+
+
Shares

अर्थमन्त्री ‘ब्रिफिङ’ लिन पुगे भन्सार विभाग

अर्थमन्त्री वाग्लेले विभागका कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १८:५४

१६ चैत, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ‘ब्रिफिङ’ लिन भन्सार विभाग पुगेका छन् ।

सोमबार भन्सार विभाग पुगेर उनले अनुगमन तथा ब्रिफिङ लिएको उनको सचिवालयले जनाएको छ । सोही क्रममा उनले विभागका कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिए ।

राजस्व संकलनमा इमानदारीपूर्वक लागे मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउन सक्ने उनले बताए । राजस्व संकलन बढाएर सरकारको बृहत समृद्धिको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको पनि खास चासो रहेको भन्दै उनले मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट  समेत विशेष अनुगमन भइरहेको जानकारी दिए ।

सोही क्रममा उनले विभागमा रहेको भन्सार ल्याब पनि अनुगमन गरेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?