+
+

Jhapa Vs Dhangadhi

२०८० पुष ४, बुधबार
Jhapa FC
Jhapa FC
Anjan Bista(53),Samiraj Thokar(76)
2 - 0 Full Time
Dhangadhi F.C.
Dhangadhi F.C.
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
अन्जन विष्ट र समिराज थोकरले दोस्रो हाफमा गरेको गोलमा झापा एफसीले धनगढी एफसीको ६ खेलको अपराजित यात्रा ब्रेक गरेको छ । झापाले जितपछि शीर्ष चारमा पर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । झापा ७ खेलबाट १० अंक जोडेर चौथो स्थानमा उक्लेको छ । झापाले लिगको अन्तिम खेलमा एपसी चितवनसँग खेल्नेछ ।  हारपछि पनि धनगढी ७ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ ।
Full Time
Full Time
90+7'
substitute

खेलाडी परिवर्तन

झापाले खेलाडी परिवर्तन गरेको छ । कप्तान अन्जन विष्टको स्थानमा उज्वल राई मैदान प्रवेश गरेका छन् ।

90+7'
corner

कर्नर किक

धनगढीलाई कर्नर । कमल श्रेष्ठको कर्नर किक झापाका खेलाडीले क्लियर गरे ।

90+2'
फ्री किक

फ्री किक

धनगढीका कप्तान देवेन्द्र तामाङले हानेको फ्रिकिक क्रस बार भन्दा माथिबाट बाहिरियो ।

90'
Commentry

खेलको अन्तिममा ७ मिनेटको इन्जुरी टाइम थप गरेको छ ।

89'
substitute

खेलाडी परिवर्तन

झापाले खेलाडी परिवर्तन गरेको छ ।  जोर्ज सान्चेजको स्थानमा हरि कार्की मैदान प्रवेश गरेका छन् ।

89'
फ्री किक

फ्री किक

धनगढीलाई फ्रिकिक । मिलन राईको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

87'
substitute

खेलाडी परिवर्तन

धनगढीले खेलाडी परिवर्तन गरेको छ । रणदिप पौडेलको स्थानमा मिलन राई मैदान प्रवेश गरेको छ ।

86'
corner

कर्नर किक

झापाले कर्नर पाएको छ ।

83'
substitute

खेलाडी परिवर्तन

धनगढीले खेलाडी परिवर्तन गरेको छ । अभिषेक गुरुङको स्थानमा ओम प्रकाश चौधरी मैदान प्रवेश गरेका छन् ।

82'
फ्री किक

फ्री किक

झापालाई फ्रिकिक ।

80'
फ्री किक

फ्री किक

धनगढीले पाएको फ्रिकिक कप्तान देवेन्द्र तामाङले प्रहार गरेका थिए । बक्समा रहेका डियाग्नेले हेड गरे । त्सपछि ओलावाले आफिजले पाएको बल प्रहार गरेका थिए तर झापाका खेलाडीले क्लियर गरे ।

79'
रातो कार्ड

रातो कार्ड

  • झापाका धिरज थतालीले रेड कार्ड पाएका छन् । उनले धनगढीका साइमन लिम्बुलाई अगाडिबाट ट्याकल गरेका थिए । धिरज प्रशान्त लक्षमको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । यो उनको दोस्रो खेल थियो । जारी प्रतियोगिताको पहिलो खेलमै घाइते भएका उनी त्यसपछि मैदान उत्रिएका थिएनन् । यो खेलमा रातो कार्ड पाएपछि उनले अब चितवनसँगको खेल गुमाउने छन् ।

76'
Goal
Jhapa FC - Samiraj Thokar
GOAL !

Goal!! झापाले अर्को गोल गरेको छ । समिराज थोकरले गोल गर्दै  झापाको अग्रता दोब्बर पारेका छन् । सुरुमा धिरज थतालीले दिएको प्रदिप लामालाई पास दिएका थिए । प्रदिपले जोर्ज सान्चेजलाई पास दिए । सान्चेजले हानेको बलले गोल लाइन क्रस गर्नै लाग्दा समिराजले टच गर्दै गोल गरे ।

76'
Commentry

धनगढीका कमल श्रेष्ठले हानेको फ्रिकिक झापाका खेलाडीलाई डिफ्लेक्ट भएको थियो । अन्तिममा धनगढीका डियाग्ने हानेको प्रहार पोष्ट बाहिर गयो ।

74'
फ्री किक

फ्री किक

धनगढीलाई फ्रिकिक ।

71'
substitute

खेलाडी परिवर्तन

झापाले दुई खेलाडी परिवर्तन गरेको छ ।  आवास लामिछानेको स्थानमा प्रदिप लामा र लक्ष्मण रुचालको स्थानमा समिराज थोकर मैदान प्रवेश गरेका छन् ।

