शुभम रन्जाने
अमेरिका, अलराउण्डर
अमेरिका, अलराउण्डर अमेरिकाका अलराउन्डर शुभम रञ्जानेले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विराटनगर किंग्सबाट खेल्दैछन्। ३२ वर्षीय रञ्जाने दायाँ हाते ब्याटर हुन्। उनी मिडियम पेस बलिङसमेत गर्छन्।
यसअघि दोस्रो संस्करणमा पनि उनले विराटनगरबाटै खेलेका थिए। उक्त संस्करणमा चार खेल खेलेका उनले ८७ रन बनाएका थिए। समग्र टी–२० क्रिकेटमा ७४ खेल खेलेका रञ्जानेले १ हजार १७७ रन बनाउनुका साथै २० विकेट लिएका छन्।
उनले अमेरिकाबाट टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटसमेत खेलिसकेका छन्। चार टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले १४१ रन बनाउनुका साथै एक विकेट लिएका छन्।
रञ्जानेसँग अन्तर्राष्ट्रिय क्रिकेटसँगै विभिन्न फ्रेन्चाइज लिग खेलेको अनुभव पनि छ। उनले इन्टरनेसनल लिग टी–२० (आईएल टी–२०) र बंगलादेश प्रिमियर लिग (बीपीएल) जस्ता प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।
Read Fullप्लेयर्स टु वाच

















