+
+

Dhangadhi Vs Ilam

२०८० मंसिर २३, शनिबार
Dhangadhi F.C.
Dhangadhi F.C.
Richard Osei Agyemang(69)
2 - 2 Full Time
Sporting Ilam De Mechi FC
Sporting Ilam De Mechi FC
Fode Camara(45),Omar Masdaphi Rhiom(45+2)
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
पहिलो हाफमा दुई गोल बेहोरेको धनगढीले दोस्रो हाफको अन्तिम २२ मिनेट भित्र दुई गोल फर्काउँदै खेल २-२ को बराबरीमा सकाएको छ । बराबरीपछि धनगढी फेरि शीर्ष स्थानमा उक्लेको छ । चार खेलबाट धनगढीले पोखरा समान ८ अंक जोडेको छ । गोल अन्तर समेत बराबरी भएपछि धेरै गोल गरेको आधारमा धनगढी शीर्ष स्थानमा पुगेको हो । इलामलाई भने बराबरीले घाटा भएको छ । ५ खेलबाट ४ अंक जोडेको इलाम छैटौं स्थानमा उक्लेको छ ।
Full Time
Full Time
90+7'
Commentry

unlucky dhangadhi अभिषेक गुरुङको पासमा रामचन्द्र वाजीले बक्स भित्रबाट हानेको प्रहार क्रस बारमा लागेर पर्कँदा धनगढी जतिबाट बन्चित भएको छ ।

90+2'
substitute

खेलाडी परिवर्तन

धनगढीले दुई खेलाडी परिवर्तन गरेको छ । अहमद हिजाजीको स्थानमा मिलन राई र रोहन कार्कीको रामचन्द्र वाजी मैदान प्रवेश गरे्का छन् ।

90'
Commentry

खेलको अन्त्यमा ६  मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

89'
substitute

खेलाडी परिवर्तन

इलामले खेलाडी परिवर्तन गरेको छ । ओमार थियमको स्थानमा दिपेश घले मैदान प्रवेश गरेका छन् ।

88'
Commentry

ओलावाले आफिज मैदान प्रवेश गरेपछि धनगढी आक्रमक देखिएको छ ।

86'
Commentry

धनगढीलाई फ्रिकिक ।

84'
substitute

खेलाडी परिवर्तन

इलामले खेलाडी परिवर्तन गरेको छ । भरत खवासको स्थानमा सौरभ लिम्बु मैदान प्रवेश गरेका छन् ।

83'
Goal
Dhangadhi F.C. -
GOAL !

धनगढीले बराबरी गोल फर्काएको छ । फोडे फोफानाले दायाँ भागबाट दिएको क्रसमा आफिज ओलावालेले बक्स भिबाट हेडर गर्दै गोल गरेका हुन् । इलामका किपर समितले रोक्ने अवसर नै पाएनन् ।

83'
फ्री किक

फ्री किक

इलामका इब्राहिमले हानेको फ्रिकिक क्रस बार भन्दा थोरै माथिबाट बाहिरियो ।

81'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीका रिचर्डलाई पहेँलो कार्ड देखाइएको छ । इलामका अमाथ ड बल बल अघि बढाइरहेको बेला फल गरेपछि रिचर्डलाई पहेँलो कार्ड देखाइएको हो । इलामले बक्स नजिकै फ्रिकिक पाएको छ ।

Commentry
धनगढीले आक्रणका लागि फरवार्ड लाइनमा हिजाजी  र फोफानासँगै ओलावाले आफिजलाई खेलाएको छ । के धनगढीले अर्को गोल गर्ला त? धनगढीले ६ विदेशी अनुबन्ध गरेपनि एकै पटक ५ विदेशी मात्र खेलाउन पाउने नियम अनुसार आफिझ ओलावालाई खेलाउने किपर नै निकालेको हो ।
78'
substitute

खेलाडी परिवर्तन

धनगढीले दुई खेलाडी परिवर्तन गरेको छ । गोलकिपर मोहमद ताहाको स्थानमा टिकेन्द्र थापा र मार्की आशिष चौधरीको स्थानमा आफिज ओलावाले मैदान प्रवेश गरेका छन् ।

76'
Commentry

धनगढीका मार्की आशिष चौधरीले बायाँ कर्नर छेउबाट हानेको क्रस इलामका गोलकिपर समितले सहजै बचाए ।

Commentry
सट हान्ने क्रममा इलामका अमाथको जुत्ता फुस्किएको छ ।
71'
Commentry

एक गोल गरेपछि धनगढी फेरि आक्रमण बनाउँदै । अहमद हिजाजीको पासमा रोहन कार्कीले हानेको प्रहार इलामका किपर समित श्रेष्ठले डाइभ गर्दै बचाए ।

69'
Goal
Dhangadhi F.C. - Richard Osei Agyemang
GOAL !

goal!! धनगढीले गोल गरेको छ । धनगढीका रिचर्ड ओसेईले पेनाल्टीमा सहजै गोल गरे । यो गोलपछि धनगढीले गोल अन्तर का गरेको छ । के धनगढीले बराबरी गोल फर्काउला ?

