+
+
Shares

सद्भाव बिगार्ने गतिविधि रोक्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १३:१५

२१ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमन चैन कायम राख्दै बहुसांस्कृतिक र बहुजातीय उक्त देशमा धार्मिक विद्वेष फैलने खालका कुनै पनि आचरण र घृणाजन्य अभिव्यक्ति नदिन सबैमा आग्रह गरेका छन् ।

सोमबार गृह मन्त्रालयमा नागरिक समाजका अगुवाहरूसँग भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरेका हुन् ।

भेटमा गृहमन्त्री अर्यालले नागरिक समाजका अगुवाहरूबाट समाजमा अहिले सामाजिक सञ्जालमाको माध्यमबाट फैलाउन खोजिएका विभिन्न खाले धार्मिक अतिवादी र सोचहरूलाई चिर्न र समाजमा शान्ति, सद्भाव र अमनचैन कायम राख्न नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने बताए ।

छलफलमा गृहमन्त्री अर्यालले आपसी सद्भाव खलबल्याउने र एक-अर्काको धर्ममा आँच पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गर्ने प्रतिबद्धता समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?