+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १२:३९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जान लागेको र नियमावली मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पुगेको जानकारी दिए।
  • खनालले भन्सार ऐनमा दण्ड धेरै चर्को भएको गुनासो भए पनि दण्ड नपर्ने अवस्था बनाउन निजी क्षेत्र र भन्सार–अर्थ मन्त्रालय सहकार्य गर्ने बताए।
  • अर्थमन्त्रीले भन्सार प्रशासन सुधार र व्यापार सहजीकरणका लागि सुधार रणनीति छिटो ल्याएर कार्यान्वयन गर्ने योजना रहेको उल्लेख गरे।

१२ माघ, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताएका छन् ।

मन्त्री खनालले भन्सार ऐन आएपनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्थाको अन्त्य गर्न लागेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रलाई सहज र भन्सारलाई व्यवस्थित गराउन भन्सार ऐन जारी गरिएको जानकारी दिए । उनका अनुसार, भन्सार ऐनलाई पूर्ण रूपमा सरकारले कार्यान्वयन गर्नेछ । त्यसैका लागि मन्त्रीपरिषद्बाट नियमावली स्वीकृत गराउन लागिएको हो । सकभर आज मन्त्रिपरिषद्मा भन्सार नियमावली पुग्नेछ ।

‘केही लामो समय लागेकै हो । मेरो विचारमा त्यो आज साझ सम्ममा मन्त्रिपरिषद्मा पुग्नेछ । मन्त्रिपरिषद्बाट प्रक्रिया पूरा गरेर नियमावली पास हुनेछ,’ उनले भने ।

भन्सार ऐनलाई लिएर कतिपयले दण्ड धेरै चर्को भयो भन्ने गुनासाहरू आउने गरेको बताउँदै खनालले दण्ड भरसक गर्नै नपर्ने स्थिति उत्पन्न हुनुपर्ने बताए । निजी क्षेत्र र भन्सार–अर्थ मन्त्रालय सहकार्य गरेर अब दण्डै गर्ननपर्ने अवस्थामा जानुपर्ने खनालले बताए ।

भन्सार प्रशासनलाई सुधार्दै व्यापारलाई सहजीकरण गर्ने दक्षता अभिवृद्धिका लागि अर्थमन्त्रालयले सहयोग गर्ने समेत उनले बताए । उनले भने, ‘त्यसले दण्ड हुनुपर्ने अवस्थाको अन्त्य गर्नसक्छ ।’

अर्थमन्त्री खनालले भन्सार सुधार रणनीति छिटो ल्याएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । उनले आफू निजी क्षेत्रमैत्री अर्थमन्त्री भएकाले सुधारका लागि विभिन्न प्रयत्न गरिरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?