Comments Add Comment

अर्थनीति

List Grid
सरकारले खुल्ला गरेको १० दिनसम्म उत्तरी नाका खुलेनन्

२२ चैत, काठमाडौं । सरकारले चैत्र १२ गते नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी खुल्ला गर्ने निर्णय गरेको थियो । पर्सिपल्ट भन्सार विभागले नाकामा जाँचपास सुरु गर्ने जानकारी दियो । तर, सरकारले नाका खुल्ला गर्ने निर्णय गरेको १० दिन बित्दा पनि आयात–निर्यात ठप्प छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिले चैत्र १२ […]

लकडाउनमा रोड मार्किङ : सडकमा पुगेर नेम्वाङले भने-यो उचित समय हो

२२ चैत, काठमाडौं ।महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी मुलुक प्रभावित छ । छिमेकी मुलुकहरुमा फैलिएको रोगको संक्रमण नेपालमा पनि बढ्नसक्ने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी दिइसकेको छ । रोगबाट मुलुकलाई जोगाउन सरकारले अन्त्यावश्यकबाहेक बाहिर ननिस्किन जारी गरेको आदेश ‘लकडाउन’ को १२औँ दिनसम्म मानिसको आवाजावत ठप्प छ । अत्यावश्यक […]

चीनबाट स्वास्थ्य सामाग्री ल्याउने नेपाली सप्लायर्सहरुको तयारी

२१ चैत, काठमाडौं । नेपाली मेडिकल सप्लायर्सहरुले चीनबाट स्वास्थ्य सामाग्री ल्याउने पहल थालेका छन् । अहिले चीनमा सामाग्रीहरु जम्मा गर्ने क्रम सुरु भएको रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले जानकारी दिए । सीजी ग्रुप, नर्भिक अस्पताल लगायतले नेपाल एयरलाइन्सको विमान चार्टर गरेर शुक्रबार मात्र चीनको ग्वान्झाओबाट स्वास्थ्य सामाग्री नेपाल ल्याएका थिए । […]

सरकारलाई अर्थविद्को सुझाव– रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याऊ

२१ चैत, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद्हरूले कोरोनाबाट प्रभावित बनेको अर्थतन्त्रलाई जोगाउन रोजगारी सिर्जना गर्ने कार्यक्रम आवश्यक रहेको बताएका छन् । शुक्रबार कोरोना संकटबारे अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजना गरेको छलफलमा सहभागी विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । पूर्वउपाध्यक्ष तथा विज्ञहरूले दैनिक ज्यालादारी काम गर्ने श्रमिकका लागि राहत ल्याउन पनि सुझाएका छन् । […]

बिहीबार कुन ग्यास कहाँ पाइन्छ ? (सूचीसहित)

२० चैत, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा एकै दिन एक लाख सिलिन्डर ग्यास वितरण गरेको छ । बुधबार एकैदिन विभिन्न उद्योगको एक लाख एक हजार एक सय १७ सिलिन्डर ग्यास वितरण गरेको निगमले जनाएको छ । त्यसै टेकुस्थित कार्यालयबाट विभिन्न वर्गहरुको लागि लक्षित गरी संचालन गरिएको घुम्ति सेवा मंगलबार र बुधबार २ सय […]

कोरोनाविरुद्ध तीन तहको सरकारबीच समन्वय खै ?

२० चैत, काठमाडौं । सामान आयात-निर्यात गर्नभन्दै सरकारले चीनतर्फको तातोपानी र रसुवागढी नाका खोल्ने निर्णय गर्‍यो । तर, सरकारको निर्णयप्रति आपत्ति जनाउँदै रसुवाको गोसाइँकुण्ड गाउँपालिका दुई नम्बर वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयललाई पत्र लेखेर सरकार कोरोना भाइरस रोकथाममा नभई फैलाउनका लागिपरेको गम्भीर आरोप लगायो । नाका खोल्दा रोग भित्रिन सक्नेभन्दै वडावासी डराउन थालेको वडाअध्यक्ष दावा […]

कोरोनाको रोकथाम र उपचारका लागि डेढ अर्ब निकासा

१९ चैत, काठमाडौं । अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरी खर्च गर्न बजेट उपलब्ध गराइएको मन्त्रालयका सहसचिव धनीराम शर्माले […]

सरकारी राहत पाउनेको सूचीमा को–को पर्छन्, कसरी पाउँछन् राहत ?

