+
Home › Sports › Cricket › थनुका दबारे

थनुका दबारे
श्रीलंका, ब्याट्समेन

Full Name: थनुका दबारे
Nationality: श्रीलंका
Position: ब्याट्समेन

टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। राष्ट्रिय टोलीबाट नखेलेपनि उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० खेलेका छन्।

दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन्। टी–२० मा उनको स्ट्राइक रेट १४२.६५ छ। उनले यस प्रारूपमा ४७ छक्का र ८६ चौका प्रहार गरेका छन्। बलिङतर्फ उनले ५० टी–२० खेलमा २६ विकेट लिएका छन्।

दबारेले ६७ लिस्ट ए खेलमा १ हजार ६७८ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र नौ अर्धशतक प्रहार गरेका छन् भने ६३ विकेट लिएका छन्।

त्यस्तै, ४९ प्रथम श्रेणी खेलमा उनले २ हजार २७५ रन बनाउनुका साथै ११ विकेट लिएका छन्।

Read Full