+
+
Shares

अर्थतन्त्र सुधारका लागि ‘सर्जरी’ आवश्यक : युवराज खतिवडा

खतिवडाकाअनुसार अहिलेका समस्याहरूको समाधान साना–साना ‘फिजियोथेरापी’ जस्ता मौद्रिक उपायले सम्भव छैन, ठूला संरचनात्मक सुधार अर्थात ‘सर्जरी’ आवश्यक छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्र वाह्य सूचकहरू सुधार भए पनि वास्तविक रूपमा अझै अस्वस्थ रहेको बताए।
  • खतिवडाले मौद्रिक उपायले समस्या समाधान नहुने, ठूला संरचनात्मक सुधार आवश्यक रहेको उल्लेख गरे।
  • उनले नेपालमा लगानी सुरक्षित नहुने कारण निजी क्षेत्र निरुत्साहित भएको र ब्याजदर घटाएर मात्र कर्जा प्रवाह नबढ्ने बताए।

१४ वैशाख, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान अर्थतन्त्र वाह्य सूचकहरू हेर्दा केही सुधारिएको देखिए पनि वास्तविक रूपमा अझै अस्वस्थ रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले अहिले वाह्य क्षेत्र सन्तुलित देखिएको, मूल्यवृद्धि नियन्त्रणमा रहेको र आर्थिक वृद्धि करिब २–३ प्रतिशतको हाराहारीमा रहेको भए पनि त्यो त्यति सकारात्मक नरहेको बताए ।

उनकाअनुसार चार–साढे चार प्रतिशत वृद्धि भएको भए राम्रो मानिन्थ्यो, अहिलेको अवस्था औसत मात्रै हो । खतिवडाले विगतमा रहेको अत्यधिक कर्जा  र तरलताको समस्या अहिले केही हदसम्म समाधान भएपनि सुधार स्वाभाविक नभएको समेत बताए ।

खतिवडाकाअनुसार अहिलेका समस्याहरूको समाधान साना–साना ‘फिजियोथेरापी’ जस्ता मौद्रिक उपायले सम्भव छैन, ठूला संरचनात्मक सुधार अर्थात ‘सर्जरी’ आवश्यक छ ।  नेपालको मुख्य समस्या व्यावसायिक वातावरण कमजोर हुनु हो । लगानी सुरक्षित हुन्छ भन्ने विश्वास सिर्जना गर्न नसक्दा निजी क्षेत्र निरुत्साहित भएको उजले बताए । सरकारले लगानीमैत्री वातावरण बनाउन सकेन भने ब्याजदर घटाएर मात्रै कर्जा प्रवाह नबढ्ने उनको भनाइ छ ।

खतिवडाकाअनुसार नेपाल अहिले “लिक्विडिटी ट्र्याप” जस्तो अवस्थातर्फ पुगेको छ । जहाँ ब्याजदर ऐतिहासिक रूपमा न्यून भए पनि कर्जा प्रवाह बढ्न सकेको छैन । विगतमा १८–२२ प्रतिशत ब्याजदर हुँदा पनि कर्जा विस्तार २० प्रतिशतसम्म पुगेको उदाहरण छ, तर अहिले करिब ६ प्रतिशत ब्याजदर हुँदा पनि कर्जा माग नबढ्नु अस्वाभाविक स्थिति रहेको उनको भनाइ छ ।

पूर्वगर्भनर समेत रहेका खतिवडाले भने, ‘अहिले अर्थतन्त्र यसो सरसर्ती हेर्दा वाह्य क्षेत्र राम्रो छ, मूल्य ठीक छ । आर्थिक वृद्धि पनि दुई–तीन प्रतिशतको बीचमा छ । चार साढे–चार भएको भए ठिकै हुन्थ्यो । तीनको वरिपरि हुन्छ आदि इत्यादि भनिरहेका छौँ । क्रेडिटको पनि पहिले एकदमै क्रेडिट ओभरह्याङ थियो, स्पिल ओभर थियो, अब अहिले ठिकै भएको छ, यी सबै भनौँला हामी । तर हामीले अर्थतन्त्र हेल्दी रूपले मोटाएको हो कि सुनिएको हो, यो चाहिँ बुझ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?