+
+

Chitwan Vs Dhangadhi

२०८० मंसिर २८, बिहीबार
Chitwan F.C.
Chitwan F.C.
0 - 1 Full Time
Dhangadhi F.C.
Dhangadhi F.C.
Afeez Olawale(2)
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
खेलको दोस्रो मिनेटमै ओलावाले आफिजले गरेको गोल मदतमा चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा उक्लेको छ । ५ खेलमा ३ जित र २ बराबरीपछि अपराजित यात्रा कायम राख्दै ११ अंक जोडेको धनगढीले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । उता विमल घर्तीमगरले पेनाल्टीमा गोल गर्न नसक्दा चितवनले तेस्रो हार बेहोर्‍यो ।  ६ खेलबाट ५ अंकसहित सातौं स्थानमा  यथावत रहेको चितवनको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ ।
Full Time
Full Time
90+9'
फ्री किक

फ्री किक

चितवनका अक्वाहले फ्रिकिक हानेका थिए तर धनगढीका खेलाडीले क्लियर गरे ।

90+8'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीका डियाग्ने फालोउलाई पहँलो कार्ड देखाइएको छ । चितवनले फ्रिकिक पाएको छ ।

90+5'
corner

कर्नर किक

चितवनलाई कर्नर । राजेश परियारको कर्नर सुरुमा धनगढीका किपर टिकेन्द्र थापाले पन्च गरेका थिए । तर त्यसमा रिबाउन्ड बल चितवनका अक्वाहले पोष्टमा प्रहार गरेका थिए । धनगढीका रिचर्डले गोल लाइनबाट बल क्लियर गर्दै संकट टारे ।

90'
Commentry

खेलको अन्त्यमा ८ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

90'
Commentry

धनगढीका सुरेश कुमाल र चितवनका गोलकिपर विशाल श्रेष्ठ बलतर्फ कुद्दा एक आपसमा जुधेर हल्का समस्यामा छन् । सामान्य ट्रिटमेन्ट पछि दुवै खेल्न तयार ।

87'
substitute

खेलाडी परिवर्तन

चितवनले पनि खेलाडी परिवर्तन गरेको छ । नवयुग श्रेष्ठको स्थानमा राजेश परियार मैदान प्रवेश गरेका छन् ।

86'
substitute

खेलाडी परिवर्तन

धनगढीले दुई खेलाडी परिवर्तन गरेको छ । रोहन कार्कीको स्थानमा हेमन्त श्रेष्ठ र अहमद हिजाजीको स्थानमा सुरेश कुमाल मैदान प्रवेश गरेका छन् ।

83'
Commentry

चितवनका विक्रम धिमालको क्रसमा नवयुग श्रेष्ठले हेड मार्फत मिलाएको पासमा रफिक अमिनुले बक्सबाट हेड गरेको बल सिधै धनगढीका किपर टिकेन्द्र थापाको हातमा ।

81'
Commentry

धनगढीका निशान लिम्बुको लामो पासमा अहमद हिजाजीले बल कन्ट्रो गर्दै बक्ससम्म पुर्‍याएका थिए । तर उनको प्रहार टार्गेटमा रहन सकेन ।

80'
substitute

खेलाडी परिवर्तन

चितवनले खेलाडी परिवर्तन गरेको छ । मार्को इभानोभिचको स्थानमा विक्रम धिमाल मैदान प्रवेश गरेका छन् ।

79'
Commentry

धनगढीका निशान लिम्बुले दायाँ साइडबाट बक्समा क्रस दिएका थिए । तर अहमद हिजाजीले बल भेट्नुअघि नै चितवनका खेलाडीले क्लियर गरे ।

78'
पहेंलो कार्ड

पहेंलो कार्ड

बल रिलिज गर्न ढिला गरेपछि रेफ्रीले धनगढीका किपर टिकेन्द्र थापालाई पहेँलो कार्ड देखाएका छन् ।

74'
Commentry

धनगढीका रणदिप पौडेलले बायाँ भागबाट बक्समा लामो क्रस गरेका थिए । बल चितवनका गोलकिपर विशाल श्रेष्ठले जम्प गर्दै बचाउने क्रममा हातबाट भुँइमा ड्रप भयो र पछि समाते ।

74'
Commentry

चिनवनका टोरिक जेबरिनले लङ सट प्रहार गरेका थिए । तर बल पोष्टको फ्रेममा पर्न सकेन ।

72'
substitute

खेलाडी परिवर्तन

चितवनले खेलाडी परिवर्तन गरेको छ । एक राज बुढाथोकीको स्थानमा रोशन राना मगर मैदान प्रवेश गरेका छन् ।

70'
Commentry

धनगढीका रामचन्द्र वाजीको प्रहार फ्रेममा पर्न सकेन ।

68'
substitute

खेलाडी परिवर्तन

धनगढीले खेलाडी परिवर्तन गरेको छ । आफिज ओलावालेको स्थानमा निशान लिम्बु मैदान प्रवेश गरेका छन् ।

67'
फ्री किक

फ्री किक

धनगढीका फालोउले टोरिकलाई लडाएपछि चितवनले फेरि फ्रिकिक पाएको छ ।

65'
फ्री किक

फ्री किक

चिनवनलाई फ्रिकिक । विमल घर्तीमगरले हानेको फ्रिकिक बक्समा रहेका टिममेटले भेट्न सकेनन् । बल बाहिर गयो ।

60'
corner

कर्नर किक

धनगढीलाई कर्नर । कमल श्रेष्ठले हानेको कर्नरमा बक्समा डियाग्ने फालोउले हेड गर्ने प्रयास गरेका थिए तर उनले बल भेटेनन् ।

58'
Commentry

what a miss!! धनगढीका आशिष चौधरीले खाली पोष्टमा गोल हान्न सकेनन् । ओलावाले आफिजले चितवनका किपर विशाल श्रेष्ठलाई बिट गर्दै बायाँ भागबाट बक्समा क्रस दिएका थिए । तर मार्की आशिषले फ्रि चान्समा पनि गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट भन्दा बाहिर गयो । धनगढीले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।

56'
substitute

खेलाडी परिवर्तन

  • धनगढीले दुई खेलाडी परिवर्तन गरेको छ । फोडे फोफानाको स्थानमा आशिष चौधरी र अभिषेक गुरुङको स्थानमा राम चन्द्र वाजी मैदान प्रवेश गरेका छन् ।

55'
corner

कर्नर किक

धनगढीलाई कर्नर ।

54'
corner

कर्नर किक

चितवनलाई कर्नर ।

53'
फ्री किक

फ्री किक

चितवनलाई फ्रिकिक । अक्वाहको फ्रिकिकमा बक्समा रहेका नवयुग श्रेष्ठले हेड गरेका थिए । तर धनगढीका किपर टिकेन्द्रले पन्च गर्दै बचाए ।

50'
फ्री किक

फ्री किक

चितवनका खेलाडीले फोडे फोफानालाई लडाएपछि धनगढीलाई फ्रिकिक प्राप्त । कमल श्रेष्ठले हानेको फ्रिकिक चितवनका खेलाडीले क्लियर गरेका छन् ।

49'
Commentry

चितवनका अक्वाहले बक्स बाहिरबाट विमल घर्ती मगरलाई बक्समा पास दिएका थिए । तर धनगढीका रणदिप पौडेललाई बिट गर्दै प्रहार गरेको बल चितवनका किपर विशाल श्रेष्ठले बचाए ।

