+
+
Shares

सय रुपैयाँभन्दा बढीका सामानमा नेपालले भन्सार लिएकोबारे बोल्यो भारत

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते २२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारत सरकारले नेपालले १०० रुपैयाँभन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा भन्सार लगाउने कदम अनौपचारिक व्यापार नियन्त्रणका लागि भएको बताएको छ।
  • भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपाली नागरिकले घरायसी प्रयोजनका लागि ल्याएका सामानमा अवरोध नगर्ने आफ्नो बुझाइ रहेको उल्लेख गर्नुभयो।
  • भारत सरकारले नेपालसँग यस विषयमा निरन्तर संवादमा रहेको र नेपाली अधिकारीहरूले विद्यमान व्यवस्था कार्यान्वयन गरेको जानकारी रहेको प्रवक्ता जैसवालले बताउनुभयो।

१० वैशाख, काठमाडौं । नेपाल सरकारले तस्करी नियन्त्रण गर्ने तथा अनौपचारिक व्यापार नियन्त्रण गर्ने उद्देश्यले १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा भन्सार लगाएको आफ्नो बुझाइ रहेको भारत सरकारले बताएको छ ।

बिहीबार भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता रणधीर जैसवालले यस्तो बताएका हुन् ।

‘यस विषयमा नेपाली अधिकारीहरूले पहिल्यै विद्यमान व्यवस्था कार्यान्वयन गरेका रिपोर्टहरुबारे हामी जानकार छौं । भारतमा खरिद गरिएका १०० नेपाली रुपैयाँभन्दा बढी मूल्यका सामान बोकेर आउने सीमापार यात्रुहरूसँग भन्सार शुल्क लिने गरिएको विषय तिनमा उल्लेख छ,’ उनले भने, ‘हाम्रो बुझाइमा नेपाल सरकारले यो कदम मुख्यत: अनौपचारिक व्यापार र तस्करी नियन्त्रण गर्ने उद्देश्यले उठाएको हो ।’

तर, नेपाली नागरिकहरुले घरायसी प्रयोजनका लागि ल्याएका सामानहरुलाई भने अवरोध नगरेको आफ्नो बुझाइ रहेको पनि प्रवक्ता जैसवालले बताए ।

नेपालका एक अधिकारीको व्यक्तिगत प्रयोजनका लागि घरायसी सामान बोक्ने सर्वसाधारण नागरिकलाई अवरोध नगरिने उल्लेख वक्तव्य दिएको विषय पनि आफ्नो जानकारीमा रहेको जैसवालले उल्लेख गरेका छन् ।

यस विषयका घटनाक्रमप्रति भारत सरकार निरन्तर संवादमा रहेको पनि उनले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?