+
+

Jhapa Vs Kathmandu

२०८० मंसिर १८, सोमबार
Jhapa FC
Jhapa FC
0 - 0 Full Time
Kathmandu Rayzrs F.C
Kathmandu Rayzrs F.C
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
झापा खेलाडी आवास लामिछाने खेल सकिएपछि मैदानमा घाइते अवस्थामा छन् । उनलाई लिनका लागि मैदानमा एम्बुलेन्स नै आएको छ र उनलाई एम्बुलेन्समा राखेर हस्पिटल लगिएको छ ।
Commentry
काठमाडौंको यो दोस्रो बराबरी हो । पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराएको काठमाडौंले दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो । तीन खेलबाट ५ अंक रहेको काठमाडौंले दोस्रो स्थानको ललितपुर सिटी र तेस्रो स्थानको पोखरा थण्डर्स समान ५ अंक जोडेको छ । उता झापा भने जितविहिन छ । पहिलो खेलमा इलामसँग पराजित भएको झापाले दोस्रो खेलमा पोखरासँग बराबरी खेलेको थियो । झापा २ अंकसहित आठौं स्थानमा छ ।
Commentry
झापा र काठमाडौं रेजर्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले गोलका लागि उल्लेख्य अवसर बनाउन सकेनन् भने पाएको अवसरमा पनि फिनिसिङ चुस्त हुन सकेन ।
Full Time
Full Time
90+5'
Commentry

काठमाडौंका कप्तान कुलदिपको क्रसमा जुनियरले बक्सबाट डाइभिङ हेडर प्रयास गरेका थिए तर सफल भएनन् ।

90'
Commentry

खेलको अन्त्यमा ५ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

89'
substitute

खेलाडी परिवर्तन

झापाको खेलाडी परिवर्तन । जोर्ज सान्चेजको स्थानमा पेमा तामाङ मैदान प्रवेश गरेका छन् ।

87'
substitute

खेलाडी परिवर्तन

काठमाडौंको खेलाडी परिवर्तन । शोखरुखको स्थानमा दिपेश गुरुङ मैदान प्रवेश गरेका छन् ।

86'
Commentry

ohh!! काठमाडौंले गोल गर्ने राम्रो अवसर गुमाएको छ । एनकुनगुए जुनियरले वान भर्सेस वानको अवस्थामा हानेको प्रहार झापाका गोलकिपर क्युपिकले बचाए ।

83'
पहेंलो कार्ड

पहेंलो कार्ड

काठमाडौंका राजिव लोप्चनलाई पहेँलो कार्ड देखाइएको छ ।

83'
फ्री किक

फ्री किक

झापालाई अर्को फ्रिकिक । आवास लामिछानेको हानेको फ्रिकिक सेकेण्ड बार माथिबाट बाहिरियो ।

81'
फ्री किक

फ्री किक

काठमाडौंका आन्द्रेस नियाले सुदिप श्रेष्ठला२ फल गरेपछि झापालाई मैदानको मध्यभाग नजिकै फ्रिकिक । समन्दर ओचिलोभको हानेको फ्रिकिक काठमाडौंका खेलाडीले क्लियर गरे ।

Commentry
बेन्चबाट बोतल हानेका झापाका पदाधिकारीलाई रातो कार्ड देखाइएको छ ।
78'
फ्री किक

फ्री किक

काठमाडौंले बक्स नजिकै फ्रिकिक पाएको छ । समन्दरले एनकुनगुए जुनियरलाई लडाएपछि काठमाडौंले फ्रिकिक पाएको हो । तर कोमिवनले हानेको फ्रिकिक क्रसबारको थोरै माथिबाट बाहिरियो ।

77'
Commentry

काठमाडौंका राजिव लोप्चनले शोखरुखको पासमा पेनाल्टी बक्सबाट हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको छ ।

75'
substitute

खेलाडी परिवर्तन

झापाको दुई खेलाडी परिवर्तन । प्रदिप लामाको स्थानमा भरत चौधरी र समिराज थोकरको स्थानमा प्रशान्त लक्षम मैदान प्रवेश गरेका छन् । दुई मिडफिल्डर निकालेर झापाले एक मिडफिल्डर एक डिफेण्डर मैदान प्रवेश गराएको छ ।