Second Half Time
Second Half Kick Off
Commentry
पहिलो हाफमा धनगढीले ओलावाले आफिजको गोलमा सुरुमै अग्रता लिएको थियो । चितवनलाई इन्जुरी टाइममा पेनाल्टीबाट खेल बराबरी गर्ने अवसर थियो । तर विमल घर्ती मगरले हानेको पेनाल्टी धनगढीका किपर टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गरे ।
Half Time
Half Time
45+5'
corner

कर्नर किक

चितवनका टोरिक जेबरिनले हानेको कर्नर धनगढीले खेलाडीले क्लियर गर्ने क्रममा बाहिर गएपछि चितवनले फेरि कर्नर पाएको छ । जेबरिनले नै हानेको कर्नर टिकेन्द्रले पन्च गरेका थिए । त्यसपछि पनि चितवनले थप तीन कर्नर हानेपनि गोल गर्ने सकेन ।

45+4'
Commentry

Penalty saved !! चितवनका विमल घर्ती मगरले हानेको पेनाल्टी धनगढीका किपर टिकेन्द्र थापाले बचाएका छन् । टिकेन्द्रले दायाँ तर्फ डाइभ गर्दै बचाएको बल बाहिर गएपछि चितवनले कर्नर पाएको छ ।

45+3'
penalty

पेनाल्टी

penalty!! चितवनले पेनाल्टी पाएको छ । धनगढीका रिचर्डले बल ह्यान्ड गरेपछि चितवनलाई पेनाल्टी ।

45+4'
Commentry

धनगढीका अभिषेक गुरुङ केही समस्यामा देखिएका छन् । उनलाई मैदान बाहिर ल्याइएको छ ।

45'
Commentry

पहिलो हाफमा ४ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

45'
corner

कर्नर किक

चितवनले कर्नर पाएको छ । विमलले हानेको कर्नर बाहिर गयो ।

41'
फ्री किक

फ्री किक

चितवनका छिरिङ गुरुङले अहमद हिजाजजीलाई लडाएपछि धनगढीले बायाँ कर्नर साइडमा फ्रिकिक पाएको छ । तर कमल श्रेष्ठले हानेको कर्नर दायाँ साइडबाट बाहिर गएको छ ।

38'
Commentry

चितवनका छिरिङ गुरुङले हानेको प्रहार धनगढीका खेलाडीलाई लागेर बाहिर गएपछि चितवनलाई कर्नर प्राप्त । विमलले हानेको कर्नर धनगढीका खेलाडीले क्लियर गर्ने क्रममा बाहिर गएपछि चितवनले फेरि कर्नर पाएको छ ।

36'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीका फोडे फोफानालाई पहेँलो कार्ड ।

34'
Commentry

चितवनका रफिक अमिनुले एक्लै बल अगाडि बढाइरहेका थिए । तर उनले पास नदिई बक्स बाहिरबाट सिधा प्रहार गरेको बल पोष्टको फ्रेममा पर्न सकेन ।

30'
फ्री किक

फ्री किक

चितवनलाई अट्याकिङ क्षेत्रमा फ्रिकिक । धनगढीका खेलाडी यो निर्णयबाट सन्तुष्ट छैनन् । फोडे फोफानाले रेफ्रीसँग असन्तुष्टी पोखेका थिए ।  चितवनका अक्वाहले हानेको फ्रिकिकमा चितवनका खेलाडी अफसाइड भए ।

27'
offside

अफ साइड

चितवनका खेलाडी अफसाइड ।

25'
पहेंलो कार्ड

पहेंलो कार्ड

 

  • धनगढीले आफिज ओलावालेले पहेँलो कार्डको सामाना गरेका छन् । उनलेचितवनका मार्को इभानोभिच लडेका बेला बल हान्ने प्रयास गर्दा पहेँलो कार्ड पाएका हुन् ।

22'
फ्री किक

फ्री किक

चितवनलाई मध्य भाग नजिकबाट फ्रिकिक । अफ्रिसिए अक्वाहले हानेको फ्रिकिक धनगढीका खेलाडीले क्लियर गरे ।