69'
Commentry

धनगढीका लागि अवसर । तर अभिषेक लिम्बुले दायाँ भागबाट दिएको क्रसमा बक्समा रहेका फोडे फोफानाले हेड गरेका थिए । उनको हेडर झाापका किपरलाई लाग्दै क्रस बारमाथिबाट बाहिरियो ।

69'
फ्री किक

फ्री किक

धनगढीलाई फ्रिकिक । कमल श्रेष्ठले दायाँ भागबाट हानेको प्रहार झापाका खेलाडीले बक्सबाट क्लियर गरे ।

65'
substitute

खेलाडी परिवर्तन

Triple substitute !! धनगढीले एकै पटक तीन खेलाडी परिवर्तन गरेको छ ।  आशिष चौधरीको स्थानमा ओलावाले आफिज, रामचन्द्र वाजीको स्थानमा साइमन लिम्बु र रोहन कार्कीको स्थानमा मनोज राई मैदान प्रवेश गरेका छन् ।

60'
corner

कर्नर किक

धनगढीलाई अर्को कर्नर ।

59'
corner

कर्नर किक

धनगढीलाई कर्नर ।

53'
Goal
Jhapa FC - Anjan Bista
GOAL !

  • goal!! कप्तान अन्जन विष्टले गोल गर्दै झापालाई अग्रता दिलाएका छन् । छिरिङ लामाले दायाँ भागबाट दिएको क्रसमा अन्जनले बक्स भित्रबाट हेड मार्फत गोल गरे । जारी सिजन अन्जनको यो पहिलो गोल हो भने झापाले गरेको तेस्रो गोल हो ।

51'
corner

कर्नर किक

झापालाई कर्नर । लक्ष्मण रुचालले दायाँ साइडबाट हानेको कर्नर अर्को छेउमा पुगेको थियो । धनगढीका फोडे फोफानाले क्लियर गर्ने क्रममा बाहिर गएपछि झापाले थ्रो पाएको छ ।

51'
Commentry

झापका सुमित श्रेष्ठले बायाँ भागबाट हानेको प्रहार सिधै धनगढीका किपर मोहम्मद ताहाको हातमा ।

46'
substitute

खेलाडी परिवर्तन

झापाले खेलाडी परिवर्तन गरेको छ । प्रशान्त लक्षमको स्थानमा धिरज थताली मगर मैदान प्रवेश गरेका छन् । थतालीको यो दोस्रो खेल हो । जारी प्रतियोगिताको पहिलो खेलमै घाइते भएका उनी त्यसपछि मैदान उत्रिएका थिएनन् ।

Second Half Time
Second Half Kick Off
Commentry
धनगढी एफसी र झापा एफसीबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । के दोस्रो हाफमा कुनै टिमले गर्ला त गोल ?
Half Time
Half Time
45'
Commentry

पहिलो हाफमा २ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

44'
फ्री किक

फ्री किक

धनगढीका डियाग्ने फालोउले मध्यभागबाट हानेको फ्रिकिक बक्समा फोडे फोफानाले पाएका थिए तर उनको हेडर सिधै झापाका किपर क्युपिको हातमा । उनले सहजै बचाए ।

41'
Commentry

झापाका प्रशान्त लक्षमको पासमा जोर्ज सान्चेजले बल अगाडि बढाउँदै बक्समा बल पुर्‍याएर हानेको प्रहार धनगढीका किपर मोहमम्द ताहाले पन्च गर्दै बचाए । रिबाउन्डमा लक्ष्मण रुचालले बल हान्न खोजेपनि सफल भएनन् ।

39'
corner

कर्नर किक

झापालाई लगातार दुई कर्नर तर सदुपयोग गर्न सकेन ।

38'
फ्री किक

फ्री किक

झापालाई फ्रिकिक । आवास लामिछानेले हानेको फ्रिकिक धनगढीका कमल श्रेष्ठले क्लियर गर्ने क्रममा बाहिर गएपछि झापाले कर्नर पाएको छ ।

32'
फ्री किक

फ्री किक

धनगढीलाई फ्रिकिक । कमल श्रेष्ठले बायाँ भागबाट हानेको फ्रिकिक झापाका किपर क्युपिकले पन्च गर्दै बचाए । त्यसपछि रिबाउन्ड बल धनगढीका खेलाडीले हान्न खोजे पनि सफल भएनन् र झापाका खेलाडीले क्लियर गरे ।

29'
फ्री किक

फ्री किक

झापालाई फ्रिकिक । समन्दर ओचिलोले  सिधै पोष्टमा प्रहार गर्न खोजेका थिए । तर उनको प्रहार पोष्टको नजिकबाट बाहिर गयो ।

