+
+
Shares

अर्थतन्त्रको स्थितिपत्र : प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोर

वित्तीय संघीयता लागु भएपछि संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा कुल बजेटको २२.६ प्रतिशत रकम वित्तीय हस्तान्तरणका लागि विनियोजन भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र स्थानीय तहको बजेट उपयोग क्षमता क्रमशः ७१.३ प्रतिशत र ७६.४ प्रतिशत रहेको बताएको छ।
  • मन्त्रालयले प्राविधिक तथा व्यवस्थापकीय क्षमता सीमित हुँदा प्रदेश र स्थानीय तहले विनियोजन स्रोतको पूर्ण उपयोग गर्न नसकेको उल्लेख गरेको छ।
  • संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा कुल बजेटको २२.६ प्रतिशत वित्तीय हस्तान्तरण भइरहेको र कुल खर्चमा उनीहरूको हिस्सा करिब एक तिहाइ रहेको अर्थ मन्त्रालयले जनाएको छ।

१४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले अहिले प्रदेश र स्थानीय तहको समेत खर्च क्षमता कमजोर रहेको बताएको छ ।

नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा प्राविधिक तथा व्यवस्थापकीय क्षमता सीमित हुँदा विनियोजन स्रोतको पूर्ण उपयोग हुन नसकेको बताएको हो ।

समग्रमा प्रदेश र स्थानीय तहले समेत खर्च गर्न नसक्दा अर्थतन्त्रमा माग सिर्जना हुन नसेकेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र स्थानीय तहको बजेट उपयोग क्षमता क्रमश: ७१.३ प्रतिशत र ७६.४ प्रतिशत छ ।

वित्तीय संघीयता लागु भएपछि संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा कुल बजेटको २२.६ प्रतिशत रकम वित्तीय हस्तान्तरणका लागि विनियोजन भएको समेत अर्थले जनाएको छ ।

राजस्व बाँडफाँट मार्फत संघीय सरकारले संकलन गरेको करिब ११ प्रतिशत राजस्व समेत हस्तान्तरण हुँदै आएको छ । उता, कुल राजस्व संकलनमा प्रदेश र स्थानीय तहको योगदान भने १० प्रतिशतभन्दा पनि कम छ । तीन तहको सरकारको कुल खर्चमा प्रदेश र स्थानीय तहको खर्च करिब एक तिहाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?