Commentry
धनगढीले पेनाल्टी हान्न लाग्दा दुई टिमका खेलाडी आपसमा वादविवाद गर्दैछन् ।
67'
penalty

पेनाल्टी

panelty for dhangadhi !! के धनगढीले गोल गर्ला ? इलामका इब्राहिमले फोडे फोफानालाई पेनाल्टी बक्समा फल गरेपछि धनगढीलाई पेनाल्टी दिइएको हो ।

66'
Commentry

धनगढीलाई मौका । मार्की आशिष चौधरीको क्रसमा फोडे फोफानाले बक्सबाट हानेको हेडर इलामका किपर समित श्रेष्ठले सहजै क्याच गरे ।

61'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीका रणदिप पौडेललाई लडाएपछि इलामका भरत खवासलाई पहेँलो कार्ड देखाइएको छ ।

60'
Commentry

धनगढीका फोडे कामाराले दायाँ भागबाट पोष्टका प्रहार गरेका थिए । तर इलामका किपर समित श्रेष्ठले बचाए ।

57'
फ्री किक

फ्री किक

धनगढीलाई बक्स बाहिर फ्रिकिक । धनगढीका रोहन कार्कीलाई इलामका इब्राहिमले लडाएपछि धनगढीले फ्रिकिक पाएको हो । इलामका सुरज बस्नेतलाई रेफ्रीसँग प्रतिवाद गरेकोमा पहेँलो कार्ड देखाइएको छ । कमल श्रेष्ठको फ्रिकिक प्रहार क्रस बार भन्दा थोरै माथिबाट बाहिरियो ।

56'
Commentry

इलामलाई मौका । अमथ ड को क्रसमा फोडे कामाराले सिक्स यार्ड बक्सबाट हानेको सट धनगढीका किपर मोहमद ताहाले बचाए । ताहा पहिल्यै लडेका थिए तर उनको खुट्टामा लागेर बल फर्कियो ।

55'
Commentry

इलामका फोडे कामाराले लेफ्ट फुटेड सट प्रहार गरेका थिए । तर पोष्टको फ्रेममा पर्न सकेन ।

53'
Commentry

धनगढीका रणदिप पौडेलले बायाँ भागबाट बक्समा लामो प्रहार गरेका थिए । त्यसमा हेडिङ गर्न फोडे फोफाना बक्समा पुगेका थिए । तर इलामका किपर समित श्रेष्ठले बल क्लियर गरे । त्यस क्रममा लडेका उनी सामान्य ट्रिटमेन्टपछि ठिक भइसकेका छन् ।

49'
Commentry

इलामका अमाथको क्रसमा भरत अवासले हानेको प्रहार धनगढीका गोलकिपर मोहमद ताहाले बचाए ।

47'
corner

कर्नर किक

इलामले कर्नर पाएको छ । नविन लामाको कर्नरमा फोडे कामाराले हेडर गरेका थिए । तर उनको हेडर क्रस बार माथिबा६ बाहिर गयो ।

46'
substitute

खेलाडी परिवर्तन

धनगढीले खेलाडी परिवर्तन गरेको छ । साइमन लिम्बुको स्थानमा अभिषेक गुरुङ मैदान प्रवेश गरेका छन् ।

Second Half Time
Second Half Kick Off
Commentry
पहिलो हाफको अन्तिम समयमा दुई गोल गर्दै इलामले धनगढी विरुद्ध २-० को अग्रता बनाएको छ ।
Half Time
Half Time
45+2'
Goal
Sporting Ilam De Mechi FC - Omar Masdaphi Rhiom
GOAL !

goal!! इलामले अर्को गोल गरेको छ । नविन लामाको कर्नर प्रहार धनगढीका किपर मोहमद ताहले बचाउने प्रयास गरेका थिए । तर उनले पूर्ण रुपमा क्लियर गर्न नसकेपछि ओमारले गोल गरेका हुन् । धनगढी ०-२ इलाम ।

45'
Commentry

पहिलो हाफको अन्त्यमा ३ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

45'
Goal
Sporting Ilam De Mechi FC - Fode Camara
GOAL !

goal!!! इलामले अग्रता लिएको छ । अमाथ ड ले बक्स भित्रबाट दिएको पासमा फोडे कामाराले सिक्स यार्ड नजिकैबाट गोल गरे ।

43'
Commentry

इलामले लगातार पोष्टमा चार्ज गर्ने प्रयास सफल नभएपछि फोडे कामाराले बक्स बाहिरबाट आफ्नो भाग्य परिक्षण गरेका थिए । तर उनको प्रहार आकाशियो ।

