Butwal Vs Birgunj

Butwal Lumbini FC

Birgunj United

Full Time
GOAL !!! बुटवलका चन्दन दासले गोल गरेका छन् । उनले डी बक्सभित्रबाट वीरगञ्जका किपर दीप कार्कीसँग वान भर्सेस वानको स्थितिम गोल गरे ।

६ मिनेटको समय थप गरिएको छ ।

वीरगञ्जका सुशीला लामाले डी बक्सको बायाँ तिर बल भेट्टाएका थिए । उनको अगाडी कोही पनि थिएनन् । तर उनले बल हान्न ढिलो गरे । ढिलो गरी हानेको प्रहार पनि पोस्ट नजिकैबाट बाहिर गयो ।
खेलाडी परिवर्तन
बुटवलका आषिश लामाको स्थानमा चन्दन दास मैदान प्रवेश गरेका छन् ।
कर्नर किक
बुटवलका मणिकुमार लामाले हानेको कर्नर पासङ लामाले पाएका थिए । तर उनको प्रहार पोल नजिकैबाट बाहिर गयो ।

वीरगञ्जका विलियमले हानेको शक्तिकाली प्रहार बुटवलका सरोज तामाङको पेटमा लागेको छ । उनी मैदानमै ढलेका छन् । मेडिकल टिमले उपचार गरेपछि उनी ठिक भए ।

वीरगञ्जका विलियम ओपुकको प्रहार बुटवलका किपरले पञ्च गरेर जोगाएका छन् ।
खेलाडी परिवर्तन
वीरगञ्जबाट एकै पटक दुई खेलाडी परिवर्तन । सुनिल खड्काको स्थानमा कृपाकान्त महतो र दीपंकराज सिंहको स्थानमा सुरज गुरुङ मैदान प्रवेश गरेका छन् ।
खेलाडी परिवर्तन
बुटवलबाट असिम भुषालको स्थानमा सरोज तामाङ मैदान प्रवेश गरेका छन् ।
फ्री किक
बुटवलका थिएरी बिकको हातमा बल लागेपछि वीरगञ्जले फ्रिकिक पाएको थियो । विलियमले ओपुकुले प्रहार गरेको फ्रिकिक बुटवलको डिफेन्डरले रोकेका छन् । त्यो बल गुस्ताभोले भेटेर प्रहार गरे । तर त्यो प्रहार किपर मोहमदउको हातमा पुग्यो ।

- वीरगञ्जका विलियम ओपुकोले डी बक्सबाट प्रहार गरेको शक्तिशाल प्रहार बुटवलका किपर मोहमदउले पञ्च गरेर बाहिर फाले । वीरगञ्ले कर्नर प्रहार गरेको थियो । तर त्यो बल बुटवलका डिफेन्डरले क्लियर गरेका छन् ।

वीरगञ्जका सुशील लामाको प्रहार बुटवलका गोलकिपर माेहमदउले बचाएका छन् ।

वीरगञ्जका सुनिल खड्काको प्रहार पोलमा लागेर फर्कियो । कस्तो संयोग । बुटवलको प्रहार पोलमा लागेर फर्केको एक मिनेट भित्रैमा वीरगञ्जले त्यस्तै दुर्भाग्य व्यहोरेको छ ।

बुटवलका एरिक विष्टले उपलब्ध गराएको पासमा डी बक्स भित्रबाट गरेको प्रहार पोलमा लागेर फर्केको छ । रिबाउण्ड बल वीरगञ्जका खेलाडीले खुट्टामा उनीहरुले अल अघि बढाए ।

वीरगञ्जका दीपन्कराज सिंहले डी एरियाबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिर गयो ।

खेलाडी परिवर्तन
वीरगञ्जबाट खेलाडी परिवर्तन । अशोक थापाको स्थानमा निराजन धामी मैदान प्रवेश गरेका छन् ।
Second Half Kick Off

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । प्रतियोगिताको प्ले अफमा पुग्न वीरगञ्जलाई अहिलेको खेल जित्नै पर्ने दबाब छ । के वीरगञ्जले दोस्रो हाफमा गोल गर्ला त ?
Half Time

बुटवलका आषिश लामाले डी बक्सभित्रबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो ।


पाँच मिनेटको समय थप गरिएको छ ।

वीरगंजबाट खेलाडी परिवर्तन । सुदीप गुरुङको ठाउँमा जय गुरुङ मैदान प्रवेश गरेका छन् ।

बुटवलका कप्तान एरिक विष्टले बक्स बाहिरबाट सेकेन्ड बारतिर हानेको प्रहार वीरगञ्जका किपर दीप कार्कीले पञ्च गरेर बचाए । बल बाहिर गएपछि बुटवलले कर्नर पाएको थियो । कर्नर पनि क्लियर भयो ।

वीरगञ्जका सिमान्त थापाकाे क्रशमा ओबियु ओबेडले हेड गर्ने प्रयास गरेका थिए । तर उनले बल भेटेनन् ।

आठौं मिनेटमा घाइते भएका बुटवलका मनग्य नकर्मीलाई एम्बुलेन्समा अस्पताल लगिएको छ ।

वीरगञ्जका सुशील लामाले प्रहार गरेको कर्नर बुटवलका खेलाडीले क्लियर गरेका छन् ।

फ्री किक
बुटवललाई फ्रिकिक ।
खेलाडी परिवर्तन
बुटवलले सुरुमै खेलाडी परिवर्तन गरेको छ । मनग्य नकर्मीको स्थानमा मणि कुमार लामा मैदान प्रवेश गरेका छन् ।
कर्नर किक
बुटवललाई कर्नर ।