23'
Commentry

  • झापाका लक्ष्मण रुचालले जोर्ज सान्चेजका लागि पास दिएका थिए । तर सान्चेजले बक्समा बल कन्ट्रोल गर्ने क्रममा प्रहार गर्न भ्याएनन् र धनगढीका खेलाडीले क्लियर गरे । बल बाहिर गएपछि झापाले कर्नर पाएको छ ।

23'
corner

कर्नर किक

धनगढीका कमल श्रेष्ठले नै कर्नर अभिषेक गुरुङलाई पास दिएका थिए । अभिषेकले फेरि कमललाई दिए । तर कमलको प्रहारले पोष्टको दिशा लिएन ।

22'
फ्री किक

फ्री किक

धनगढीका कमल श्रेष्ठ बायाँ साइडबाट हानेको फ्रिकिक  झापाका गोलकिपर स्टेफन क्युपिकले पन्च गर्दै बचाउने क्रममा बल बाहिर गयो ।

20'
Commentry

धनगढीका रोहन कार्कीले दिएको पासमा अहमद हिजाजीले बक्स बाहिरबाट हानेको पावरफुल सट झापाका किपर क्युपिकले पन्च गर्दै बचाएका थिए । त्यसपछि सुमित श्रेष्ठले रिबाउन्ड भएको बल क्लियर गर्दा बाहिर गएपछि धनगढीले कर्नर पाएको छ ।

19'
फ्री किक

फ्री किक

  • झापाका प्रशान्त लक्षमले हानेको फ्रिकिक सिधै धनगढीका किपर मोहमद ताहाको हातमा । ताहले सुरुमा बल ड्रप गरेपनि पछि क्याच गर्दै बचाए ।

18'
Commentry

धनगढीका रणदिप पौडेलले झाापका लक्ष्मण रुचालाई फल गरेका छन् । झापालाई फ्रिकिक ।

14'
Commentry

धनगढीका अभिषेकलाई बाहिर ल्याएर थप ट्रिटमेन्ट पछि उनी ठिक भएर मैदान प्रवेश गरेका छन् ।

13'
फ्री किक

फ्री किक

धनगढीका डियाग्ने फालोउले मध्यभागबाट प्रहार गरेको फ्रिकिक उनका टिममेटले भेट्न सकेनन् । बल बाहिर गयो ।

12'
Commentry

झापाका सुदिप श्रेष्ठले बललाई हान्न खोज्दा धनगढीलाई अभिषेक गुरुङलाई लागेपछि उनी केही समस्यामा देखिएका छन् । मेडिकल टिमले मैदानमै ट्रिटमेन्ट गर्दैछ ।

8'
Commentry

धनगढी लगातार आक्रमणमा छ । अभिषेक गुरुङले आशिष चौधरीको पासमा बक्स बाहिरबाट हानेको प्रहार सिधै झापाका किपर क्युपिकको हातमा  । उनले सहजै बचाए ।

6'
Commentry

धनगढीका अभिषेक गुरुङले बायाँ साइडबाट हानेको प्रहार झापाका गोलकिपर स्टेफन क्युपिकले पन्च गर्दै बचाएपछि डिफेण्डरले क्लियर गरे ।

3'
Commentry

धनगढी अट्याकमा  । आशिष चौधरीले बक्समा पुगेका अहमद हिजाजीलाई पास दिएका थिए । तर हिजाजीले  डी एरिया भित्रैबाट प्रहार गरेको बल आकाशियो ।

1'
Commentry

झापाले सुरुमै अट्याक गर्दै धनगढीको बक्समा बल पुर्‍याएको थियो । धनगढीका रोहन कार्कीले ग्लती गरेपछि झापाका कप्तान अन्जन विष्टले पाएको बल जोर्ज सान्चेजलाई पास दिएका थिए । तर जोर्ज सान्चेजले बल पोष्टमा प्रहार गर्न सकेनन् ।

Kick Off
Kick Start
Commentry
धनगढी पहेँलो जर्सी लगाएर खेल्दैछ ।
Commentry
  • झापा निलो जर्सी लगाएर खेल्दैछ ।
Commentry
यस सिजन अपराजित एक्लो टोली धनगढी ६ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ । बजको खेलमा जित वा बराबरीले धनगढी प्लेअफ पुग्नेछ । झापाका लागि भने प्लेअफ पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ । झापा ६ खेलबाट ७ अंकसहित छैटौं स्थानमा छ ।
Commentry
नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ अन्तर्गत आज ३१औं खेलमा झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० मंसिर ८, शुक्रबार
KFC
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
CFC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan