+
+
Shares

सुर्ती, सिगार र चुरोटमा ६ देखि १२ प्रतिशतसम्म भन्सार

हाल सरकारले ५.५ प्रतिशतदेखि ११ प्रतिशतसम्म भन्सार लिँदै आएको छ । त्यसलाइ बढाएर सरकारले ६ देखि १२ प्रतिशत बनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षका लागि सिगार, चुरोट तथा सुर्तीमा लाग्ने भन्सार महसुल ०.५ देखि १ प्रतिशत बिन्दुसम्मले बढाएको छ ।
  • नयाँ व्यवस्था अनुसार तयारी बिँडी र चुरोटमा प्रतिहजार खिल्ली ६ हजार रुपैयाँ तथा सबै प्रकारका सिगारमा १२ हजार रुपैयाँ भन्सार कायम गरिएको छ ।
  • सरकारले आगामी आर्थिक वर्षदेखि सार्क मुलुक र अन्य मुलुकहरूबाट आयात गर्दा लाग्ने भन्सार शुल्कको दर एउटै कायम गरेको छ ।

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सिगार, चुरोट तथा सुर्तीको भन्सार बढाएको छ । सरकारले चुरोट र सुर्तीमा ०.५ देखि १ प्रतिशत बिन्दुसम्मले भन्सार बढाएको हो ।

हाल सरकारले ५.५ प्रतिशतदेखि ११ प्रतिशतसम्म भन्सार लिँदै आएको छ । त्यसलाइ बढाएर सरकारले ६ देखि १२ प्रतिशत बनाएको हो ।

सरकारले सुर्ती भएको सिगारमा प्रतिहजार खिल्लीमा १२ हजार रुपैयाँ भन्सार तोकेका छ । हाल यस्तो दर ११ हजार छ । त्यसैगरी फिल्टर नभएको चुरोटमा सरकारले प्रतिहजार खिल्ली ६ हजार तोकेको छ । चालु आव यस्तो भन्सार शुल्क ५ हजार ५ सय रुपैयाँ छ ।

त्यसैगरी सरकारले ७० मिलिमिटरसम्म लम्बाइ भएको चुरोटमा प्रतिहजार खिल्ली ६ हजार रुपैयाँ भन्सार तोकेको छ । हाल यस्तो चुरोटको भन्सार ५ हजार ५ सय छ ।

साथै, सरकारले आगामी आव सार्क मुलुकबाट आयात गर्दा र अन्य मुलुकबाट आयात गर्दा लाग्ने भन्सार शुल्क एउटै दर कायम गरेको छ ।

त्यसैगरी ८५ मिलिमिटरसम्मको चुरोटमा प्रतिहजार खिल्लीमा ६ हजार रुपैयाँ भन्सार कायम गरेको छ । तयारी बिँडीका हकमा पनि प्रति हजार खिल्ली ६ हजार रुपैयाँ भन्सार कायम गरेको छ ।

सबै प्रकारका सिगारमा प्रतिहजार खिल्ली १२ हजार रुपैयाँ भन्सार तोकेको छ । चालु आव यस्तो दर ११ हजार रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?