+
+
Shares

ह्विस्की, रम र ब्रान्डीमा भन्सार र अन्त:शुल्क स्थिर

आगामी आवका लागि सरकारले आर्थिक विधेयक २०८३ मार्फत बियरको अन्त:शुल्क समान्य बढाएको भए पनि अन्यका हकमा स्थिर राखेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते २३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षका लागि अल्कोहलयुक्त पेय पदार्थको भन्सार र अन्त:शुल्क दरमा ठूलो परिवर्तन नगरी अधिकांशलाई यथावत् राखेको छ ।
  • आर्थिक विधेयक २०८३ अनुसार बियरको अन्त:शुल्क प्रतिलिटर २ सय ५५ रुपैयाँ र वाइनको ४ सय ९० रुपैयाँ पुर्‍याइएको छ ।
  • ब्रान्डी, ह्विस्की र रमको अन्त:शुल्क स्थिर राखिएको छ भने विदेशबाट आयात हुने रक्सीमा ८० प्रतिशत भन्सार शुल्क तोकिएको छ ।

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि अल्कोहलयुक्त पेय पदार्थमा तोकेको भन्सार र अन्त:शुल्क खासै परिवर्तन भएको छैन ।

आगामी आवका लागि सरकारले आर्थिक विधेयक २०८३ मार्फत बियरको अन्त:शुल्क समान्य बढाएको भए पनि अन्यका हकमा स्थिर राखेको हो ।

आर्थिक विधेयक २०८३ अनुसार ५ प्रतिशतसम्म माल्टबाट बनाइएको बियर प्रतिलिटर २ सय ५५ रुपैयाँ अन्त:शुल्क कायम गरिएको छ ।

त्यसैगरी ५ प्रतिशतभन्दा बढी अल्कोहल भएको हकमा पनि सोही रकम कायम गरेको छ । हाल यस्तो बियर अन्त:शुल्क २ सय ४० रुपैयाँ छ ।

सरकारले १२ प्रतिशतसम्म अल्कोहल भएको स्पार्कलिङ वाइनमा प्रतिलिटर ४ सय ९० रुपैयाँ, १२ देखि १७ प्रतिशत अल्कोहल भएको वाइनमा पनि सोही दर कायम गरेको छ । वाइनको हकमा सकारले ३० रुपैयाँ अन्त:शुल्क बढाएको छ । चालु आव यस्तो शुल्क ४ सय ६० रुपैयाँ छ ।

आगामी आवका लागि सरकारले १७ भन्दा माथि अल्कोहल भएकाको वाइनका हकमा भने प्रतिलिटर ५ सय ७० रुपैयाँ अन्त:शुल्क तोकेको छ । हाल यस्तो पेय पदार्थमा लाग्ने अन्त:शुल्क प्रतिलिटर ४ सय ६० रुपैयाँ छ ।

त्यस्तै छ्याङमा प्रतिलिटर ५० रुपैयाँ अन्त:शुल्क कायम गरेको छ । हाल छ्याङमा मूल्यको ४८ रुपैयाँ तोकेको छ । स्याम्पेनको हकमा पनि प्रतिलिटर ४ सय ९० रुपैयाँ अन्त:शुल्क कायम छ ।

जडीबुटी मिश्रित १७ प्रतिशतभन्दा धेरै अल्कोहल भएको पेय पदार्थमा ५ सय ७० रुपैयाँ अन्त:शुल्क तोकेको छ । हाल यस्तो पेय पदार्थमा प्रतिलिटर ५ सय १६ रुपैयाँ छ ।

रेक्टिफाइड स्पिरिट प्रतिलिटर ८० रुपैयाँ अन्त:शुल्क तोकेको छ । ब्रान्डीका कच्चापदार्थ प्रतिलिटर २ सय ३५ रुपैयाँ कायम गरेको छ । चालु आव यस्तो दर २ सय ३५ रुपैयाँ छ ।

त्यसैगरी ४८.५ प्रतिशत अल्कोहल भएको ब्रान्डीमा प्रतिलिटर १ हजार ८ सय ६० र प्रतिएलपी लिटर २ हजार १ सय ८८ रुपैयाँ अन्त:शुल्क तोकिएको छ । चालु आव यस्तो ब्रान्डीको अन्त:शुल्क त्यति नै छ ।

साथै, ४२.८ प्रतिशत अल्कोहल भएको ब्रान्डी प्रतिलिटर १ हजार ३ सय ९० र प्रतिएलपी लिटर १ हजार ८ सय ५३ रुपैयाँ अन्त:शुल्क तोकेको छ । त्यसैगरी ३९.९४ प्रतिशत अल्कोहल भएको ब्रान्डीमा प्रतिलिटर १ हजार २ सय ९० र प्रतिएलपी लिटर १ हजार ८ सय ४३ अन्त:शुल्क कायम गरेको छ । ब्रान्डीका हकमा आगामी आर्थिक वर्षका लागि तोकिएको र चालु आवको शुल्क स्थिर छ ।

ह्विस्कीका हकमा पनि १५ यूपी शक्तिको ४८.५ प्रतिशत अल्कोहल भएको ह्विस्कीमा प्रतिलिटर १ हजार ८ सय ६० रुपैयाँ र प्रतिएलपी लिटर २ हजार १ सय ८८ कायम गरेको छ । अल्कोहल ४२.८ प्रतिशत भएको ह्विस्की प्रतिलिटर १ हजार ३ सय ९० र प्रतिएलपी लिटर १ हजार ८ सय ५३ कायम गरेको छ ।

त्यसैगरी ३९.९४ प्रतिशत अल्कोहल भएको ह्विस्की प्रतिलिटर १ हजार २ सय ९० र प्रतिएलपी लिटर १ हजार ८ सय ४३ रुपैयाँ कायम गरेको छ । सरकारले ४८.५ प्रतिशत अल्कोहल भएको रमको हकमा प्रतिलिटर १ हजार ८ सय ६० र प्रतिएलपी लिटर २ हजार १ सय ८८ रुपैयाँ अन्त:शुल्क कायम गरेको छ ।

त्यसैगरी ४२.८ प्रतिशत अल्कोहल भएको रमको हकमा प्रतिलिटर १ हजार ३ सय ९० र प्रतिएलपी लिटर १ हजार ८ सय ५३ रुपैयाँ कायम गरेको छ । ३९.९४ प्रतिशत अल्कोहल भएको रमको हकमा १ हजार २ सय ९० प्रतिलिटर र प्रतिएलपी लिटर १ हजार ८ सय ४३ अन्त:शुल्क तोकेको छ ।

ब्रान्डीको अन्त:शुल्क दर पनि सरकारले स्थिर राखेको छ । सरकारले विदेशबाट आयात गर्ने १२ प्रतिशतभन्दा धेरै अल्कोहल भएका रक्सीमा ८० प्रतिशत भन्सार शुल्क तोकेका छ । चालु आव अल्कोहलको भन्सार शुल्क मूल्यको ८० देखि १ सय प्रतिशतसम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?