+
+

Ilam Vs Butwal

२०८० मंसिर १७, आइतबार
Sporting Ilam De Mechi FC
Sporting Ilam De Mechi FC
Abdoulge Ba(78)
1 - 2 Full Time
Butwal Lumbini F.C.
Butwal Lumbini F.C.
Stephen Samir Binong(49),Arik Bist(88)
दशरथ रंगशाला, त्रिपुरेश्वर
लाइभ अपडेट लाइन-अप
Commentry
बुटवल लुम्बिनीले यस सिजन एनएसमा पहिलो जित निकालेको छ । त्यसका लागि बुटवलले इलामलाई २-१ ले हरायो । जितपछि बुटवलको तीन खेलबाट ३ अंक भएको छ र छैटौं स्थानमा उक्लेको छ । इलाम समान अंक भएपनि गोल अन्तरमा बुटवलले इलामलाई पछि पारेको हो । इलाम सातौं स्थानमा झरेको छ । पहिलो स्थानमा रहेको धनगढीको ३ खेलबाट ७ अंक छ ।
Full Time
Full Time
90+12'
substitute

खेलाडी परिवर्तन

विकेश घाइते भएर मैदान बाहिर आएपछि उनको स्थामा समित श्रेष्ठ मैदान प्रवेश गरेका छन् ।

90+11'
Commentry

  • घाइते विकेश कुथुलाई स्ट्रेचरमा राखेर बाहिर ल्याइएको छ । उनलाई उपचारका लागि नर्भिक अस्पताल, थापाथली लगिएको छ ।

90+8'
Commentry

बुटवलका स्टेफेन विनोङ एक्लै बल अघि बढाएका थिए । इलामका किपर विकेश कुथुले बक्सको लाइनमा आएर बल बचाउने क्रममा स्टेफेनसँग ठोक्किए । दुवै जना मैदानमा लडेका छन् । मेडिकल टिमले मैदानमै उपचार गरिरहेको छ ।कुथुले बल बचाउने क्रममा बल बक्स तिर गएको थियो । तर विनोङ लडेका कारण भेटेनन् । इलामका डिफेण्डरले बचाए ।

90+4'
फ्री किक

फ्री किक

इलामलाई फ्रिकिक । बुटवलका मणि कुमार लामाले अमाथ ड लाई लडाएपछि इलामले फ्रिकिक पाएको थियो । नविन लामाले हानेको फ्रिकिक बुटवलका खेलाडीले क्लियर गर्ने क्रममा मैदान बाहिर गई कर्नर किक भयो ।

90+2'
substitute

खेलाडी परिवर्तन

इलामले खेलाडी परिवर्तन गरेको छ । फोडे कामाराको स्थानमा सुरज बस्नेत मैदान प्रवेश गरेका छन् ।

90'
Commentry

खेलको अन्त्यमा ७ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

90'
फ्री किक

फ्री किक

इलामका नविन लामाले हानेको फ्रिकिक बुटवलका खेलाडीले सहजै क्लियर गरिदिए ।

88'
Goal
Butwal Lumbini F.C. - Arik Bist
GOAL !

  • बुटवलका कप्तान एरिक विष्टले फ्रिकिकमा सानदार गोल गर्दै आफ्नो टिमलाई २-१ को अग्रता दिलाएका छन् । एरिकले करिब ३५ यार्डबाट हानेको फ्रिकिकले सेकेण्ड बार हुँदै जाली चुम्दा इलामका गोलकिपर विकेश कुथुले रोक्ने कुनै अवसर पाएनन् ।

86'
फ्री किक

फ्री किक

इलामलाई फ्रिकिक । नविन लामाले बक्स बाहिरबाट सेकेण्ड बारतर्फ हानेको फ्रिकिक बुटवलका गोलकिपर मोहमोदोउले उत्कृष्ट बचाउ गरे ।  आज मोहोमोदोले धेरै बचाउ गरिरहेका छन् ।

85'
substitute

खेलाडी परिवर्तन

बुटवलले खेलाडी परिवर्तन गरेको छ । आशिष लामाको स्थानमा चन्दन दास मैदान प्रवेश गरेका छन् ।

