News Summary
Generated by OK AI. Editorially reviewed.- आन्तरिक राजस्व विभागले दोहोरो कर मुक्तिसम्बन्धी सन्धि भएका ७ देशलाई आयकर कानुनको औपचारिक जानकारी गराएको छ।
- विभागले नर्वे, श्रीलंका, थाइल्यान्ड, अस्ट्रिया, पाकिस्तान, चीन र दक्षिण कोरियालाई पत्राचार गरेको छ।
- पत्रले आयकर ऐन २०५८ को दफा ७३, उपदफा ५ मा रहेको दुरुपयोग विरोधी प्रावधानबारे जानकारी दिन्छ।
२६ कात्तिक, काठमाडौं । आन्तरिक राजस्व विभागले दोहोरो कर मुक्तिसम्बन्धी सन्धि गरेका ७ देशलाई आयकर सम्बन्धी कानुनको औपचारिक जानकारी गराएको छ ।
विभागले नर्वे, श्रीलंका, थाइल्यान्ड, अस्ट्रिया, पाकिस्तान, चीन र दक्षिण कोरियालाई पत्राचार गरेको हो ।
विभागले कर कानुनमा भएको परिवर्तनबारे जानकारी गराउन पत्राचार गरेको जनाएको छ । दोहोरो कर मुक्ति सम्झौता भएका देशलाइ आफ्नो मुलुकको कर कानुनमा भएको परिवर्तन सम्बन्धी अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था छ ।
यो पत्रले सन्धि साझेदारलाई आयकर ऐन २०५८ (२००२) कार्यान्वयनबारे जानकारी दिन्छ, जसले अघिल्लो आयकर ऐन २०३१ (१९७४) खारेज गरेको छ ।
यो परिपपत्रले आयकर ऐन २०५८ को दफा ७३, उपदफा ५ मा रहेको दुरुपयोग विरोधी प्रावधान सुरुवात रहेको विभागले जनाएको छ ।
नेपालको वित्तीय छली रोक्न र स्वच्छ, स्थिर तथा पारदर्शी अन्तर्राष्ट्रिय कर वातावरण कायम राख्न प्रतिबद्ध रहेको पत्रले स्पष्ट हुन्छ । नेपाल सरकारले सम्बन्धित सन्धि साझेदारबाट आवश्यक स्पष्टीकरण गर्न सहयोगात्मक संलग्नताका लागि खुला रहेको समेत विभागले जनाएको छ ।
प्रतिक्रिया 4