+

अमेरिकाका शुभम रन्जानेले विराटनगर किङ्सबाट एनपीएल खेल्ने

२०८२ कात्तिक  २७ गते १८:३१ २०८२ कात्तिक २७ गते १८:३१
अमेरिकाका शुभम रन्जानेले विराटनगर किङ्सबाट एनपीएल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाका अलराउन्डर शुभम रन्जानेले विराटनगर किङ्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन्।
  • विराटनगरले ६ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ, जसमा फाफ डुप्लेसी, जर्ज मन्से, साम हिजलेट, मार्टिन गप्टिल, मर्चेन्ट डे लाङ र शुभम रन्जाने छन्।
  • एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ र विराटनगरले सन्दीप लामिछानेसहित केही खेलाडी रिटेन गरेको छ।

२७ कात्तिक, काठमाडौं । अमेरिकाका अलराउन्डर शुभम रन्जानेले विराटनगर किङ्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

विराटनगरले बिहीबार सामाजिक सञ्जालमार्फत रन्जानेलाई अनुबन्ध गरेको जनाएको हो । ३१ वर्षीय रन्जाने दाँयाहाते ब्याटिङ तथा मिडियम पेस बलिङ गर्छन् ।

उनले समग्र टी-२० क्रिकेटमा ४८ खेल खेल्दा ६५४ रन बनाएका छन् । २२ विकेट पनि लिएका छन् ।

रन्जानेलाई अनुबन्ध गरेसँगै विराटनगरको सबै ६ विदेशी खेलाडीको टुंगो लागेको छ ।

यसअघि विराटनगरले दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसीलाई अनुबन्ध गरेको छ भने त्यसबाहेक स्कटल्यान्डका जर्ज मन्से, अस्ट्रेलियाका साम हिजलेट, न्युजिल्यान्डका मार्टिन गप्टिल र दक्षिण अफ्रिकाका मर्चेन्ट डे लाङलाई अनुबन्ध गरेको छ ।

विराटनगरले दोस्रो सिजनका लागि मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ ।

अक्सनबाट विराटनगरले सूर्य तामाङ, साहिल पटेल र नारायण जोशी अनुबन्ध गर्दा विश लिस्टबाट शर्वन किस्कु र शंकर राना अनुबन्ध गरेको छ ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५ विराटनगर किङ्स शुभम रन्जाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय