तृत राज दास
नेपाल, अलराउण्डर
नेपाल, अलराउण्डर
Full Name:
तृत राज दास
Nationality:
नेपाल
Position:
अलराउण्डर
बारा कलैयाका २४ वर्षीय तृत राज दास मिडल अर्डर ब्याटर हुन् । उनी अलराउण्डरको भूमिकामा समेत खेल्न सक्छन् । पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका खेलाडी हुन् तृत राज दास ।
दायाँ हाते ब्याटर तृत ओपनिङ ब्याटिङ समेत गर्छन् । उनले नेपाल यू-१९ र नेपाल ए टिमबाट समेत खेलिसकेका छन् । पछिल्लो समय विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका रित राम्रो सम्भावना बोकेका ब्याटर हुन् ।
उनले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो र दोस्रो सिजन पोखरा एभेन्जर्सबाट खेलेका थिए । तर तेस्रो सिजनअघि उनलाई पोखराले रिलिज गर्यो । त्यसपछि अक्सनमा समावेश भएका उनलाई आफ्नै क्षेत्रको फ्रेन्चाइज जनकपुर बोल्ट्सले अनुबन्ध गरेको थियो । तेस्रो सिजनमा उनी जनकपुर बोल्ट्सबाट ओपनर ब्याटरको रुपमा खेलिरहेका छन् ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