40'
corner

कर्नर किक

इलामलाई कर्नर । इलामका सुरज बस्नेतले हानेको क्रस इलामका रणदिप पौडेलले रोक्ने क्रममा बल बाहिर गएपछि इलामले कर्नर पाएको हो ।

37'
Commentry

इलामका अमाथ ड ले बक्स बाहिरबाट आफ्नो भाग्य परिक्षण गर्दै सट प्रहार गरेका थिए । तर उनको प्रहार फितलो रह्यो । धनगढीका किपर मोहमद ताहले सहजै बल बचाए ।

29'
corner

कर्नर किक

इलामका नविन लामाको कर्नरमा बक्समा रहेका ओमार थियमले हेड गरेका थिए । तर उनको हेडर पोष्ट नजिकैबाट बाहिरियो ।

28'
पहेंलो कार्ड

पहेंलो कार्ड

इलामका भरत खवासलाई फल गरेपछि धनगढीका रणदिप पौडेललाई पहेँलो कार्ड देखाइएको छ । इलामले फ्रिकिक पाएको छ । इब्राहिमले हानेको फ्रिकिक धनगढीका किपर मोहमद ताहाले पन्च गर्दै बचाए । इलामले कर्नर पाएको छ ।

24'
corner

कर्नर किक

धनगढीलाई कर्नर । धनगढीका रोहन कार्कीले हानेको प्रहार इलामका किपर समित श्रेष्ठले बचाउने क्रममा बाहिर गएपछि धनगढीले कर्नर पाएको हो ।  आशिषले हानेको कर्नर किक अर्को साइडमा पुग्यो ।

22'
corner

कर्नर किक

धनगढीलाई कर्नर । फोडे फोफानाको क्रस क्लियर गर्ने क्रममाइ ब्राहिमले बल बाहिर फालेपछि धनगढीले कर्नर पाएको हो । मार्की आशिष चौधरीले कर्नर हानेका थिए ।

19'
Commentry

धनगढीका रोहन कार्कीले अहमद हिजाजीको ब्याक पासमा बक्स बाहिरबाट प्रहार गरेको बल पोष्टको फ्रेममा पर्न सकेन ।

15'
Commentry

धनगढीका अहमद हिजाजी एक्लै बल अघि बढाउँदै इलामको बक्समा पुगेका थिए । तर बल प्रहार गर्नुअघि नै उनी आफैँ लडे ।

14'
corner

कर्नर किक

इलामलाई कर्नर ।

12'
फ्री किक

फ्री किक

धनगढीलाई फ्रिकिक । कमल श्रेष्ठले मध्यभाग नजिकबाट हानेको फ्रिकिक फितलो रह्यो ।

7'
पहेंलो कार्ड

पहेंलो कार्ड

सन्तोष खत्रीलाई पहेँलो कार्ड देखाइएको छ ।

7'
फ्री किक

फ्री किक

धनगढीलाई फ्रिकिक । इलामका विमल पाण्डेले अहमद हिजाजीलाई फल गरेपछि धनगढीले फ्रिकिक पाएको छ  ।कप्तान देवेन्द्र तामाङले हानेको फ्रिकिक  क्लियर भएको छ ।

4'
Commentry

इलामका अब्दुलाए बा घाइते हुँदै मैदान बाहिर आएका छन् । सुरुमै इलामले खेलाडी चेन्ज गर्नुपरेको छ । उनको स्थानमा नविन लामा मैदान प्रवेश गरेका छन् ।

Kick Off
Kick Start
Commentry
स्पोर्टिङ इलाम मरुन जर्सीमा मैदान उत्रिएको छ ।
Commentry
धनगढी एफसी पहेँलो जर्सी लगाएर खेल्दैछ ।
Commentry
इलामका कप्तान तथा मार्की विकेश कुथु घाइते भएपछि उनी पहिलो रोजाईँमा छैनन् । उनको सट्टा समित श्रेष्ठले गोलपोष्ट सम्हाल्नेछन् भने विराज महर्जनले इलामको कप्तानी गर्दैछन् ।
Commentry
स्पोर्टिङ इलाम ४ खेलबाट ३ अंकसहित सातौं स्थानमा छ । इलामले यस सिजन सबैभन्दा धेरै ३ खेलमा हार बेहोरिसकेको छ । यदि धनगढीलाई हराउन सके इलाम शीर्ष चारमा पुग्नेछ ।
Commentry
यस सिजन धनगढी अपराजित छ । तीन खेलबाट ७ अंकसहित धनगढी दोस्रो स्थानमा छ । बजको खेल जिते ललितपुर सिटीलाई पछि पार्दै धनगढी शीर्ष स्थानमा उक्लनेछ ।
Commentry
नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ अन्तर्गत आज डबल हेडरको दिन । पहिलो खेलमा दिउँसो धनगढी एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० मंसिर ८, शुक्रबार
KFC
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
CFC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan