+
+
Shares

वित्तीय क्षेत्र विकास रणनीति : जीडीपीमा योगदान बढाउने लक्ष्य  

रणनीतिले आर्थिक वर्ष २०८६/८७ सम्म उक्त क्षेत्रको योगदान जीडीपीमा ७.५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले ५ वर्षे वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३-२०८६/८७ कार्यान्वयनमा ल्याएको छ।
  • रणनीतिले आर्थिक वर्ष २०८६/८७ सम्म वित्तीय क्षेत्रको जीडीपीमा योगदान ७.५ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।
  • रणनीतिले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, क्यूआर प्रयोगबाट विद्युतीय कारोबार संख्या ३ गुणाले वृद्धि गर्ने प्रक्षेपण गरेको छ।

१४ माघ, काठमाडौं । सरकारले ५ वर्षे वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३-२०८६/८७) कार्यान्वयनमा ल्याएको छ ।

मन्त्रिपरिषद्बाट हालै स्वीकृत रणनीतिले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा वित्तीय क्षेत्रको योगदान वृद्धि गर्ने लक्ष्य राखेको छ ।

रणनीतिले आर्थिक वर्ष २०८६/८७ सम्म उक्त क्षेत्रको योगदान जीडीपीमा ७.५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको हो । २०८१/८२ सम्म जीडीपीमा वित्तीय क्षेत्रको योगदान ६.६५ प्रतिशत छ ।

यो अवधिमा बैंकहरूबाट प्रवाहित कृषि कर्जा कुल कर्जाको १२.८४ प्रतिशत रहेकोमा बढाएर १५ प्रतिशत पुर्‍याउने लक्ष्य रणनीतिले लिएको छ ।

यो अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, क्यूआर लगायत प्रयोग मार्फत विद्युतीय कारोबार संख्या ३ गुणाले वृद्धि हुनेसमेत रणनीतिको प्रक्षेपण छ । यो अवधिमा ग्रिन बन्डजस्ता विशिष्टिकृत बन्ड जारी भई वित्तीय स्रोत संकलन लक्ष्य राखिएको छ ।

कुल जनसंख्याको ६० प्रतिशत नागरिकमा बीमा पहुँच विस्तार लक्ष्य राखिएको छ । रणनीति कार्यान्वयन गर्न दुई महिनाभित्र अर्थ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र निकायहरूले कार्ययोजना बनाउनुपर्ने भएको छ । जसमा रणनीति, काम, समयसीमा, कार्यान्वयन निकाय, प्राथमिकता र कार्यसम्पादन सूचक समावेश गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?