74'
Commentry

काठमाडौंका कप्तान कुलदिप कार्कीले दायाँ भागबाट दुई राम्रो क्रस बक्समा उपलब्ध गराएका थिए । तर दुवै पटक त्यहाँ काठमाडौंका खेलाडीले सदुपयोग गर्न सकेनन् ।

71'
फ्री किक

फ्री किक

झापालाई फ्रिकिक । झापाका समन्दर ओचिलोभले हानेको फ्रिकिक पोष्टको फ्रेममा पर्न सकेन । क्रस बार भन्दा माथिबाट बाहिरियो ।

70'
Commentry
झापाको बेन्चमा रहेका पदाधिकारीलाई पनि पहेँलो कार्ड देखाइएको छ ।
69'
पहेंलो कार्ड

पहेंलो कार्ड

झापाका जोर्ज सान्चेजलाई जर्सीमा तानेर लडाएपछि काठमाडौंका अन्जन राईलाई पहेँलो कार्ड देखाइएको छ ।

67'
Commentry

काठमाडौंका कोमिलोभले दुई डिफेण्डर बिट गर्दै हानेको प्रहार पोष्ट भन्दा धेरै माथिबाट बाहिरियो ।

67'
पहेंलो कार्ड

पहेंलो कार्ड

झापाका आवास लामिछानेलाई पहेँलो कार्ड ।

66'
Commentry

काठमाडौंलाई मौका थियो । राजिव लोप्चनले बायाँ भागबाट दिएको पासमा शोखरुखले फितलो प्रहार गरे । बल किपर क्युपिकले सहजै बचाए ।

64'
corner

कर्नर किक

झापाले एकै मिनेटमा लगातार दुई कर्नर पाएको थियो । तर त्यसमा झापाले गोलको अवसर बनाउन सकेन ।

64'
Commentry

झापालाई मौका । झापाका ओचिलोभले हानेको प्रहार काठमाडौंका खेलाडीलाई डिफ्लेक्ट हुादै पोष्टटतिर गएको थियो । तर काठमाडौंका गोलकिपर अभिषेक बरालले उत्कृष्ट सेभ गरे ।

Commentry

62'
substitute

खेलाडी परिवर्तन

झापाको खेलाडी परिवर्तन । झापाका कार्यवाह कप्तान लक्ष्मण रुचालको स्थानमा उज्वल राई मैदान प्रवेश गरेका छन् । लक्ष्मण मैदान बाहिर आएपछि कप्तानको आर्मब्याण्ड आवास लामिछानेले लगाएका छन् ।

Commentry
एक घण्टाको खेल सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
51'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर । राजीव लोप्चनले हानेको कर्नर झापाका खेलाडीले बक्सबाट क्लियर गरे । त्यसैमा पाएको बलमा कोमिलोभले हानेको पावरफुल सट झापाका खेलाडीलाई लाग्दै पोष्ट बाहिर गयो । त्यसमा कोमिलोभले नै हानेको कर्नर झापाका खेलाडीले क्लियर गरे ।

48'
फ्री किक

फ्री किक

काठमाडौंलाई फ्रिकिक । शोखरुखलाई झापाका समन्दर ओचिलोभले लडाएपछि काठमाडौंले फ्रिकिक पाएको हो । कप्तान कुलदिपले हानेको फ्रिकिक झापाका खेलाडीले ब्लक गरिदिए ।

47'
Commentry

झापाका जोर्ज सान्चेजे बक्स भित्र काठमाडौंका एक खेलाडीलाई बिट गर्दै हानेको बल काठमाडौंका किपर अभिषेकले सहजै क्याच गरे ।

46'
substitute

खेलाडी परिवर्तन

काठमाठौंले दोस्रो हाफको सुरुमै दुई खेलाडी परिवर्तन गरेको छ । मार्की हिसुव थपलियाको स्थानमा राजिव लोप्चन तथा प्रशान्त अवस्थीको स्थानमा गणेश हमाल मैदान प्रवेश गरेका छन् ।

Second Half Time
Second Half Kick Off
Commentry

झापा र काठमाडौंबीच पहिलो हाफको खेल दुवैतर्फबाट कुनै गोल हुन सकेको छैन  ।दुवै टोलीले धेरै आक्रमण गर्न सकेनन् ।