82'
substitute

खेलाडी परिवर्तन

इलामले खेलाडी पररिवर्तन गरेको छ । सुरुमा रेफ्रीले जर्सी नम्बर ३० का फोडे कामाराको स्थानमा नविन लामालाई सब्सच्युट गरेको देखाएका थिए । तर पछि इलामका अफिसिलले जानकारी गराएपछि रेप्रीले सच्याएर जर्सी कामाराको सट्टा अमाथ ड लाई निकालेर नविन लामालाई मैदान प्रवेश गराए ।

78'
Goal
Sporting Ilam De Mechi FC - Abdoulge Ba
GOAL !

इलामले बराबरी गोल फर्काएको छ । सन्तोष खत्रीले हानेको शक्तिशाली लङ प्रहार बुटवल लुम्बिनीका गोलकिपर मोहमोदोउले जम्प गर्दै रोकेका थिए । तर उनले पूर्ण रुपमा क्लियर गर्न नसकेको बलमा इलामका अब्दुलाय बा ले दौडेर गएर गोल गोल गरे ।

77'
Commentry

इलामले एकै पटकमा दुई मौका गुमायो । बुटवलका किपरले जोगाएको रिबाउन्ड पनि इलाम चुकेको हो ।

76'
Commentry

oh !! आत्मघाती गोलबाट जोगियो बुटवल ।  बुटवलका गौरव श्रेष्ठले दायाँ साइटबाट आएको क्रश जोगाउने क्रममा बल फर्स्ट बारमा लागेर जोगियो । गोल जोगिएको खुसीमा बुटवलका गोलरक्षक मोहमदउले पोललाई धनवाद दिएर खुसी मनाएका छन् ।

75'
पहेंलो कार्ड

पहेंलो कार्ड

बुटवलका स्टेफेन विनोङलाई पहेँलो कार्ड देखाइएको छ । बल अगाडि बढाउने क्रममा पेनाल्टी बक्समा डाइभ हानेका उनले पेनाल्टी अपिल गरेका थिए । तर रेफ्रीले उनलाई पहेँलो कार्ड दिए ।

72'
substitute

खेलाडी परिवर्तन

बुटवलका घाइते भएका सरोज तामाङको स्थानमा जन्म जय धामी मैदान प्रवेश गरेका छन् ।

70'
Commentry

बुटवलका खेलाडी सरोज तामाङ घाइते भएपछि उनलाई स्ट्रेचरमा राखेर बाहिर ल्याइएको छ । उनको हातमा चोट लागेको छ ।

68'
Commentry

इलामले अर्को राम्रो अवसर गुमाएको छ । भरत खवासले दिएको पसामा अमाथ डले बायाँ भागबाट दिएको क्रसमा अब्दुलाए बाले सिक्स यार्ड बक्सबाट हानेको प्रहार बुटवलका गोलकिपर मोहमोदोउले बचाए ।

68'
Commentry

बुटवलका स्टेफेन विनोङले एक्लै बल अघि बढाइरहेको अवस्थामा विकेश कुथु  पेनाल्टी बक्स बाहिर आएर बल बचाए ।

67'
corner

कर्नर किक

इलामलाई कर्नर ।

65'
Commentry

  • बुटवलका आशिष लामाले दायाँ साइडमा बक्स भित्रबाट लाइनबाट हानेको बल इलामका गोलकिपर विकेश कुथुले बचाए ।

64'
पहेंलो कार्ड

पहेंलो कार्ड

इलामका सन्तोष खत्रीलाई पहेँलो कार्ड । बुटवलका स्टेफेन विनोङलाई लडाएपछि रेफ्रीले फल दिएका थिए । त्यसमा  आक्रोसित भएपछि सन्तोषलाई पहेँलो कार्ड देखाइएको छ ।