१९ चैत, काठमाडौं । सरकारले आइतबार कोरोना प्रभावित विभिन्न क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गर्‍यो । जसमध्ये एउटा घोषणा थियो, ‘कोभिड–१९ को सम्भावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई दैनिक जीवनयापनका लागि स्थानीय तहबाट राहत उपलब्ध गराउने ।’ यो निर्णयको कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ‘राहतसम्बन्धी मापदण्ड’ स्वीकृत गरेको […]

फोहोर उठाउन निजी कम्पनीहरुको असहयोग

१९ चैत, काठमाडौं । काठमाडौंमा फोहोर उठाउने धेरै निजी कम्पनी सम्पर्कविहीन भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको समयमा फोहोर उठाउने जिम्मा लिएका निजी कम्पनी भागेका हुन् । काठमाडौं महानगरपालिकाका निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका सहसचिव राजेश्वर ज्ञवालीकाअनुसार कतिपय सम्पर्कमा नै छैनन् भने कतिपयले विभिन्न बाहना बनाएर फोहोर संकलनको काम […]

‘राष्ट्रिय संकटका बेला रक्सी नपिए हुन्न ?’

१८ चैत, काठमाडौं । विदेशबाट आयात हुने मदिरा रोक्दा एक वर्षमा मुलुकको डेढ अर्ब रुपैयाँ बचत हुने भन्सार विभागले दाबी गरेको छ । नेपालले एक आर्थिक वर्षमा विभिन्न ब्राण्डका झण्डै एक अर्ब ५० करोड रुैपैयाँ बराबरको मदिराजन्य पदार्थ आयात गर्ने गरेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले अनलाइनखबरलाई बताए । ‘भन्सारको तथ्यांक अनुसार मदिराको आयात हरेक […]

रसुवागढी नाका खोल्ने निर्णयप्रति वडाध्यक्षको आपत्ति

१८ चैत, काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिकाको दुई नम्बर वडा कार्यालयले रसुवागढी नाका खोल्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको गत बुधबार बसेको बैठकले समान आयात निर्यातका लागि उक्त नाका खोल्ने निर्णय गरेको थियो । कोरोनाको महामारी नरोकिएसम्म रसुवागढी नाका तथा वडाक्षेत्रमा आवतजावत गर्न नदिने भन्दै गोसाइकुण्ड गाउँपालिका दुई […]

अति आवश्यक पर्नेलाई घुम्ती सेवामार्फत् ग्यास बेच्दै निगम

१८ चैत, काठमाडौं । नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ। मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास बिक्रीवितरणको सुरूआत गरिएको जनाएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार […]

लकडाउन अवधिभर सेयर बजार बन्द हुने

१७ चैत, काठमाडौं । लकडाउनको अवधिभर सेयर बजार बन्द रहने भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लकडाउन अवधिभर बजार खुला नगर्ने निर्णय गरेको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सरकारले घोषणा गरेको आगामी २५ गतेसम्म नै बजार बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार त्यसपछि पुनः […]

डीडीसीको दुध पाइएन ? अब सिधै फोन गर्नुस्

१७ चैत, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले लकडाउनको अवधिमा पनि दुग्ध पदार्थ आपूर्ति सहज बनाइएको दाबी गरेको छ । कुनै कारणबस उपत्यकाका उपभोक्ताले दुग्ध पदार्थ नपाए सम्पर्क गर्न आग्रह गर्दै संस्थानले सम्पर्क व्यक्तिको फोन नम्बर पनि सार्वजनिक गरेको हो । प्रतिकूलता रहेपनि श्रोत साधनहरुको अधिकतम परिचालन गर्दै स्थानीय कृषकहरुबाट उत्पादित दुध […]

