News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एनिमल सेभले विश्व भिगन दिवसको अवसरमा काठमाडौँमा कला प्रदर्शनी र सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
- प्रदर्शनीमा ४० भन्दा बढी कलाकृतिहरू राखिएका थिए जसले पूर्ण शाकाहार र जलवायु परिवर्तनका प्रभाव चित्रण गरेका थिए।
- कार्यक्रममा चित्रकला बिक्रीबाट प्राप्त रकम प्राणी कल्याणका लागि खर्च गरिने आयोजकहरूले जानकारी दिएका छन्।
१६ कार्तिक, काठमाडौं । सर्वप्राणी करुणा र शाकाहारको प्रवर्द्धन गर्ने उद्देश्यले कला प्रदर्शनी गरिएको छ । विश्व भिगन दिवसको सन्दर्भमा नेपाल एनिमल सेभ नामक संस्थाले शनिबार काठमाडौँमा कार्यक्रम आयोजना गरेको हो । प्रदर्शनीसँगै साँस्कृतिक कार्यक्रम समेत भएको थियो ।
बौद्धस्थित उत्पला क्याफेको चौरमा आयोजित सो कार्यक्रममा दर्जनौँ पशुप्रेमी, अहिंसा अभियन्ता र कलाकारको उपस्थिति थियो ।
माछामासु र दहीदुध मात्र नभई तिनका छाला, रौँ, हाड र प्वाँखसमेत प्रयोग नगर्ने शाकाहारीहरूलाई भिगन (पूर्ण शाकाहारी) भन्ने गरिन्छ । बढ्दो पशुजन्य उद्योग र उपभोगले जलवायु परिवर्तन र प्राकृतिक असन्तुलन उत्पनन हुने वैज्ञानिकहरूले समेत चेतावनी दिँदै आएका छन् ।
पशुक्रुरता समेत कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकमध्येकी एक शोभा भुजेलले बताइन् । अहिले पश्चिमी देशहरूमा पशुपक्षींजन्य उत्पादन प्रयोग नगर्ने प्रचलन बढ्दो छ ।
प्रदर्शनमा ४० भन्दा बढी कलाकृति प्रदर्शन गरिएका थिए । यी चित्रकलामा पूर्ण शाकाहारका विभिन्न आयाम-पाल्तु र वन्यन्तुको दुःखदेखि लिएर मानव गतिविधि र जलवायु परिवर्तनका प्रभावसम्मको चित्रण गरिएको थियो । सबै कलाकृतिमा जनावर र पृथ्वीप्रति मानव सम्बन्धबारे आत्मचिन्तन, करुणा र संवादको आह्वान थियो ।

प्रदर्शनमा राखिएका चित्रहरूको कार्यक्रममै बढाबढमा विक्रीसमेत गरिएको थियो। चित्रकला बेचेको रकम प्राणी कल्याणका लागि प्रयोग हुने आयोजकले जानकारी दिएका छन् । संगीत, नृत्य, प्रस्तुति र शाकाहारसम्बन्धी प्रदर्शनीले कार्यक्रमलाई सिर्जनात्मक बनाएको थियो ।
लभिङ हार्ट भिगन रेस्टुरेन्ट, द ह्वाइट लोटस भिगन क्याफे र भिगन फुड एन्ड बेभरेज हाउसजस्ता स्थानीय रेस्टुरेन्टका शाकाहारी खाद्य स्टलहरूले सहभागीहरूलाई स्वादिष्ट वनस्पतिजन्य भोजनको अनुभव दिएका थिए ।
कार्यक्रममा ‘आर्ट र एक्टिभिजम्’ शीर्षकको प्रभावशाली प्यानल छलफल पनि चलाएको थियो, जहाँ जसले विभिन्न खालका कलाक्षेत्र/मञ्च कसरी करुणा र जनावर अधिकार प्रवर्द्धनका माध्यम बन्न सक्छन् भन्नेबारे विचार-विमर्श गरियो ।
नेपाल भिगन ग्यालरी तीन वर्षयता निरन्तर एक सिर्जनात्मक मञ्चको रूपमा विस्तार हुँदै आएको छ ।

प्रतिक्रिया 4