Half Time
Half Time
45+2'
corner

कर्नर किक

झापाका प्रदिप लामाको पासमा जोर्ज सान्चेजले बक्सभित्र पाएको बल पोष्ट भित्र प्रहार गर्न सकेनन् । उनको प्रहार गर्नुअघि नै काठमाडौंका किपर अभिषेक बरालले बचाउने क्रममा बल बाहिर गयो र झापाले कर्नर पायो । झापाका लक्ष्मण रुचालले हानेको कर्नर टिममेट भेट्टाउन सकेनन् र काठमाडौंका खेलाडीले क्लियर गरे ।

45+1'
फ्री किक

फ्री किक

काठमाडौंलाई फ्रिकिक । अन्जन राईले हानेको फ्रिकिक झापा बक्स नजिक पुगेको थियो र तर झापाका खेलाडीले क्लियर गरे ।

Commentry

पहिलो हाफमा दुई मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

44'
corner

कर्नर किक

झापालाई कर्नर । काठमाडौंका खेलाडीले बल क्लियर गर्ने क्रममा बाहिर गएपछि झापालाई कर्नर किक । तर कर्नर किक अर्को छेउमा पुग्दा कुनै खतरा भएन । त्यसमा दायाँ भागबाट सुदिप श्रेष्ठले हानेको प्रहार पोष्टको फ्रेममा पर्न सकेन ।

Commentry
  • काठमाडौं र झापाको खेल हेर्न महानायक राजेश हमाल पनि दशरथ रंगशालमा उपस्थित भएका छन् । उनी श्रीमती मधु सहित आएका छन् । उनी काठमाडौंको मालिक बसेको प्यारापिटमा बसेर खेल हेर्दैछन् ।

substitute खेलाडी परिवर्तन 40'

37'
Commentry

झापाका सुदिप श्रेष्ठ मैदानमा लडेपछि उनलाई मेडिकल टिमले मैदानमै सामान्य उपचार गरेको छ । उनी खेल्ने तयार भइसकेका छन् ।

35'
Commentry

झापाका समिराज थोकरले दायाँ साइडबाट फस्ट बारमा  हानेको प्रहार काठमाडौंका गोलकिपर अभिषेक बराले बचाए ।

34'
फ्री किक

फ्री किक

काठमाडौंका किनगुए ओलिभरले झापाका जोर्ज सान्चेजलाई लडाएपछि झापाले फ्रिकिक पाएको छ ।

30'
पहेंलो कार्ड

पहेंलो कार्ड

काठमाडौंका हिसुब थपलियालाई लडाएपछि झापाका योगेश गुरुङलाई पहेँलो कार्ड देखाइएको छ । त्यसपछि काठमाडौंले बक्सको ठिक बाहिर फ्रिकिक पाएको छ । तर शोखरुखले हानेको फ्रिकिक क्रस बार माथिबाट बाहिरिएको छ ।

28'
Commentry

  • ohh !! झापाका जोर्ज सान्चेजले हानेको बल काठमाडौंका गोलकिपर अभिषेक बरालले बचाउने प्रयास गरेका थिए । तर उनको हातबाट बल फुत्किएपछि झापाका समिराज थोकर गोल गर्ने प्रयासमा उफ्रेका थिए । बल पोष्ट भित्र गएपनि काठमाडौंका किपर अभिषेक लडेकाले रेफ्रीले गोल दिएनन् ।

27'
corner

कर्नर किक

झापाका खेलाडीले हान्न लागेको बल काठमाडौंका हिसुब थपलियाले क्लियर गर्ने क्रममा मैदान बाहिर गएपछि झापालाई कर्नर । कप्तान लक्ष्मण रुचालले हानेको कर्नरमा कुनै खतरा भएन । काठमाडौंका खेलाडीले क्लियर गरे ।

24'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर । कोमिलोभले हानेको कर्नरमा एनकुनएगए जुनियरले हेड गर्ने प्रयास गरेका थिए तर सफल भएनन् । बल बाहिर मैदान बाहिर गयो ।

23'
Commentry

काठमाडौंका प्रशान्त अवस्थीले दायाँ भागबाट हानेको बल झापाका खेलाडीले क्लियर गरेका थिए । त्यसमा प्राप्त बलमा काठमाडौंका आन्द्रेस नियाले प्रहार गरेका थिए तर हिसुब थपलियाले भेट्टाउन सकेनन् ।

