+
+
Shares

अध्यागमन प्रणाली थप व्यवस्थित र आधुनिकीकरण गर्न आवश्यक : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १४:३५

१७ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य रहेको बताएका छन् ।

बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।

उनले विश्वव्यापी रूपमा अन्तरदेशीय तथा सीमापार अपराधहरू बढिरहेको उल्लेख गर्दै ती अपराधहरू न्यूनीकरण तथा नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन जरुरी रहेको समेत बताए ।

‘विश्वव्यापी रुपमा अन्तरदेशीय तथा सीमापार सीमापार अपराधहरू (क्रस बोर्डर) अपरामा वृद्धि भइरहेको छ । यसका साथै अपराधमा प्रविधिको व्यापक प्रयोग भई नवीन प्रकृतिका अपराधहरू बढिरहेका छन् । यस्ता नवीन प्रकृतिका विश्वव्यापी अपराधलाई पहिचान गरी अपराध न्यूनीकरण तथा नियन्त्रण गरी राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सबलीकरण गर्न अध्यागमन प्रणालीको आधुनिकीकरण अपरीहार्य छ,’ उनले भने ।

नेपाली नागरिकहरूको विदेश प्रस्थानलाई व्यवस्थित गर्न केन्द्रित रहेको अध्यागमन प्रणालीको प्राथमिकता अब समयको मागसँगै विदेशी नागरिकहरूको आवागमन व्यवस्थित गर्नमा केन्द्रित हुन आवश्यक रहेको उनको भनाइ छ ।

उनले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीकोले विदेशी नागरिकको आवतजावत व्यवस्थित र सुरक्षित प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उक्त प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत अभिलेखनलाई प्रभावकारी बनाउन, विदेशी नागरिकहरूको सुरक्षा थप सुदृढ बनाउन, विपद्को कार्यमा उद्धार तथा खोजी कार्यमा सहजीकरण गर्न, नेपालमा विदेशी नागरिकहरूको अवाञ्छित गतिविधिहरू नियन्त्रण गरी विभिन्न अपराधहरूको अनुसन्धान प्रभावकारी बनाउन र विश्वस्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?