुन आग्रह

६ भदौ, काठमाडौं । चीनको युनान प्रान्तमा यही अगस्ट महिनाको अन्तिममा दक्षिण तथा दक्षिणपूर्वी एशिया वस्तु मेला तथा लगानी महोत्सव २०२१ हुने भएको छ । ‘नयाँ विकासका लागि नयाँ अवसर’ नारा दिइएको उक्त महोत्सवमा प्रदर्शनकर्ता र दक्षिणपूर्वी तथा दक्षिण एशियाका तर्फबाट विभन्न वस्तु तथा सेवा उद्यमीहरुको सहभागिता रहनेछ । चीनको दक्षिण-पश्चिममा रहेको युनान प्रान्तको राजधानी […]

औद्योगिक ग्राम बनाउन पैसा लगेका २७ स्थानीय तहले गरेनन् काम

६ भदौ, कठमाडौं । एक स्थानीय तह एक औद्योगिक ग्राम कार्यक्रम अन्तर्गत २७ स्थानीय तहले पैसा बुझेर काम नगरेको पाइएको छ । एक स्थानीय तहले ९२ लाखका दरलेको लगेको उक्त रकम फिर्ता समेत नभएको महालेखा परिक्षकको ५८ औं प्रतिवेदनले औल्याएको छ । ४३ स्थानीय तहलाई ९२ लाखका दरले ३९ करोड ५६ लाख अनुदान प्रदान गरिएकोमा […]

प्रदेशमा बेथिति : ८८ करोडको जथाभावी खरिद, भूत प्रभावी कानूनबाट सांसदलाई सुविधा

६ भदौ, काठमाडौं । प्रदेश सरकारहरुले मनलाग्दी बजेट खर्च गर्ने क्रम मौलाएको छ । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनले अवण्डामा करोडौं बजेट राख्नेदेखि सवारी साधन खरिदमा पनि जथाभावी खर्च क्रम मौलाएको औंल्याएको छ । प्रदेश आर्थिक कार्यविधि ऐनमा कार्यक्रम बजेट स्वीकृत गर्नुपर्ने व्यवस्था भएकोमा मन्त्रालयले कार्यक्रमअनुसार बजेट स्वीकृत नगरी क्षेत्रगत रुपमा एकमुष्ट बजेट स्वीकृत गरी  […]

विद्युत् प्राधिकरणले देशभर ‘उज्यालो र शहर सफाइ अभियान’ चलाउने

६ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई बृद्धि गर्न ‘उज्यालो र शहर सफाइ अभियान’ चलाउने भएको छ । उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिने छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि  हुने, विद्युत् माग […]

एमसीसीको खर्च र महँगो परामर्शदातामाथि महालेखाले उठायो प्रश्न

४ भदौ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौताको आधारमा भइरहेको खर्चबारे प्रश्न उठाएको छ । नेपाल र अमेरिकाबीच भएको सम्झौताका शर्तहरू पूरा नगरी खर्च गरिएको प्रति महालेखाको ५८औं वार्षिक प्रतिवेदनले प्रश्न उठाएको हो । महालेखाको प्रतिवेदनअनुसार सम्झौताको धारा ७ मा यो सम्झौता लागू हुनका लागि पूर्वशर्तको रूपमा पक्षहरूद्वारा कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर […]

मेलम्ची आयोजनाका १० प्राडोसहित २७ गाडी गायब

४ भदौ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी हराएका छन् । महालेखा परीक्षकको ५८औं वाषिर्क प्रतिवेदन अनुसार मेलम्ची खानेपानी आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको थियो । हेडवर्क्स तथा सुरुङ निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले किनेका यी गाडीमध्ये १० वटा प्राडोसहित २७ वटा गाडीको उपयोग […]

एक सातामा सुनको मूल्य तोलामा १८ सय बढ्यो

४ भदौं, काठमाडौं । एक सातामा सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढेको छ । गत साता तोलामा ९० हजार रुपैयाँ तल झरेको सुनको मूल्य यो साता अधिकतम् ९१ हजार दुई सय रुपैयाँ पुगेको हो । गत शुक्रबार ८९ हजार ७ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । आज बिहीबारको तुलनामा तोलामा […]

समझदारीको अढाइ वर्षसम्म खुलेन नेपाली श्रमिकलाई जापानको ढोका

३ भदौ, काठमाडौं । जापान-नेपालबीच भएको श्रमिक आपूर्ति सम्बद्ध सहकार्यको समझदारी (एमओसी) कार्यान्वयनमा ढिलाइ भएको छ । २०७५ चैत ११ मा कामदार आपूर्तिबारे सरकारीस्तरमा भएको समझदारी कार्यान्वयनमा भएको ढिलाइले राम्रो गन्तब्यमा काम गर्न जाने थुप्रै नेपाली युवाको योजना पनि भत्किने अवस्था आएको छ । भाषा परीक्षा पास गरेर कोरियामाजस्तै गरी जापान पनि जान पाइने आशमा […]

अर्थ मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर, भन्सार र आन्तरिक राजश्वमा को-को ?

३ भदौ, काठमाडौं । अर्थ मन्त्रालयले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर तथा पदस्थापन गरेको छ । मन्त्रालयमा केही दिन अगाडि सरुवा भएर गएका चार जना सहसचिवको पदस्थापन गरिएको हो । तीन जना सहसचिवको जिम्मेवारी भने हेरफेर गरिएको मन्त्रालयले जनाएको छ । यसअनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकमा रहेका झक्कप्रसाद आचार्यलाई मन्त्रालयमा तानिएको छ । उनको स्थानमा […]

फेरि महँगिन थाल्यो खाने तेल

३ भदौ,काठमाडौं । उद्योगहरुले खाने तेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले महँगो भएको संघका केन्द्रीय कार्यकारी सदस्य ध्रुव अधिकारीले जानकारी दिए । ‘तोरी, सनफ्वालर र […]

२१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको निर्माण सुरु

२ भदौ, काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । भूमिगत विद्युत् गृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’को काम मंगलबार सुरु भएको हो । २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो बिष्फोट गराइएको छ । मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य […]