+
+
Shares

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले पाए १० लाखको करदाता पुरस्कार

गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३ सय ५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार विजेताको घोषणा गरेको छ ।
  • गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३ सय ५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गरेका छन् ।
  • १६ देखि ३१ साउनसम्म ३ लाख ५७ हजार १ सय ४९ वटा बिल दर्ता भएकाले प्रोत्साहन कार्यक्रममा उपभोक्ताको सहभागिता उत्साहजनक देखिएको छ ।

१ भदौ, काठमाडौं । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ ।

आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गरेका हुन् ।

१६ देखि ३१ साउनसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३ सय ५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

विभागका अनुसार सुरुवाती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ता संख्यामा उछाल आएको छ । १६ देखि ३१ साउनसम्म अवधिमा मात्रै ३ लाख ५७ हजार १ सय ४९ वटा नगद कारोबारका बिल उपहारका लागि दर्ता (अपलोड) भएका छन् ।

यसअघि साउन पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार संख्या ७ हजार ७७ मात्रै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?