21'
फ्री किक

फ्री किक

धनगढीका कप्तान देवेन्द्र तामाङले मध्य भाग नजिकबाट हानेको फ्रिकिक बक्समा टिममेटले भेट्न सकेनन् ।

19'
corner

कर्नर किक

धनगढीलाई कर्नर । कमल श्रेष्ठले कर्नर पास अहमद हिजाजीलाई दिएका थिए । हिजाजीले फेरि कमलला२ बल दिए । कमलको प्रहार चितवनका खेलाडीले क्लियर गरे ।

13'
corner

कर्नर किक

चितवनलाई कर्नर । विमल घर्ती मगरले हानेको कर्नर चितवनका खेलाडीले हेड गर्ने प्रयास गरेका थिए । तर धनगढीका फोडे फोफानाले क्लियर गरिदिए ।

11'
फ्री किक

फ्री किक

धनगढीलाई अट्याकिङ क्षेत्रमा फ्रिकिक ।

Commentry
  • धनगढीले आज फरवार्ड लाइनमै तीन विदेशी खेलाडी खेलाएको छ । त्यसको परिणामले धनगढीले सुरुमै गोलको खाता समेत खोलेको छ । आज धनगढीका किपर मोहमद ताहा बेन्चमा छन् र उनको स्थानमा टिकेन्द्र थापाले पहिलो पटक पहिलो रोजाईँमा खेलिरहेका छन् ।
7'
फ्री किक

फ्री किक

चितवनका विमलले हानेको फ्रिकिक क्रस बार भन्दा माथिबाट बाहिरियो ।

6'
पहेंलो कार्ड

पहेंलो कार्ड

चितवनका विमल घर्ती मगरलाई लडाएपछि धनगढीका रणदीप पौडेललाई पहेँलो कार्ड देखाइएको छ । चितवनले बक्स बाहिर फ्रिकिक पाएको छ ।

4'
पहेंलो कार्ड

पहेंलो कार्ड

चितवनका मार्को इभानोभिचले पहेँलो कार्ड पाएका छन् ।

2'
Goal
Dhangadhi F.C. - Afeez Olawale
GOAL !

  • GOAL !! धनगढीले दोस्रो मिनेटमै अग्रता लिएको छ । ओलावाले आफिजले उत्कृष्ट गोल गरे ।  रोहन कार्कीले दिएको पासमा ओलावालेले बक्स बाहिर चितवनका एक डिफेण्डरलाई छलाउँदै सेकेण्ड बारमा प्रहार गरेको बलले जाली चुम्यो । चितवनका किपर विशाल श्रेष्ठले रोक्ने कुनै अवसर पाएनन् ।

1'
Commentry

खेलको पहिलो मिनेटमै धनगढी आक्रमणमा  । अहमद हिजाजीको पासमा ओलावाले आफिजले बक्स भित्रबाट हानेको प्रहार चितवनका खेलाडीले गोल लाइन अघिबाट बचाएका थिए । तर सहायक रेफ्रीले अफसाइड झण्डा उठाइदिए ।

Kick Off
Kick Start
Commentry

  • धनगढी पहेँलो जर्सी लगाएर मैदान उत्रिँदै छ ।

Commentry
 
  • आज चितवन निलो जर्सी लगाएर खेल्दैछ ।
Commentry
अपराजित धनगढीलाई आज चितवनलाई हराएर शीर्ष स्थानमा उक्लने अवसर छ । ४ खेलबाट २ जित  र २ बराबरीको नतिजासहित धनगढी दोस्रो स्थानमा छ । उता शीर्ष चारमा पुग्ने होडमा रहेको चितवन ५ खेलबाट ५ अंकसहित सातौं स्थानमा छ ।
Commentry
नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ अन्तर्गत २४औं खेलमा आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा गर्दैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० मंसिर ८, शुक्रबार
KFC
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
CFC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan