+
+

Lalitpur Vs Jhapa

२०८० मंसिर २९, शुक्रबार
Lalitpur City F.C.
Lalitpur City F.C.
0 - 0 Full Time
Jhapa FC
Jhapa FC
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
ललितपुरको र झापाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्  । दुवैको यो चौथो बराबरी हो । बराबरीपछि ललितपुरले शीर्ष स्थानमा पुग्ने मौका गुमायो । ६ खेलबाट १० अंकसहित ललितपुर दोस्रो स्थानमै यथावत छ । ६ खेलबाट ७ अंक जोडेको झापा पाँचौ स्थानमा उक्लेको छ । बुटवल लुम्बिनी समान अंक बराबरी भएपनि हेड टु हेडमा झापा अघि रहेको हो ।
Full Time
Full Time
90+6'
Commentry

ललितपुरलाई मौका  । विवेक पौडेलले बक्समा लामो क्रस दिएका थिए । इमोह इजेकेलले चेस्टले बल कन्ट्रवल गरेका थिए तर प्रहार गर्न भ्याएनन् । झापाका किपर क्युपिकले बचाए ।

90+4'
फ्री किक

फ्री किक

ललितपुरका फ्रिकिक । अनिल महर्जनको फ्रिकिकमा कप्तान अनन्त तामाङले हेडर गरेका थिए । तर बल सिधै झापाका किपर स्टेफन क्युपिचको हातमा गयो । उनले सहजै बचाए ।

90+3'
substitute

खेलाडी परिवर्तन

झापाले खेलाडी परिवर्तन गरेको छ । जोर्ज सान्चेजको स्थानमा समिराज थोकर मैदान प्रवेश गरेका छन् ।

90'
Commentry

खेलको अन्त्यमा  ७ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

87'
substitute

खेलाडी परिवर्तन

ललितपुरले दुई खेलाडी परिवर्तन गरेको छ । दिनेश हेन्जनको स्थान आदित्य शाक्य तथा निखिल कदमको स्थानमा अनिल महर्जन मैदान प्रवेश गरेका छन् ।

85'
फ्री किक

फ्री किक

झापालाई फ्रिकिक । समन्दर ओचिलोभले हानेको फ्रिकिक बक्समा कुनै खेलाडीले भेट्न सकेन ।

82'
फ्री किक

फ्री किक

ललितपुरलाई फ्रिकिक ।

81'
substitute

खेलाडी परिवर्तन

झापाले खेलाडी परिवर्तन गरेको छ । प्रशान्त लक्षमको स्थानमा हरि कार्की मैदान प्रवेश गरेका छन् ।

79'
corner

कर्नर किक

झाापले कर्नर पाएको छ । उज्वल राईले हानेको कर्नर अर्को छेउमा पुग्यो ।

78'
फ्री किक

फ्री किक

ललितपुरलाई फ्रिकिक । ओमालामा करिमले हानेको बल झापाका खेलाडीलाई लाग्दै फर्केर मैदान बाहिर गयो ।  

77'
substitute

खेलाडी परिवर्तन

ललितपुरले खेलाडी परिवर्तन गरेको छ । सेसेहाङ आङदम्बे को स्थानमा रोशन पहारी मैदान प्रवेश गरेका छन् ।

72'
corner

कर्नर किक

ललितपुरले कर्नर पाएको छ । निखिल कदमको कर्नर झाापका किपर क्युपिकले पन्च गरेर बचाए ।

69'
फ्री किक

फ्री किक

झापालाई फ्रिकिक । आवास लामिछानेको फ्रिकिक प्रहार सिधै ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले हातमा ।

63'
substitute

खेलाडी परिवर्तन

  • झापाले दुई खेलाडी परिवर्तन गरेको छ । अन्जन विष्टको स्थानमा प्रदिप लामा र  लक्ष्मण रुचालको स्थानमा उज्वल राई मैदान प्रवेश गरेका छन् ।  अन्जनले कप्तानको आर्मब्यान्ड आवास लामिछानेलाई दिएका छन् ।

62'
Commentry

ललितपुरका निखिल कदमको पासमा दिनेश हेन्जनाले बक्स बाहिरबाट हानेको प्रहार क्रसबारको थोरै माथिबाट बाहिरियो ।

60'
Commentry

झापाका अन्जन विष्ट फेरि समस्यामा देखिएका छन् । उनलाई ललितपुरका इजेकेलले फल गरेका थिए । केही बेरपछि अन्जन ठिक भएर उठेका छन् र खेल्न थालेका छन् ।

57'
Commentry

झापाका कप्तान अन्जन विष्टले आवास लामिछानेको पासमा बायाँ साइडबाट हानेको प्रहारले पोष्टको दिशा लिन सकेन ।

50'
Commentry

ललितपुरका इमोह इजेकेलले एक्लै बल अगाडि बढाउँदै बक्सका रहेका पापा इबोउलाई पास दिएका थिए । तर पापाको प्रहार झापाका किपर स्टेफन क्युपिकले डाइभ गर्दै सेभ गरे ।

46'
Commentry

दोस्रो हाफको सुरुमै ललितपुर केही आक्रमक देखिएको छ । दिनेश हेन्जनले बक्समा क्रस दिएको बल निखिल कदमले  ट्याप इन गर्ने प्रयास गरेपनि भेटेनन् । त्यसपछि सनिश श्रेष्ठले दायाँ साइडबाट दिएको क्रममा पापा इबोउले बक्सबाट हानेको हेडर बाहिरियो ।

Second Half Time
Second Half Kick Off
Commentry
पहिलो हाफमा ललितपुर र झापाले गोल गर्न सकेन । ललितपुरले सुरुमै गोलको अवसर बनाएको थियो । तर दिनेश हेन्जनको प्रहार क्रस बारमा लागेर फर्कँदा अग्रता लिनबाट बन्चित भयो ।
Half Time
Half Time
50+6'
फ्री किक

फ्री किक

झापाका समन्दर ओचिलोभले हानेको फ्रिकिक पोष्ट बाहिर गयो ।

45+4'
Commentry

ललितपुरका सनिश श्रेष्ठले लडाएपछि झापाका कप्तान अन्जन विष्ट केही समस्यामा देखिएका छन् । उनलाई मेडिकल टिमले मैदानमै ट्रिटमेन्ट गर्दैछ । अन्जनका लागि मैदानमा स्ट्रेचर नै लगिएको थियो । तर केही समयपछि अन्जन आफैँ मैदान बाहिर आए ।

45+2'
फ्री किक

फ्री किक

झापालाई फ्रिकिक ।

45'
Commentry

पहिलो हाफमा ५ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

45'
Commentry

Ohh!! ललितपुरका कप्तान अनन्तले बक्समा पूर्ण रुपमा बल क्लियर गर्न नसकेपछि झापाका जोर्ज सान्चेजले प्रहार रगेका थिए तर ललितपुरका किपर जेफ्री बाल्टुसले बचाए ।

39'
Commentry

झापाका आवास लामिछानेले सुदिप श्रेष्ठको पासमा करिब ३५ यार्डबाट लामो सट हान्दै भाग्य परिक्षण गरेका थिए । तर उनको प्रहार फ्रेममा पर्न सकेन ।

37'
Commentry

ललितपुरका निखिल कदमको क्रमा इमोह इजेकेलल बक्सबाट हानेको हेडर फ्रेममा पर्न सकेन । पोष्ट भन्दा बाहिर गयो ।

35'
corner

कर्नर किक

ललितपुरका इमोह इजेकेलले हानेको बल झापाका विशाल बस्नेतले बचाउने क्रममा बाहिर गएपछि ललितपुरले कर्नर पाएको छ । निखिख कदमको कर्नरमा कप्तान अनन्त तामाङको हेडर फितलो रह्यो ।

34'
corner

कर्नर किक

ललितपुरले कर्नर पाएको छ । पापा इबोउ केबेको बल  झापाका विशालले रोक्ने क्रममा बाहिर गएपछि ललितपुरले कर्नर पाएको हो ।

33'
पहेंलो कार्ड

पहेंलो कार्ड

ललितपुरका विवेक पौडेलले अन्जन विष्टलाई लडाएपछि झापाले फ्रिकिक पाएको छ । रेफ्रीले विवेकलाई पहेँलो कार्ड देखाएका छन् ।

29'
corner

कर्नर किक

यहाँ अर्को ड्रामा भएको छ । ललितपुरका कप्तान अनन्त तामाङले बल रोक्न खोज्दा आफ्नै पोष्टको बाहिर गएको थियो । झापाका जोर्ज सान्चेज बलतर्फ दौडिरहेका थिए ।  असिस्टेन्ट रेफ्रीले अफसाइड दिएको बलमा रेफ्री राम दासले निर्णय चेन्ज गर्दै झापालाई कर्नर दिएका छन् ।

