+
+
Shares

‘सहकारीले साना आर्थिक क्रियाकलाप प्रवर्द्धन गर्नुपर्छ’

बचत तथा ऋण सहकारी संस्थामा प्रभावकारी नियमन र सुपरिवेक्षण अभावमा संस्थागत सुशासन कमजोर रहेको मन्त्रालयले स्वीकारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालयले सहकारी क्षेत्रले आफ्नो सिद्धान्त अनुसार काम गरी साना आर्थिक क्रियाकलाप बढाउनुपर्ने निष्कर्ष निकालेको छ।
  • चैत २०८२ मा बचत तथा ऋण सहकारी संस्थाको संख्या १४ हजारभन्दा बढी र निक्षेप ११ खर्ब २६ अर्ब रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ।
  • सहकारी संस्थाको नियमन र सुपरिवेक्षण कमजोर भएकाले मन्त्रालयले प्रभावकारी नियमन र सुशासनको व्यवस्था गर्नुपर्ने सुझाएको छ।

१४ वैशाख, काठमाडौं । सहकारी क्षेत्रले आफ्नो सिद्धान्त अनुसार काम गरी साना आर्थिक क्रियाकलाप बढाउनुपर्ने निष्कर्षमा अर्थ मन्त्रालय पुगेको छ ।

मन्त्रालयले अर्थतन्त्रको वर्तमान अवस्था मार्फत सहकारी क्षेत्रका समस्या समाधान गरेर साना अर्थतन्त्रको वित्तीय स्रोतका रूपमा काम गर्नुपर्ने औँल्याएको हो ।

बचत तथा ऋण सहकारी संस्थाहरूको नियमन र सुपरिवेक्षण कमजोर रहेको वर्तमान स्थितिमा उल्लेख छ । बचत तथा ऋण सहकारी संस्थामा प्रभावकारी नियमन र सुपरिवेक्षण अभावमा संस्थागत सुशासन कमजोर रहेको मन्त्रालयले स्वीकारेको छ ।

चैत २०८२ मा बचत तथा ऋण सहकारी संख्या १४ हजारभन्दा बढी र यी संस्थाबाट ११ खर्ब २६ अर्ब निक्षेप र ९ खर्ब २४ अर्ब रुपैयाँ ऋण प्रवाह भएको अनुमान छ ।

तीन तहका सरकारको कार्यजिम्मेवारी रहेको सहकारी क्षेत्रको संस्था तथा कारोबार विवरण पनि यकिन नभएकाले पहिलो त्यो काम गर्नुपर्ने मन्त्रालयले सुझाएको छ ।

सहकारी संस्थाहरूको नियमन र सुपरिवेक्षणका लागि स्थापित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले विवरण संकलन गरिराखेको मन्त्रालयले जनाएको छ । तर, प्राधिकरणले दर्ता हुन आह्वान गर्दा प्रक्रिया सुरु गरेका सहकारी संख्या करिब ९ हजारमात्र छन् ।

बचत तथा ऋण सहकारीमा देखापरेका समस्या समाधान गरी यस्ता संस्था सहकारी सिद्धान्त अनुरूप मात्र सञ्चालन हुने व्यवस्था गरी साना आर्थिक क्रियाकलाप प्रवर्द्धन गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले औँल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?