१२ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा सोमबार भएको भेटमा उहाँहरूबीच पछिल्लो राजनीतिक परिस्थिति , चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताको बारेमा छलफल भएको छ ।
त्यसक्रममा मन्त्री अर्यालले फाल्गुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा शान्ती सूरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले तीव् रुपमा काम गरिरहेको बताए ।
राजदूत अर्बमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधैँ निरन्तर रहने र आगामी दिनमा थप प्रगाढ हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4