Comments Add Comment

अर्थनीति

List Grid
पोखरामा बेथितिः करोडौं राजश्व गायब, कानून मिचेर भत्ता र ठेक्का

१८ भदौ, पोखरा । विकास खर्च कम गर्ने, गरेको खर्चमा कानुन, विधि मिच्ने, स्वार्थ बाझिने र विभिन्न शीर्षकमा भत्ता, अनुदान लिने धेरै स्थानीय तहमा देखिएको बेथिति हो । नेपालको ठूलोमध्येको एक पोखरा महानगरपालिकामा पनि जनप्रतिनिधि र कर्मचारी मिलेर अनुचित भत्ता लिएकोदेखि ‘आफ्ना मान्छे’लाई ठेक्का दिनेसम्मको विकृती देखिएका छन् । करोडौं राजश्वको हिसाबै देखिएको छैन । […]

विद्युत् प्राधिकरणको ध्यान ठूला जलाशययुक्त ‘गेमचेन्जर’ आयोजनामा

१८ भदौ, काठमाडौं । नेपाल विद्युत प्रधिकरणले मुलुकको विद्युत माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ । प्राधिकरणले ८ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त र १ हजार ६१ मेगावाटको माथिल्लो अरुण तथा २ सय १० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरु एक साथ अगाडि […]

सामलिङ पावरको आईपीओ भोलिदेखि

१७ भदौ, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको स्थानीयका लागि साधारण शेयर (आईपीओ) का लागि भोलि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ जारी गर्न लागेको हो । यस अघि २२ साउनदेखि नै आईपीओ जारी गर्ने भनिए पनि समयमा आईपीओ खुला हुन सकेको थिए […]

भोलिदेखि फोहोर उठाइने, सिसडोलमा अवरोध भए बल प्रयोग

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको हो । करिब एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । […]

‘एयर भल्भ’ नबनाउँदा मेलम्ची सुरुङमा पनि सुरक्षा खतरा

१५ भदौ, काठमाडौं । मेलम्चीमा भीषण बाढी मेलम्ची खानेपानी आयोजनाको सुरुङ अहिले बन्द छ । सुरुङ सुपरीवेक्षणका लागि पानी भर्न बन्द गरिएको दिन गत असार १ गते आएको बाढीले हेडवर्क्स पुरेपछि आयोजनाको भविष्य अनिश्चित छ । यही बेला महालेखा परीक्षकको कार्यालयले आफ्नो वाषिर्क प्रतिवेदनमा सुरुङको सुरक्षा अवस्थाबारे पनि प्रश्न उठाएको छ । महालेखाको ५८औं वाषिर्क […]

पाँच लाख व्यवसाय अनुगमनको जिम्मा १२ कर्मचारीलाई

बजारलाई चाडबाडले छोप्न थालेको छ । तर, उपभोक्ताको ढाड सेक्ने र स्वास्थ्य बिगार्ने अवाञ्छित काम रोक्ने जिम्मेवारी बोकेका तीन सरकारी अनुगमन निकाय भने जनशक्ति र साधन स्रोतविहीन अवस्थामा छन् । १३ भदौ, काठमाडौं । २०७८ वैशाख दोस्रो साता काठमाडौंका केही निजी अस्पतालले कोभिड बिरामीको उपचारमा लाग्ने ‘बेड’ शुल्क सार्वजनिक गरे । अस्पतालहरूले महँगो दैनिक शुल्कदर […]

बुटवलको मुख्य सडकमा खाल्डैखाल्डा

१४ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकामा पर्ने सिद्धार्थ राजमार्गको ट्राफिकचोक, अस्पताललाइन, मिलनचोक र राजमार्ग चौराहा क्षेत्रको सडकमा हिजोआज खाल्डैखाल्डा छन् । यही सडक भएर दिनहुँ प्रदेशका मुख्यमन्त्री, मन्त्रीदेखि सांसदहरु आवतजावत गर्छन् । तर बुटवलको सबैभन्दा बढी सवारी चाप हुने यो सडक मर्मत सम्भारमा कुनै निकायले ध्यान दिएको छैन । खाल्डाखुल्डीका कारण मोटरसाइकल र साना सवारी […]

एमसीसीबारे बज्न थाल्यो विज्ञापन

१४ भदौ, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालमा कार्यान्वयन हुने परियोजनाबारे विज्ञापन (टीभीसी) बजाउन सुरु गरेको छ । परियोजनाबारे जनस्तरमा भ्रम छरिएको भन्दै त्यसलाई हटाउने गरी विज्ञापन बजाउन थालिएको एमसीए नेपाल स्रोतले बताएको छ । तर, परियोजनाप्रति विमति राख्नेहरुले पनि विरोध सुरु गरेका छन् । उनीहरुले परियोजना जबरजस्ती कार्यान्वयन गर्न विज्ञापन बनाएर भ्रम छर्न […]

सकारात्मक परिणाम निकाल्न नवनियुक्त सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

१४ भदौ, काठमाडौं । अर्थ मन्त्रालयमा सरुवा भई आएका सचिवहरुलाई अर्थमन्त्री जनार्दन शर्माले स्वागत गरेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रक सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् । अब अर्थ मन्त्रालयमा उच्च पदस्थ अधिकारीको टीमले पूर्णता पाएको छ । मन्त्री शर्माले मन्त्रालय अन्तर्गतका तीन जना सचिवको विशिष्ट […]

अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा

१४ भदौ, काठमाडौं । डोर मिट प्रालिद्धारा सञ्चालित अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम आजबाट विधिवत रुपमा सञ्चालनमा आएको छ । विगत ८ महिनादेखि नै ग्राहकको अर्डरअनुसार सामान डेलिभरी सेवा दिँदै आएपनि कम्पनीले कोरोना महामारीका कारण बल्ल आएर औपचारिक रुपमा डोरमिट डटकम सार्वजनिक गरेको हो । डोर मिट प्रालिका संस्थापक निर्देशक केदार सापकोटाले पछिल्लो समय अनलाइन […]

४९ अंकले घट्यो शेयर बजार, तर घटेन यी कम्पनीका शेयर मूल्य

१३ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार ४९ अंकभन्दा धेरैले शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से परिसूचक उच्च अंकले घट्दा पनि केही कम्पनीका लगानीकर्ताहरुले भने राम्रै कमाएका छन् । २ वटा कम्पनीहरुको शेयर मूल्यमा त सकारात्मक सर्किट नै लागेको छ । कुनै पनि कम्पनीको एकै दिनमा १० प्रतिशत भन्दा धेरैले शेयर […]

प्रतिस्थापन विधेयक ल्याउने तयारी, अध्यादेश बजेट परिमार्जन गरिँदै

१० भदौ, काठमाडौं । नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको हो । बिहीवार अर्थमन्त्रालयले अन्य मन्त्रालयका सचिवहरुको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव संकलन गरेको छ । बैठकमा अर्थमन्त्री […]

साउन महिनामा उत्साहजनक वैदेशिक व्यापार

१० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना (साउन २०७८)मा वैदेशिक व्यापार उत्साहजनक देखिएको छ । आयात र निर्यात दुवैमा उच्च वृद्धि भएको यो महिनामा निर्यातको वृद्धिदर ११५.८५ र आयातको वृद्धिदर ७५.६६ प्रतिशत पुगेको छ । भन्सार विभागका अनुसार साउनमा कुल १ खर्ब ५० अर्ब ७३ लाख रुपैयाँ बराबरको आयात भएको छ […]

आन्तरिक राजस्व विभागले निर्देशकहरुसँग गर्‍यो कार्यसम्पादन सम्झौता

१० भदौ, काठमाडौं । आन्तरिक राजस्व विभागले उपमहानिर्देशक र निर्देशकहरुसँग कार्य सम्पादन सम्झौता गरेको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नवनियुक्त महानिर्देशक शोभाकान्त पौडेलले विभागका उपमहानिर्देशक र निर्देशकहरुबीच आर्थिक वर्ष २०७८/७९ का लागि कार्यसम्पादन सम्झौता गरेका छन् । अर्थ मन्त्रालयको वाषिर्क नीति र कार्यक्रम तथा आन्तरिक राजस्व विभाग र मातहतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता […]

९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

१० भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा ९६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स् भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । […]

रासायनिक मल ल्याउने वातावरण बनाइदिन भारतसहित पाँच मुलुकसँग नेपालको आग्रह

१० भदौ, काठमाडौं । नेपालले भारतसहितका पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको छ । देशैभर मल अभाव चर्किएपछि कुटनीतिक च्यानलमार्फत भारत, चीन, बंगलादेश, ओमन र जोर्डनसँग मल खरिदको वातावरण बनाइदिन आग्रह गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गहुँ सिजनलाई ग्लोबल […]

पेट्रोलियम ढुवानीमा अवरोध नपुर्‍याउन आग्रह

९ भदौ, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमले व्यवसायीहरुलाई आग्रह गरेको छ । ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ (प्रडक्ट डेलिभरी अर्डर) नलिने घोषणा गरेपछि निगमले यस्तो आग्रह गरेको हो । मंगलबार निगमको तीन प्रादेशिक कार्यालयलहरुले विज्ञप्ति जारी गरेर इन्धनको ढुवानी नरोक्न आग्रह गरेका […]

न्युरोड र नयाँ बजारका कर नतिर्नेको घर-आँगनमा आज पञ्चेबाजासहित नाचगान

९ भदौ, काठमाडौं । तिर्नुपर्ने घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाव दिने भन्दै काठमाडौं महानगरपालिकालले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा चेतनामुलक कार्यक्रम गर्ने भएको छ । घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गर्दा पनि अटेर गरेपछि महानगरपालिकाले यो चेताना मूलक […]

म्याद सकिएका खाद्य वस्तु नयाँ मिति राखेर बजारमा

८ भदौ, काठमाडौं । म्याद सकिएको पास्ता, बिस्कुट, चकलेटलगायत १२ प्रकारका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गरेको भेटिएको छ । मंगलबार बालाजुको अगद नेपाल भेन्चर प्रालीको गोदाममा म्याद सकिएको वस्तुमा नयाँ उपभोग्य मिति राखिरहेको अवस्थामा मेसिनसहित एक जनालाई नियन्त्रणमा लिइएको वाणिज्य विभागले जनाएको छ । वाणिज्य विभाग र प्रहरीले संयुक्त रुपमा गरेको अनुगमनमा […]

नेप्सेका सीईओ साउदले राजीनामा दिँदै

८ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेे)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन् । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए । उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही […]

सुन चाँदीको मूल्य बढ्यो

८ भदौ, काठमाडौं । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार तोलामा ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्यका मंगलबारका लागि ९१ हजार एक सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको भाउ ९० हजार ६ […]