+
Home Sports Cricket एडम रोसिङटन

एडम रोसिङटन
इंग्ल्याण्ड, विकेट किपर

Full Name: एडम रोसिङटन
Nationality: इंग्ल्याण्ड
Position: विकेट किपर

इंग्ल्याण्ड यू-१९ राष्ट्रिय टिमबाट खेलिसकेका रोसिङगटनले इंग्लिस टी२० क्रिकेट भाइटालिटी ब्लास्ट, १०० बल क्रिकेटका साथै अन्य देशका टी२० फ्रेन्चाइज लिगहरु समेत खेलेका छन् ।

उनले टी२० क्रिकेटमा ३ हजार भन्दा बढी रन बनाएका छन् भने विकेटकिपरको रुपमा १०० भन्दा बढी आउट गराएका छन् । उनले १०० बल क्रिकेटमा १५ बलमै अर्धशतक प्रहार गर्दै सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाएका थिए ।

घरेलु स्तरमा लामो क्यारियर बिताएका रोसिङगटनले आफ्नो खेल जीवनको सुरुवात मिडलसेक्सबाट गरेका थिए । त्यसपछि उनी नर्थह्याम्पटनसायर र एसेक्समा सक्रिय भए ।  काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्रेणी खेल खेलेका छन् भने टी-२० फार्मेटमा सयौँ खेल खेलेका छन् र करिब तीन हजार पाँच सयभन्दा बढी रन बनाएका छन् ।

पावरप्लेमा तिव्र सुरुवात गराउने क्षमताका लागि परिचिति यी दायाँ हाते ब्याटरको तेज तर टिकाउ खेलले टोलीलाई नियमित योगदान पुर्‍याउने पोखराको विश्वास छ ।

रोसिङटनले विश्वभरका प्रमुख टी-२० लिगहरूमा पनि खेल्दै अनुभव बटुलेका छन् । पाकिस्तान सुपर लिगमा कराची किङ्सबाट उनले छोटो अवधिमा राम्रो प्रदर्शन गरेका थिए भने दक्षिण अफ्रिकाको एसए–२० मा सनराइजर्स ईस्टर्न केपबाट खेल्दा पहिलो संस्करणमै उपाधि जित्न टोलीलाई सहयोग पुर्याएका थिए । त्यहाँ उनले फाइनलमा ३० बलमा ५७ रनको प्रभावशाली रूपमा खेलेका थिए ।

साथै उनले संयुक्त अरब इमिरेट्समा सञ्चालन हुने अन्तर्राष्ट्रिय लिग (आईएलटी-२०) मा दुबई क्यापिटल्सको प्रतिनिधित्व गरेका छन् र इंग्ल्यान्डको द हन्ड्रेड लिगमा लन्डन स्पिरिटबाट पनि सहभागी भइसकेका छन्। यी विविध अन्तर्राष्ट्रिय अनुभवले उनलाई विभिन्न परिस्थितिमा खेल्न र दबाबमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनाएको छ ।

Read Full