सुनचाँदी व्यवसायीको सरकारलाई साथ, सुनको मूल्य ८५ हजार पुग्यो

१७ चैत, काठमाडौं । सुन आयात घटाउने सरकारी निर्णयको सुनचाँँदी व्यवसायीले स्वागत गरेका छन् । मुलुक गम्भीर आर्थिक संकटको अवस्था पुगेको र योबेला राष्ट्रिय ढुकुटीमा रहेको डलर सञ्चित गर्नु अनिवार्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सरकारको निर्णयले तत्काल बजारमा सुनको अभाव पनि नहुने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘कोरोनाका कारण रेमिट्यान्स […]

सेयर बजार तत्कालै नखुल्ने, नेप्सेले आज निर्णय गर्दै

१७ चैत, काठमाडौं । सेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । कोरोना भाइरसका कारण असहज अवस्था सिजर्ना भएको बन्दै बजार बन्द गराउन निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । यसअघि पनि बोर्डको निर्देशनपछि नेप्सेले एक साताका लागि बजार बन्द गराएको थियो । एक साता मंगलबार पुग्दैछ […]

व्यावसायिक दूध किसान भन्छन्– लकडाउनले ढाडै भाँचियो

१७ चैत, चितवन । पश्चिम चितवनको चोकबजारमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईले चार दिनअघि लकडाउनमा दूध किसानका समस्या राख्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फोन गरे । प्रजिअ भट्टराईलेले चापागाईका कुरा त सुने तर मुख बन्द हुने गरी जवाफ फर्काए, ‘ए अब दूध सहकारीको अध्यक्ष पनि मै बनिदिनुपर्यो ।’ प्रजिअका यस्ता […]

अति समस्यामा परेका ग्राहकले उद्योगको गेटबाट नेपाल ग्यास पाउने

१६ चैत, काठमाडौं । कोभिड–१९ का कारण खाना पकाउने ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले ग्यासको अनावश्यक सञ्चिती गरिरहेको अवस्थामा ग्यासको सहज उपलब्धतामा समस्या देखिएको छ । अन्य समयको तुलनामा ग्यासको आयात उल्लेख्य बढाइए पनि बजारमा अझै ग्यासको अभाव सल्टिन सकेको छैन । नेपाल आयल निगमले पछिल्लो महिनामा झण्डै ४५ हजार मेट्रिकटन ग्यास आयात गरिएको जनाएको छ […]

कार्यक्षेत्रमै फसे ५० हजार मजदुर, उद्दारको याचना

१६ चैत, काठमाडौं । लकडाउनका कारण विभिन्न जिल्लाको निर्माण क्षेत्रमा करिब ५० हजार निर्माण मजदुर अलपत्र परेका छन् । औद्योगिक तथा व्यवसायिक क्षेत्रमा कार्यरत मजदुरको संख्या जोड्ने हो भने त्यो संख्या अझै धेरै रहेको अनुमान गरिएको छ । अहिले विभिन्न क्षेत्रमा अलपत्र मजदुरले उद्दारका लागि याचना गरिरहेका छन् । मजदुरीको सिलसिलामा आफ्नो घरभन्दा बाहिरी जिल्ला […]

लकडाउनपछि के-कति अत्यावश्यक वस्तु आयात भए ?

१६ चैत, काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको अवधिमा पनि अत्यावश्यक वस्तुको आपूर्ति नियमित रहेको भन्सार विभागले जनाएको छ । नेपाल र भारत दुबैतर्फ लकडाउन रहेपनि आपूर्ति अवस्थाकै कारण बजारमा अभावको अवस्था नआउने विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । लकडाउन आरम्भ भएको पाँच दिनसम्मको अवधिमा डिजेल, पेट्रोल, खाद्यान्न, तरकारी, गेडागुडी, फलफूल, […]

स्वास्थ्य र अत्यावश्यकीय सेवाको भुक्तानीलाई प्राथमिकता दिनू : महालेखा

१६ चैत, काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरु सञ्चालनमा बाधा नपर्ने गरी आलोपालो मिलाई खुला राख्न निर्देशन दिएको छ । कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै स्वास्थ्य सेवा तथा अत्यावश्यकीय सेवासँग सम्बन्धित भुक्तानीलाई प्राथमिकताका साथ निकासी दिन आग्रह गरिएको छ । सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेको छ । त्यसयता सम्पूर्ण आर्थिक […]