News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वाधार विकास मन्त्रालयलाई सर्वाधिक ३ खर्ब २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
- सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा मन्त्रालयलाई दोस्रो धेरै २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट छुट्याएको छ ।
- चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष गृह मन्त्रालयको बजेट आधा कटौती गरी १ खर्ब ८ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वाधार विकास मन्त्रालयलाई सर्वाधिक बजेट विनियोजन गरेको छ ।
यो मन्त्रालयले आगामी आवका लागि कुल ३ खर्ब २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ बराबर बजेट पाएको छ । दोस्रो स्थानमा शिक्षा मन्त्रालय परेको छ । शिक्षाका लागि कुल २ खर्ब १८ अर्ब ३० करोड बजेट छुट्याइएको अर्थ मन्त्रालयले जनाएको छ ।
तेस्रो स्थानमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय छ । यसले १ खर्ब २२ अर्ब ६१ करोड बराबरको बजेट कार्यान्वयन गर्ने छ । चौथो स्थानमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय छ । यसले १ खर्ब १४ अर्ब बराबर बजेट पाएको छ ।
गृह मन्त्रालयले १ खर्ब ८ अर्ब ३२ करोड रुपैयाँ बजेट पाएको छ । यस वर्ष सरकारले गृहतर्फको बजेट चालु आवको तुलनामा आधा कटौती गरेको छ । गृहले १ खर्ब ८ अर्ब ३२ करोड पाएको छ ।
त्यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छताले ९६ अर्ब ४३ करोड बजेट पाएको छ । आगामी आव अर्थ मन्त्रालयका लागि ८४ अर्ब ७३ करोड विनियोजन गरिएको छ ।
आगामी आव सरकारले वैदेशिक ऋण (बहुपक्षीय) भुक्तानी गर्न ७२ अर्ब २५ करोड र द्विपक्षीयका लागि १७ अर्ब ४९ करोड विनियोजन गरेको छ ।
आन्तरिक ऋण भुक्तानी गर्न ३ खर्ब २८ अर्ब विनियोजन गरिएको छ । कर्मचारी सुविधाका लागि १ खर्ब ६८ अर्ब ८५ करोड विनियोजन गरिएको छ ।
प्रतिक्रिया 4