27'
corner

कर्नर किक

ललितपुरले कर्नर पाएको छ ।

26'
फ्री किक

फ्री किक

झापालाई फ्रिकिक । तर समन्दर ओचिलोभले बायाँ भागबाट हानेको बल पोष्ट भन्दा बाहिर गयो ।

24'
Commentry

बक्सतर्फ बल अगाडि बढाइरहेका झापाका अन्जनलाई ललितपुरका सनिश श्रेष्ठले लडाएपछि झापाले पेनाल्टी अपिल गरेको थियो । तर रेफ्रीले दिएनन् । पेनाल्टी अपिल गर्ने क्रममा झाापका जोर्ज सान्चेजको हातले लागेर सनिश लडे ।

22'
पहेंलो कार्ड

पहेंलो कार्ड

रेफ्री राम दासले झापाका विशाल बस्नेत, ललितपुरका इमोह इजेकेल र ललितपुरका प्रशिक्षक इयान गिलियनलाई पहेँलो कार्ड देखाएका छन् ।

20'
Commentry

  • दुई टिमका खेलाडीबीच केही हात ठेमलठेल भएको छ । बल बाहिर गएपछि झापाका आवास लामिछानेले ललितपुरका इमोह इजेकेललाई धकेलेका थिए । त्यसपछि केही बेर दुवै टोलीका खेलाडीहरु आक्रमक बनेकाथिए ।

17'
Commentry

झापाका आवास लामिछानेले ललितपुरका निखिललाई फल गरेपछि ललितपुरलाई फ्रिकिक प्राप्त भएको छ ।  खेलमा केही बेर तनाव हुन खोजेको थियो तर रेफ्री राम दासले कन्ट्रोल गरे ।

13'
corner

कर्नर किक

ललितपुरलाई कर्नर । निखिलले हानेको कर्नर झापाका खेलाडीले क्लियर गरे । बल बाहिर गएपछि ललितपुरलाई थ्रो इन ।

11'
पहेंलो कार्ड

पहेंलो कार्ड

  • झापाका ओचिलोभलाई पहेँलो कार्ड देखाइएको छ । दिनेश हेन्जनलाई ओचिलोभले फल गरेका थिए । ललितपुरले फ्रिफ्रिक पाएको छ । निखिल कदमले हानेको फ्रिकिक झापाका खेलाडीले क्लियर गरे ।

11'
corner

कर्नर किक

झापालाई कर्नर प्राप्त ।

9'
फ्री किक

फ्री किक

झापालाई अट्याकिङ क्षेत्रमा फ्रिकिक ।

7'
Commentry

झापाका कप्तान अन्जन विष्टले बक्समा पाएको बल दुई खेलाडीलाई छलाएर बक्स बाहिर रहेका आवास लामिछानेलाई पास दिएका थिए । तर आवासको प्रहार सटिक रहन सकेन । उनको प्रहार फितलो रह्यो ।

6'
फ्री किक

फ्री किक

ललितपुरलाई फ्रिकिक ।

4'
Commentry

ohh!!  ललितपुरका दिनेश हेन्जनले करिब ३० यार्डबाट सिधै पोष्टमा प्रहार गरेका थिए । तर उनको प्रहार क्रस बारमा लागेर फर्कियो ।

Kick Off
Kick Start
Commentry
 
  • झापा आज निलो जर्सी लगाएर खेल्दैछ ।
Commentry
  • आज ललितपुर कालो-रातो जर्सी लगाएर खेल्दैछ ।
Commentry
अपराजित ललितपुर ५ खेलबाट ९ अंकसहित दोस्रो स्थानमा छ । ललितपुरसामु आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर छ । यस्तै ५ खेलबाट ६ अंक रहेको झापा छैटौं स्थानमा छ । ललितपुरलाई हराएमा झापा दोस्रो स्थानमा उक्लनेछ ।
Commentry
ललितपुर र झापबीचको खेल नेपाल सुपर लिगमा समग्रमा ५०औं खेल हो । यसअघि २०७८ सालमा भएको पहिलो संस्करणमा २५ खेल भएको थियो ।
Commentry
नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ अन्तर्गत आज २५औं खेलमा ललितपुर सिटी एफसी र झापा एफसीबीच खेल हुँदैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० मंसिर ८, शुक्रबार
KFC
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
CFC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan