+
+
WC Series
Nepal Women
106/4 (15.6)
VS
२४ बलमा २४ रन आवश्यक
Zimbabwe Women
129/6 (20)
Shares

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबारमा सीमा घटायौं : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १० गते १५:०५

१० माघ, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले कतिपय क्षेत्रहरूमा अझै पनि अपारदर्शी ढङ्गले काम भइरहेको बताए ।

साथै, गलत तरिकाले आर्जन गरिएको कालो धनलाई सेतो बनाउने माध्यमको रूपमा ती निकायहरू प्रयोग भइरहेकाले अपारदर्शी कारोवारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको उनको भनाइ थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले अरू निकायहरूको तुलनामा अहिलेसम्म राम्रै काम गरेको भएपनि अझै सावधान हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।

फिजिकल करेन्सीबाट भर्चुअल करेन्सीतिर र फिजिकल बैंकिङ एक्सेसबाट भर्चुअल बैंकिङ एक्सेसतिर जानुपर्ने आवश्यकता रहेको धारणा उनले राखे ।

 धितोमा आधारित कर्जाको सट्टामा उद्यमशीलतामा आधारित, क्षमतामा आधारित, आय आर्जन गर्ने क्षमतामा आधारित विधिबाट लगानी गर्न सक्ने अवस्थाका लागि राष्ट्र बैंकसंग अर्थमन्त्रालयले छलफल गरिरहेको उनले बताए ।

उनले अहिले वित्तीय क्षेत्र त्यति कमजोर नरहेपनि पनि बेलाबेलामा विभिन्न कारणले समस्या आउनु स्वभाविक भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?