20'
Commentry

झापालाई फ्रिकिक । काठमाडौंका आन्द्रेस नियाले झापाका प्रदिप लामालाई तानेर लडाएपछि झापाले फ्रिकिक पाएको छ  ।

17'
corner

कर्नर किक

झापाका समिराज थोकरले बक्समा प्रदिप लामालाई पास दिएका थिए । तर काठमाडौंका अन्जन राईले क्लियर गरे । त्यसैमा पाएको कर्नर झापाका लक्ष्मण रुचाले हानेका थिए । तर काठमाडौंका खेलाडीले क्लियर गरे ।

14'
Commentry

काठमाडौंका कप्तान कुलदिप कार्कीले दायाँ भागबाट हानेको लामो पासमा बक्समा रहेका हिसुबले बललाई पोष्टतर्फ हानेका थिए । तर झापाका गोलकिपर क्युपिकले बचाए ।

Commentry

  • नेपाल सुपर लिगमा झापा र काठमाडौंको खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका विद्यार्थीहरु । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

10'
फ्री किक

फ्री किक

काठमाडौंलाई फ्रिकिक ।झापाका सुदिप श्रेष्ठले शोखरुखलाई लडाएपछि काठमाडौंले फ्रिकिक पाएको हो ।  कोमिलोभले बायाँ भागबाट हानेको फ्रिकिक सिधै झापाका गोलकिपर स्टेफन क्युपिकको हातमा परेको थियो । उनको हातबाट बल फुत्किएको थियो । तर तत्कालै बचाए ।

Commentry
काठमाडौंका मार्की हिसुब थपलियाले यसअघि दुई खेलमा कप्तानी गरेका थिए । तर उनलाई कप्तानी बोझ परेकोले टिम व्यवस्थापनले कुलदिपलाई कप्तानको आर्मब्याण्ड दिएको हो । के आज हिसुबले गोल गर्लान् त?
7'
फ्री किक

फ्री किक

काठमाडौंका शोखरुखले हानेको फ्रिकिक पोष्टको भन्दा धेरै माथिबाट बाहिरियो ।

6'
पहेंलो कार्ड

पहेंलो कार्ड

झापाका छिरिङ लामालाई पहेँलो कार्ड देखाइएको छ । उनले बल ह्यान्ड गरेपछि कार्डको सामना गरेका हुन् ।

4'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर । प्रशान्त अवस्थीले प्रहार गरेको कर्नर पेनाल्टी बक्समा रहेका अन्जन राईले भेट्टाएका थिए । उनले प्रहार गरेको भली पोष्ट भन्दा माथिबाट बाहिरियो ।

Kick Off
Kick Start
Commentry

  • झापाका खेलाडीले घाइते खेलाडीहरु अन्जन विष्ट, लकेन लिम्बु र धिरज थताली मगरको जर्सी नम्बर देखाएर टिम फोटो खिचाएको छ ।

Commentry

काठमाडौं रेजर्स रातो जर्सीमा मैदान उत्रिएको छ ।

Commentry

झापा एफसी निलो जर्सी लगाएर खेल्दैछ ।

Commentry

झापाको टिममा मार्की तथा कप्तान अन्जन विष्ट अघिल्लो टिममा घाइते भएकोले उनी बेन्चमा छन् भने लक्ष्मण रुचालले झापाको कप्तानी गर्दैछन् ।

Commentry

आज काठमाडौं रेजर्सले कप्तान परिवर्तन गरेको छ । हिसुब थपलियाको स्थानमा कुलदिप कार्कीले कप्तानी गर्दैछन् । मार्की हिसुब पनि पहिलो रोजाईँमा खेल्दैछन् ।

Commentry

  • खेलअघि दुवै टोली मैदान प्रवेश गरेका छन् ।  झापा र काठमाडौं दुवैको यो तेस्रो खेल हो ।

Commentry

नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ अन्तर्गत १३औं खेलमा आज झापा एफसी र काठमाडौं रेजर्स एफसीबीच खेल हुँदैछ । हामी लाइभ अपडेट लिएर उपस्थित भएका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० मंसिर ८, शुक्रबार
KFC
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
CFC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan