Comments Add Comment

अर्थनीति

List Grid
गुल्मीका २७२ किसानलाई कृषि उपकरण वितरण

११ असार, गुल्मी । गुल्मीका २ सय ७२ जना किसानहरुलाई करिब ३ करोड रुपैयाँ बराबरको कृषि उपकरण वितरण गरिएको छ । व्यवहारमुखी कृषिलाई व्यवसायीक बनाउने उद्देश्यले जिल्लाभर रहेका विभिन्न कृषि समूहलाई २ करोड ९० लाख २० हजार रुपैयाँ बराबरका कृषि उपकरण वितरण गरिएको हो । प्रदेश नम्बर ५ सरकारको ८५ प्रतिशत अनुदान र कृषकको १५ […]

पोखरामा नीति तथा कार्यक्रमबाटै हरायो मोनोरेल !

१० असार, पोखरा । पोखरा महानगरपालिकाले गत वर्ष नीति तथा कार्यक्रममा ‘महानगरमा गौरवका योजना’ भन्दै महत्वाकांक्षी योजनाहरु अघि सार्‍यो । एक वर्षपछि मंगलबार आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रम ल्याउँदा केही गौरव योजनाले निरन्तरता पायो भने केही हटाइएको छ । महानगरले गत वर्ष चालु आवमा फेवादेखि बेगनास तालसम्म मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने […]

डीपीआर मन्त्रिपरिषदमा अड्किँदा द्रुतमार्गको पुल र सुरुङ निर्माणमा ढिलाइ

९ असार, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तीन महिनादेखि मन्त्रिपरिषदमा अड्किएको छ । यसले पुल र सुरुङ निर्माण ढिलाइ भएको भन्दै नेपाली सेनाले संसदीय समिति गुहारेको छ । सेनाले १२ चैतमा रक्षा मन्त्रालयमार्फत द्रुतमार्गको डीपीआर पेश गरेको थियो । भारतीय कम्पनीले बनाएको डीपीआरकै आधारमा सडक खन्ने काम लगभग सकाएको नेपाली सेनाले नयाँ […]

नेपालमा एसेम्बल मात्र भएका जुत्ता–चप्पलले निर्यात अनुदान नपाउने !

९ असार, काठमाडौं । स्वदेशमा निर्मित जुत्ता–चप्पललाई निर्यातमा अनुदान दिने घोषणा गरेको सरकारले नेपालमा एसेम्बल मात्र गर्ने उद्योग भने यसमा नसमेटिने प्रष्ट पारेको छ । नेपालमा एसेम्बल मात्रै भएका जुत्ता चप्पल उद्योगले निर्यात अनुदान माग गरेपछि उद्योग विभागले यस्तो प्रष्टिकरण दिएको हो । राजधानीमा अयोजित अभिमुखीकरण कार्यक्रममा उद्योगीहरुलाई प्रशिक्षण गर्दै महानिर्देशक विनोदप्रकाश सिंहले कच्चा पदार्थको […]

धनगढीको बजेट १ अर्ब ५८ करोड

८ असार, कैलाली । धनगढी उपमहानगरपालिकाको चौथो नगर सभाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि १ अर्ब ५८ करोड चारलाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । जसमा चालु खर्च तर्फ ७६ करोड ३६ लाख ४२ हजार १ सय ६६ रुपैयाँ ३८ पैसा रहेको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड ६८ लाख ५ हजार […]

सुविधा बढाउन माग गर्दै काठमाडौं महानगरका वडा सदस्यहरु हेटौंडामा

८ असार, हेटौंडा । स्थानीय तहका पदाधिकारी र सदस्यको पारिश्रमिक अपुग भएको भन्दै काठमाडौं महानगरपालिकाका वडा सदस्य र नगरसभा सदस्यले बढाउन माग गरेका छन् । ऐन संशोधन गरी सुविधा बढाउन माग गर्दै हेटौंडा आइपुगेका काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले प्रदेश ३ का मुख्यमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् । अहिले वडा सदस्य र नगरसभा सदस्यले मासिक […]

त्रिभुवन राजपथ विस्तार : केन्द्र सरकार र महानगरको विवादले अन्योल

८ असार , वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथको सडक सीमा विवादले पुनः चर्चा पाएको छ । वीरगञ्ज महानगरपालिकाले मुख्य सडक १५/१५ मिटर मात्रै फराकिलो गर्न गरेको सिफारिस संघले अस्वीकार गरेपछि विवाद साम्य हुने सम्भावना टरेको छ । ०७५ असारमा सम्पन्न वीरगञ्ज महानगरपालिकाको दोस्रो नगरसभाले मुख्य सडक २५/२५ मिटर नतोडी १५/१५ मिटर मात्रै तोड्न सकारसँग आग्रह गर्ने […]

हेटौंडामा फेरि बल्झियो सडक सीमा विवाद

७ असार, काठमाडौं । हेटौंडामा सडक सीमा विवाद पुनः बल्झिएको छ । संघीय सरकारले प्रदेश सरकारले हेटौंडा बजारको राजमार्ग क्षेत्रको दायाँ-बायाँ १६/१६ मिटर कायम गर्न गरेको सिफारिस कार्यान्वयन नगर्ने भएको छ । हेटौंडाको मुख्य राजमार्गमा पर्ने सडक भत्काउन भन्दै संघीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार फेरि सूचना जारी गरेको छ । गत […]

बंगलादेशसँग विद्युत उत्पादन र विक्रीका लागि पूर्वाधार निर्माणको सहमति

७ जेठ, काठमाडौं । नेपाल र बंगलादेश विद्युत उत्पादन र विक्री वितरणका लागि पूर्वाधार बनाउने गरी सहकार्य गर्न सहमत भएका छन् ।  बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न नेपाल-बंगलादेश संयुक्त ऊर्जा संयन्त्रको बैठकमा दुई देशबीचको ऊर्जा सहकार्यका लागि महत्वपूर्ण तीनवटा निर्णय भएको छ । नेपालको जलविद्युत आयोजनामा बंगलादेशले लगानी गर्ने, नेपालबाट बंगलादेशसम्म विद्युत निर्यात गर्ने र दुबै […]

कवाडी र पत्रु सामान व्यवसाय पनि भ्याटमा दर्ता अनिवार्य

६ असार, काठमाडौं । सरकारले कवाडी तथा पत्रु सामानको व्यवसाय गर्ने व्यक्तिलाई मूल्य अभिवृद्धि कर (भ्याट)मा अनिवार्य दर्ता हुनुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ । आर्थिक ऐन २०७६ मार्फत मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा संशोधन गर्दै सरकारले यो प्रावधान ल्याएको हो । करसम्बन्धी कानून १५ जेठबाटै लागु हुने भएकाले सबै कवाडी तथा पत्रु सामानको व्यवसाय […]

जेठमा वीरगञ्ज भन्सारको राजस्व लक्ष्यभन्दा ३ अर्ब कम

६ असार, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले जेठ महिनामा लक्ष्य भन्दा २ अर्ब ८५ करोड ८६ लाख ८१ हजार रुपैयाँ कम राजश्व संकलन गरेको छ । १५ अर्ब ४४ करोड ४५ लाख २७ हजार रुपैयाँ लक्ष्य दिएकोमा १२ अर्ब ५८ करोड ५८ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गरेको वीरञ्ज भन्सार कार्यालयले जनाएको छ । […]

धरहराको जग हालेपछि परामर्शदाता कम्पनी छानिँदै

६ असार, काठमाडौं । धरहरा निर्माण सुरु भएको ५ महिना भयो । समय–समयमा स्थानीबासीको अवरोधकै बीचमा पनि काम भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले साढे ३ अर्ब रुपैयाँ खर्चिन लागेको यो परियोजनाको एक तिहाई काम सकिएपछि बल्ल परामर्शदाता नियुक्त गर्न लागिएको छ । बोलपत्रमार्फत ४ वटा परामर्शदाता कम्पनीलाई प्राविधिक रुपमा योग्य ठहर गर्दै अब उनीहरुको […]

३ खर्ब घट्यो पुनर्निर्माणको लागत

५ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको कूल लागत संशोधन गरी घटाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिको बैठकले कूल अनुमान घटाएर ६ खर्ब ३० अर्बमा पुनर्निर्माण सम्पन्न हुने उल्लेख गरेको छ । यसअघि पुनर्निर्माणका सबै काम सम्पन्न गर्न ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरेको थियो । […]

स्थानीय ठेकेदारले फर्काइदिए मेलम्ची निर्माण कम्पनीलाई

५ असार, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको निर्माण कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्स्ट्रक्सनका कामदारलाई फर्काइदिएका हुन् । सरकारले मुहानको हेडबक्सलगायतका अन्य काम गर्ने जिम्मा श्रेष्ठ कन्स्ट्रक्सनलाई दिएको थियो । कामको जिम्मा […]

स्थानीय तहलाई भनियो-रोजगार कार्यक्रमको कमजोरी सच्याउनू

५ असार, काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममा भएका  कमजोरी सच्याउन निर्देशन दिएको छ । बिहीबार मन्त्री स्तरको निर्णय गर्दै मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र गरेको छ । ‘कार्यक्रम कार्यान्वयनका क्रममा केही स्थानीय तहहरुले संचालन गरेका केही आयोजनाहरु स्वीकृत कार्यविधि बमोजिम सञ्चालन नगरिएको भनी […]

सुधारियो सेयर बजार, साढे ३७ करोडको कारोबार

५ असार, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजारमा सुधार आएको छ । बिहीबार नेप्से परिसूचक ५.९० अंकले सुधार भएर १ हजार २ सय ६४ दशमलव ३६ अंकमा पुगेको छ । यस अघि बुधबार सेयर बजार २ अंक बढीले ओरालो लागेको थियो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत बिहीबार सुधार भएको छ । दिनभर […]

मदिरा निकासी खुल्ला, इनर्जी ड्रिङ्स आयातमा रोक

४ असार, काठमाडौं । नेपालमा उत्पादित मदिरा विदेश निर्यात फेरि खुल्ला गरिएको छ । सरकारले आयात तथा निर्यात हुने वस्तुहरुको सूचीमा हेरफेर गर्दै मदिरालाई खुला गरेको हो । दुई वर्ष अघिसम्म नेपालबाट मदिराजन्य वस्तु निर्यात गर्न पाइन्थ्यो । तर आर्थिक ऐनमा एकाएक परिवर्तन गरेर तत्कालिन सरकारले मदिरा निर्यातमा रोक लगाएको मदिरा व्यवसायी महासंघका उपाध्यक्ष नवलकिशोर […]

१९ प्रतिशतले बढ्यो ब्यापार घाटा, १० महिनामै ११ खर्ब

४ असार, काठमाडौं । पछिल्लो १० महिनामा नेपालको वैदेशिक व्यापार तीव्र रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो अवधिमा व्यापार घाटा १९.७ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७५/७६ को दश महिनामा कुल वस्तु व्यापार घाटा १० खर्ब ९९ अर्ब ६० करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात […]

विदेशी विनिमय सञ्चिती ४२ अर्बले घट्यो, राष्ट्र बैंकको ढुकुटीमा ९ खर्ब

४ असार, काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिती चालु आर्थिक वर्षको १० महिनामा करिब ४२ अर्ब रुपैयाँले घटेको छ । २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा गत वैशास मसान्तसम्म आइपुग्दा १० खर्ब ६० अर्ब ७० करोड रुपैयाँमा झरेको हो । कुल विदेशी विनिमय सञ्चितीमध्ये राष्ट्र बैंकको ढुकुटीमा २०७५ असार […]

निर्माण व्यवसायीले भने-अलकत्रा र गिट्टी बालुवा अभाव भयो

४ असार, काठमाडौं । निर्माण व्यवसायीले सडक निर्माण कार्यमा प्रयोग हुने अत्यावश्यक निर्माण सामग्री ‘बिटुमिन’ (अलकत्रा) पर्याप्त आयात नहुँदा समस्या भएको बताएका छन् । विगत केही महिनअघि देखि अत्यावश्यक निर्माण सामग्री अभाव हुँदा ठूलो समस्या परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । त्यस्तै नदीजन्य निर्माण समाग्रीहरुको असारको सुरुवात देखि नै नदीनालाबाट उत्खनन कार्य बन्द […]

भाडा तिर्न नसकेपछि काठमाडौं भ्यूटावरको उपकरण फिर्ता

४ असार, काठमाडौं । पुरानो बसपार्क खुलामञ्चमा सारेर बनाउन थालिएको काठमाडौं भ्यू टावर निर्माणमा अन्योल छाएको छ । ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई प्रालि आर्थिक संकटमा फसेका कारण भ्यूटावर निर्माणमा अन्योल भएको सम्बद्धहरूले बताएका छन् । स्वछन्द बिकोईले भ्यूटावर बनाउनका लागि विभिन्न उपकरणहरु भाडामा ल्याएको थियो । ल्याएका उपकरणहरूको भाडा रकम समेत तिर्न नसक्ने अवस्थामा […]