Commentry
इलामले पेनाल्टी मिस गरेको यो दोस्रो खेल हो । यसअघि झापा विरुद्ध इलामका अमाथ ड ले पेनाल्टी मिस गरेका थिए । झापा विरुद्ध अमाथले पेनाल्टी मिस गरे पनि उनैले गोल गरेर जिताएका थिए ।
57'
penalty

पेनाल्टी

  • इलामलाई पेनाल्टी । बुटवलका सरोज तामाङले पेनाल्टी बक्समा बल ह्यान्ड गरेपछि इलामले पेनाल्टी पाएको हो । तर फोडोे कामाराले दायाँ साइड च्यापेर हानेको पेनाल्टी प्रहार बुटवलका गोलकिपर मोहोमोदोउले डाइभ हानेर बचाए ।

54'
Commentry

बुटवल लुम्बिनीले अर्को अवसर बनाएको थियो । सर्ज सोङले दायाँ भागबाट बक्समा क्रस उपलब्ध गराएका थिए । तर उनको टिममेटले भेट्न सकेनन् ।

49'
Goal
Butwal Lumbini F.C. - Stephen Samir Binong
GOAL !

  • बुटवल लुम्बिनीले यस सिजन एनएसएलकै पहिलो गोल गरेको छ ।  जिलेस्पी जंग कार्कीले बक्स भित्र बायाँ साइडबाट दिएको क्रसमा स्टेफेन समिर विनोङले सिक्स यार्ड बक्स नजिकबाट गोल गरे । इलामका गोलकिपर विकेश कुथुले रोक्न डाइभ हाने पनि सफल भएन । टिमका लागि यस सिजनकै पहिलो गोल गरेपछि लुम्बिनीका स्टेफन विनोङले समर सल्ट हानेर खुशीयाली मनाए ।

Second Half Time
Second Half Kick Off
Commentry
स्पोर्टिङ इलाम र बुटवल लुम्बिनीबीचको पहिलो हाफको खेलको गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि फिनिसिङ हुन सकेन । दोस्रो हाफमा दर्शकले गोल देख्न पाउलान् त ?
Half Time
Half Time
45+3'
फ्री किक

फ्री किक

बुटवललाई अर्को फ्रिकिक । गौरब श्रेष्ठले प्रहार गरेको फ्रिकिक भेट्न जिलेस्पी जंग कार्की बक्समा गएका थिए । तर असिस्टेन्ट रेफ्रीले अफसाइडको इशारा गरे ।

45+2'
फ्री किक

फ्री किक

बुटवलका मणि कुमार लामाले हानेको फ्रिकिक इलामका किपर विकेश कुथुले अघि बढ्दै क्लियर गरे ।

45'
Commentry

पहिलो हाफमा तीन मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

45'
corner

कर्नर किक

बुटवललाई कर्नर । मणि कुमार लामाले हानेको कर्नरमा स्टेफेन विनोङको हेडर इलामका गोलकिपर विकेशले बचाए ।

42'
Commentry

बुटवलका एरिक विष्टले उपलब्ध गराएको पासमा स्टेफेन विनोङले बक्स बाहिरबाट हानेको भलि प्रहारले पोष्टको दिशा लिन सकेन ।

41'
substitute

खेलाडी परिवर्तन

बुटवलका लागि खेलाडी परिवर्तन । अशोक थापाको स्थानमा सर्ज सोङ मैदान प्रवेश गरेका छन् ।

38'
फ्री किक

फ्री किक

इलामलाई फ्रिकिक । बुटवलका खेलाडी पेनाल्टी बक्स बाहिर इलामका फोडे कामारालाई लडाएपछि इलामले राम्रो स्थानमा फ्रिकिक पाएको थियो । अमाथ ड र इब्राहिम फ्रिकिक हान्न तयारी अवस्थामा थिए । तर इब्राहिमले हानेको किक क्रस बार भन्दा थोरै माथिबाट बाहिरियो ।

36'
Commentry

बुटवलका अशोक थापाले बक्स भित्रबाट हानेको भलि प्रहार इलामका विकेश कुथुले सहजै क्याच गरेर बचाए ।

30'
Commentry

  • इलामका अमाथ ड ले करिब ३० यार्ड बाट हानेको फ्रिकिक प्रहार पोष्ट नजिकैबाट बाहिरियो । बुटवलका गोलकिपर मोहमोदोउले सेभ गर्ने प्रयास गरेका थिए तर भेट्न सकेनन् ।

26'
Commentry

इलामका फोडे कामाराले  दायाँ भागबाट उपलब्ध गराएको पासमा अमाथ ड ले पेनाल्टी बक्सबाट सेकेण्ड बार च्यापेर प्रहार गरेका थिए । तर बल पोष्टको दिशा नलिई बायाँ तर्फ गयो ।

Commentry
४ डिसेम्बर अर्थात भोलिदेखि नेपाल सुपर लिगको खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । मौसम र विज्ञको सल्लाहको आधारमा आयोजकले खेल आधा घण्टा अघि सार्ने निर्णय गरेको हो ।
18'
Commentry

इलामका दिपेश घलेले दायाँ भागबाट बक्स बाहिरबाट क्रस गरेको बल सिक्स यार्ड बक्सबाट फोडे कामाराले हेड गरेका थिए  ।तर उनको हेडरले पोष्टको दिशा लिन सकेन । बल क्रस बार माथिबाट बाहिरियो ।

15'
Commentry

इलामका फोडेले बक्स बाहिरबाट हानेको बल आकाशिएर बक्स भित्र पुगेपछि फोडे कामारा र अमाथ ड बल प्रहार गर्न अगाडि बढेका थिए । तर बुटवल लुम्बिनीका गोलकिपर मोहमोदोउले पन्च गर्दै बचाए ।

12'
Commentry

बुटवल लुम्बिनीलले गोलको लागि राम्रो अवसर बनाएको थियो । जिलेस्पी जंग कार्कीले बायाँ भागबाट एक्लै बल अघि बढाउँदै बक्स भित्र पुर्‍याएका थिए । उनको स्टेफेन बिनोङलाई पास दिए पनि उनले हान्न सकेनन् । त्यसपछि मणिकुमार लामाले बल पाएका थिए । तर उनको प्रहार इलामका खेलाडीले क्लियर गरे ।

10'
Commentry

इलामका दिपेश घलेले दायाँ भागबाट अर्को राम्रो क्रस उपलब्ध गराएका थिए । तर बक्समा रहेका फोडे कामाराले गरेको हेडरले पोष्टको दिशा लिन सकेन । उनको हेडर क्रस बार भन्दा माथि बाट बाहिरियो ।

10'
Commentry

इलामका दिपेश घलेले दायाँ भागबाट बक्सका क्रस उपलब्ध गराएपनि टिममेटले भेट्न सकेनन् ।

Commentry

3'
Commentry

Oh ! इलामका फोडे कमाराले पासमा भरत खवासले सिक्स यार्ड बक्समा हानेको स्लाइडिङ सट । बल सेकेण्ड बारमा लागेर फर्कियो ।

2'
Commentry

इब्राहिमको पासमा अमाथ एनडको हेडर क्रसबार माथिबाट बाहिरियो ।

Kick Off
Kick Start
Commentry

  • इलाम मरुन जर्सीमा मैदान प्रवेश गरेको छ ।

Commentry

  • बुटवल सेतो जर्सीमा मैदान प्रवेश गरेको छ ।

Commentry

खेलका लागि दुवै टिमका खेलाडी मैदान प्रवेश गर्ने तयारीमा छन् ।

Commentry

जारी सिजनमा इलाम र बुटवल दुवैको यो आफ्नो तेस्रो खेल हो । बुटवलले यसअघिका दुवै खेल हारेको छ भने इलामले एक खेल जितेको छ । बुटवलले जारी प्रतियोगितामा १ गोल पनि गर्न सकेको छैन ।

Commentry

नमस्कार  । एनएसएलको म्याच नम्बर १२  । स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीचको यो खेलको लाइभ अपडेटमा तपाईँलाई स्वागत छ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० मंसिर ८, शुक्रबार
KFC
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
CFC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan